|
सरकार र माओवादी भीड
Monday, 04.26.2010, 05:09pm (GMT+5.5)
काठमाडौं । मुलुकको राजनीति डरलाग्दो भीडन्तको बाटोतिर अगाडि बढेको छ । परस्पर विरोधी धार समातेर प्रमुख राजनीतिक दलहरू मुठभेडको तयारीमा लागेका छन् । अबको एक महिनाभित्र संविधान निर्माण हुन नसक्ने निश्चित भएपछि त्यसपछिको अवस्थालाई आ-आफ्नो अनुकूल पार्ने होडमा प्रतिपक्षी दल एनेकपा माओवादी र सत्ताधारी दलहरू एमाले-कांग्रेस निर्देशित छन् । जननिर्वाचित संविधानसभा आफ्नो कार्यभार पूरा नगर्दै विघटनको संघारतिर धकेलिएको र त्यसपछिको रिक्तता पर्ूर्तिगर्ने संवैधानिक आधार खडा नभएकाले संवैधानिक शून्यताले सिर्जना गर्नसक्ने राजनीतिक जटिलता अकल्पनीय बन्न गएको छ । आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार नबनेसम्म शान्ति प्रक्रिया टुङ्गोमा नपुग्ने र संविधान पनि नबन्ने ठोकुवा गर्दैआएको प्रतिपक्षी दल एनेकपा माओवादी अन्तिम संर्घष्ाको लागि विशाल जनशक्ति पर््रदर्शन गर्ने तयारीमा अहोरात्र जुटेको छ । वैशाख १८ गते 'मे दिवस'का दिन विशाल जनपर््रदर्शन गरेर सत्ताधारीहरूको 'संविधानसभा विघटन गर्ने, शान्ति प्रक्रिया भङ्ग गर्ने र संविधान नबनाउने षड्यन्त्र' विरुद्ध खबरदारी गर्न माओवादीले भएभरको शक्ति उपयोग गर्ने देशव्यापी प्रचार भैरहेको छ । माओवादीले जिल्ला-जिल्ला, गाउँ-गाउँ र वडा-वडामा पनि प्रशिक्षणका नाममा 'लाठी-खुकुरी' चलाउने तालिम दिएको सचित्र खबर प्रसारण भैरहेकाले सत्ताधारीहरूको 'न्रि्राहरण' भैरहेको छ भने आम जनमानसमा पनि अब के के हुने हो भन्ने त्रासदीय चर्चा व्यापक छ । सत्ता छोड्न पनि नचाहने र माओवादीको सामना गर्न पनि नसक्ने हैसियतमा रहेका सत्ताधारी दलका नेताहरू कतै माओवादीले आन्दोलन फिर्ता लेवस् भनी आव्हान गर्दैछन् भने कतै असंयमित कथन प्रवाह गरेर मुठभेड मच्चाउने खेलो गर्दैछन् । पार्श्व निर्देशनमा चलेको सत्ता राजनीति यतिखेर 'कुहिरोको काग' बनेको छ । सरकारले जनधनको सुरक्षाका निम्ति प्रत्याभूति दिनसक्ने विश्वसनीय स्थिति शून्य विन्दुमा झरिसकेको छ । प्रधानमन्त्री माधव कुमार नेपाल आफूले चाहेर पनि राजीनामा दिएर उम्कन पाउने अवस्थामा नरहेकाले नेपाललाई पुनः मुठभेडको अराजक स्थितिमा रुल्मुल्याउने बाहिरी षड्यन्त्र उत्कर्षा पुगेको र्सवत्र अनुभूत हुन थालेको छ ।
राजनीतिक विश्लेषकहरू भन्दछन्- सत्ताधारी र माओवादीबीचको द्वन्द्व र वैचारिक विमतिलाई उत्कर्षा पुर्याउन बाहृयशक्तिको निर्देशनले ठूलो काम गरेको छ । एनेकपा माओवादीले भावी राजनीतिक परिणत्रि्रति पटक्कै विहंगम दृष्टि नराखी आवेगमा आएर सत्ता वहिर्गमन गरेपछि उत्पन्न भएको असहज स्थितिले अन्ततः शान्ति प्रक्रियालाई नै धक्का दिएको र संविधान नै नबन्ने स्थिति पैदा गरेको परिणामले नै देखाएको छ । लोकतन्त्रको अभ्यासमा अनिर्वाचितहरूको बाहुल्य भएको सरकार गठन नै अप्राकृतिक भएकाले त्यसको परिणाम सामान्य र र्सवस्वीकार्य हुने सम्भावना नै थिएन भन्ने तथ्य अहिलेको अवस्थाले नै देखाएको छ । माओवादी त प्रतिपक्षी दलका हैसियतले उन्मादी शैलीमा प्रस्तुत भएकै छ तर शालीन र संयम हुनुपर्ने सत्ताधारीहरू पनि मुठभेड निम्त्याउने मतियारकै शैलीमा प्रस्तुत भएर घोर अनर्थ निम्त्याउन निर्देशित भएका छन् । विपरीत चिन्तनधारका राजनीतिक शक्तिहरूबीच हुने शक्ति र सत्ताको खेललाई स्वाभाविक राजनीतिक परिणति मान्न सकिने हुँदाहुँदै पनि 'शान्ति र संविधान'को राष्ट्रिय आकांक्षा पूरा गर्न राष्ट्रिय सहमति र एकीकृत प्रयासको अपरिहार्यतालाई प्रमुख राजनीतिक दलहरूले आत्मसात गर्न नसक्नु नै मुलुकलाई दर्ुघटनाको बाटोतिर धकेल्नु हो । देश र जनता हार्दै-हार्दै मात्र गएको बेला कुनै पनि एकल शक्तिको जीत असहज मात्र होइन अकल्पनीय नै छ । देशले अब कस्तो कहर काट्नुपर्ने हो र जनताले कति कष्टकर जीवन निर्वाह गर्नुपर्ने हो - त्यो पनि अकल्पनीय बन्न पुगेको छ । सत्ता प्रतिस्पर्धी राजनीतिक दलहरूका क्रियाकलापहरूलाई नजिकबाट नियाल्दै आएका राजनीतिकर्मी, बुद्धिजीवी, पेशा-व्यवसायीदेखि लिएर जो कोही र्सवसाधारणले समेत निर्धारित समय सीमाभित्र संविधान बन्न नसक्ने भविष्यवाणी धेरै अघिदेखि गर्दैआएका हुन् र अहिले आएर त्यो सत्य सावित भएको छ । तर दायित्वबोधबाट धेरै टाढिएका सत्ताका खेलाडीहरूले जनतालाई भ्रममा राखिरहने कोसिस गर्दैआए । त्यसको विषाक्त परिणाम अहिले मुलुकले भोग्दैछ । नेपाली जनता यस्तो अवस्थालाई पनि नियतीकै भोगका रुपमा स्वीकार्न वाध्य छन् ।
सत्ताधारी दलहरू र प्रतिपक्षी दल माओवादीबीच राजनीतिक घम्साघम्सी चलिरहेको र दूरी बढिरहेको बेलामा सरकारले प्रतिपक्षी दलको अनिवार्य उपस्थितिको संवैधानिक प्रावधानकै उपेक्षा गरी यही बेला संवैधानिक निकायका रिक्त पदहरू पर्ूर्तिगर्ने एकपक्षीय निर्ण्र्ाागरेर दूरी बढाउने र द्वन्द्व चर्काउने काम किन गरेको हो भन्ने प्रश्न पनि बौद्धिक क्षेत्रमा चर्चाको विषय बनेको छ । संवैधानिक परिषद्ले गरेको नियुक्तिको विरोध गर्दै माओवादीले गत आइतबार संसद् वहिष्कार समेत गर्यो । लामो समयदेखि रिक्त रहेका पदहरू राजनीतिक समझदारीविना अहिले नै पर्ूर्ति गर्नुको अपरिहार्यता आफैंमा रहस्यमय छ । एनेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले सर्वोच्च अदालतमा रिट समेत हालेर यो मुद्दालाई राजनीतिक बहसका अतिरिक्त कानुनी बहसमा उतार्नुभएको छ । प्रधान न्यायाधीशलाई समेत विपक्षी बनाइएको यो मुद्दाले कानुनी र राजनीतिक दुवै क्षेत्रलाई बहस र विवादमा उतारेको अप्रीतिकर स्थिति उजागर गरेको छ । सत्तापक्ष माओवादी आन्दोलन निस्तेज पार्न मुठभेडमा उत्रने तयारीमा रहेको प्रष्ट आभास हुन थालेको छ भने उस्तै परे 'संकटकाल'कै घोषणा गरेर जनपर््रदर्शन रोक्ने सोचमा सरकारका हर्ताकर्ताहरू पुगेको राजनीतिक वृत्तमा चर्चा छ ।
|