काठमाडौं । जेठ १४ गतेभित्र संविधान जारी गर्ने ओठे प्रतिवद्धता जाहेर गर्दैआएका दलहरूले जति जे गरे पनि अब समयसीमाभित्र त्यो सम्भव छैन भन्ने स्वीकार गरेका छन् । जनतालाई झुक्याउन खप्पिस हुँदैआएका नेताहरूले अहिले लाजै पचाएर यथास्थितिमा संविधान बन्न नसक्नेतोकिएकै मितिमा संविधान जारी गर्ने वा संविधानसभाको म्याद थप्ने घोषणा गर्नु केही समयका लागि आफ्नो सजिलो फुकाउनु मात्र हुने विश्लेषण हुन थालेको छ । संविधानविद्हरू मुलुकमा अनिष्ट निम्तिनु अगावै अन्तरिम संविधानलाई सक्रिय बनाउने उपायको खोजी गर्नुपर्ने बताउँछन् । अन्तरिम संविधानले आफ्नो आयु तोकेको छ । २०६७ जेठ १४ गते संविधानसभाले संविधान जारी गरेपछि अन्तरिम संविधान स्वतः निस्त्रिmय हुन्छ । जेठ १४ मा संविधान जारी नभए मुलुक संवैधानक संकटमा फस्न पुग्छ । त्यसकारण संविधान जारी गर्न र संवैधानिक संकट र्टार्न संवैधानिक आयोग गठन गरी नयाँ निर्वाचनमा जानर्ुपर्छ ।
अन्तरिम संविधानले संविधानसभाको पहिलो बैठक बसेको मितिले दर्ुइ वर्षभत्र संविधान जारी गर्ने भन्दै जेठ १४ गतेको समय सीमा तोकेको छ । यस अवधिमा संविधान निर्माणका केही काम सम्पन्न भए पनि अधिक कार्य थाँती नै रहेका छन् । यस्तो अवस्थामा संविधानसभाको कार्य जहाँबाट रोकिएको छ त्यहीबाट सुरु गर्ने गरी आयोग वा समिति बनाएर कार्य गर्ने हो भने ६ महिना वा एक वर्षा संविधान जारी गर्न सकिन्छ । त्यसका लागि संविधानसभामा प्रतिनिधित्व गरेका दलहरूको समेत सहभागिता रहने गरी एउटा संविधान निर्माण समिति गठन गर्नुपर्ने सुझाव संविधानविद्हरूको छ ।
त्यसो त नेताहरू राजनीतिक दलहरूबीच सहमति हुने हो भने एक महिना होइन सात दिनभित्र संविधान जारी गर्न सकिने बताइरहेका छन् । दर्ुइ वर्षम्म नसकिएको काम कसरी एक महिना वा सात दिनमा सम्पन्न गर्न सकिएला - यस्ता तर्क गर्नु हास्यास्पद मात्र होइन मर्ुखता मात्र हो । नेताहरूको यस्तो दावीलाई विज्ञहरू 'अन्तै बनेको संविधानलाई ल्याएर छाप लगाउनु मात्र हो' भन्छन् ।
दर्ुइ वर्षो समय अनावश्यक विवादले बित्यो । नेताहरूमा मुलुक र जनताप्रति अलिकति पनि सम्वेदनशीलता पाउन सकिएन । जनताको चाहना र आकांक्षाभन्दा नेताहरूको व्यक्तिगत स्वार्थले प्राथमिकता पाउँदा संविधान तोकिएको मितिमा बन्न नसक्ने परिस्थिति उब्जिएको हो । नेताहरूमा अलिकति पनि इमान्दारिता देखिएको भए यस्तो स्थिति उत्पन्न हुने थिएन । संविधान जारी गर्न नसक्दाको अवस्थामा जनतालाई के जवाफ दिने भन्ने सोच पनि नेताहरूमा छैन । संवैधानिक वाध्यताका कारण नाममात्रको संविधान ल्याउने हो भने त्यसले द्वन्द्व बढाउने निश्चित छ भने तोकिएको समयमा जनसंविधान आएन भने पनि द्वन्द्व नै बढ्ने विश्लेषण समेत हुन थालेको छ ।
संविधान निर्माणको प्रक्रिया सरकार परिवर्तन र राजनीतिक स्वार्थले अवरुद्ध भएकोमा कुनै द्विविधा छैन । अझै पनि संविधानका लागि सरकार परिवर्तनको अडान छाडिएको छैन । संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी तोकिएको समयमा संविधान जारी गर्न र शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउन आफ्नो नेतृत्वको सरकार गठन हुनुपर्ने अडानमा छ भने सत्तासीन दलहरू वर्तमान सरकारले नै यी सबै काम गर्छ भन्ने अडानमा छन् । माओवादी आफूले भनेजस्तो नभए आन्दोलनको आँधीबेरी ल्याउने तयारीमा छ । गतिरोध फुकाउने भन्दै गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नै तोकिएको मितिमा बस्न सकिरहेको छैन । एनेकपा माओवादीले अब आन्दोलनको विकल्प छैन भन्दै गाउँ गाउँमा युवाहरूलाई भेला पारेर 'लाठी-खुकुरी तालिम' दिन थालेको छ । यसले मुलुकमा पुनः मुठभेडको स्थिति सिर्जना हुने भय बढ्दै गएको छ । माओवादीको यही गतिविधिका कारण नेपाली सेनाले शतर्क रहन र्सर्कुलर जारी गरिसकेको छ । मुलुकको र्सार्वभौमिक अखण्डतामाथि नै आँच आउनसक्ने आशंका गर्दै सैनिक मुख्यालयले आफ्नै सबै मातहतमा शतर्क रहन निर्देशन दिएको बताइएको छ ।
गतिरोध फुक्नेभन्दा झन्झन् बढिरहेको छ । माओवादीको 'लाठ्ी-खुकुरी' तालिमपछि सरकारले सुरक्षा अङ्गहरूलाई उच्च शर्तकता अपनाउन निर्देशन दिएको छ । अर्कोतिर सरकारको यो निर्ण्र्ाााई माओवादीले सरकारले शान्ति सम्झौता विपरीत काम गरेको आरोप लगाइरहेको छ भने सरकार माओवादीमाथि दोष थोपरिरहेको छ । नेपाली सेनाले रिक्त पदमा भर्ना खोल्नु, माओवादीले तालिम अभियान चलाउनु सुरक्षाकर्मीहरूको परिचालन कडा पारिनु जस्ता सर्न्दर्भले आम जनमानसमा भने भय उत्पन्न गरेको छ ।
राजनीतिक दलहरूले जेजस्तो परिस्थिति सिर्जना गरिरहेका छन् यसले तत्कालका लागि जित्ने र हार्नेको टुङ्गो लागे पनि अन्ततः मुलुकले भने हार्ने बाहेक कुनै उपलब्धि हात नपार्ने निश्चित छ । सरकार र माओवादीबीच मात्र होइन दलहरूबीच पनि विस्तृत शान्ति सम्झौताको पालनाका विषयमा एकमत छैन । एकले अर्कोलाई दोष लगाइरहेका छन् । माओवादी संविधानसभाको म्याद थप्न समेत आफ्नै पार्टर्ीीे नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहेको छ । माओवादीको यो मागलाई दलहरूबीच सहमति हुनसक्ने कुनै सम्भावना देखिएको छैन ।