Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 06:59pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
प्रधानमन्त्रीको 'विजनेस' के
Monday, 05.24.2010, 04:29pm (GMT+5.5)

काठमाडौं राष्ट्रिय सहमतिका लागि बाटो तयार गर्न युरोपेली यूनियनका राजदूतहरूले प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेपछि उहाँको बढेको पारो अझै झरेको छैन मुलुक गम्भीर राजनीतिक संकटको दिशातिर उन्मुख भैरहँदा पनि प्रधानमन्त्री नेपाल भने आफ्नो सत्ताको औचित्य सावित गर्नमै व्यस्त हुनुहुन्छ उहाँले युरोपेली राजदूतहरूको आग्रहको जवाफ दिने क्रममा अघिल्लो साता बेलायतबाट प्रकाशित हुने 'फाइनान्सियल टाइम्स'लाई दिनुभएको अन्तरवार्तामा "राजदूतहरूले आफ्नो मर्यादामा रहेको काम गर्नुपर्छ उनीहरूले आफ्नो 'विजनेस' के हो भन्ने बुझनर्ुपर्छ" भन्ने सल्लाह समेत दिनुभएको थियो प्रधानमन्त्री नेपालले सरकार परिवर्तनका सम्बन्धमा राजदूतहरूलाई 'यो उनीहरूको विजनेस होइन' भन्दै आफ्नो विजनेस अन्तै भएको संकेत समेत गर्नुभयो

भारतको आशर्ीवाद, दबाब भरथेगका कारण सत्तारोहण गर्ने शौभाग्य पाउनुभएका प्रधानमन्त्री नेपाल सारा विश्व एक भए पनि भारत दाहिना रहुञ्जेल कसैले हल्लाउन नसक्ने दम्भमा रहनुभएको प्रष्ट भएको राजनीतिक निकासका लागि प्रधानमन्त्रीको राजीनामा मागेको एकीकृत नेकपा माओवादी एकपछि अर्को गर्दै लचकदार बनिरहेको अब टाउकाले आफ्नै घुँडा मात्र छुन बाँकी रहेको अवस्थामा समेत सरकार माओवादीलाई बाध्य बनाएर संविधान संशोधनको पक्षमा ल्याउने रणनीतिमा लागेको यो रणनीति नेपालको नभएर अन्तैको भएको विश्लेषकहरूको ठहर युरोपेली यूनियनका राजदूतहरूलाई 'विजनेस' सिकाउने प्रधानमन्त्रीले भारतीय राजदूतका हकमा त्यो आवश्यकता देख्नुभएन सरकारमा कसलाई लाने नलानेसम्मको निर्देशन दिने भारतीय राजदूतको निर्देशन भारतको 'र्समर्थन !'लाई प्रम नेपालले 'कुन विजनेस'का रुपमा लिनुभएको - आम कुतुहलताको विषय बनेको

कूटनीतिक विश्लेषकहरूका अनुसार- नेपालको राजनीतिमा आफ्नो प्रभाव विस्तारका लागि जस्तोसुकै कदम चाल्न पछिनपरेको भारतले यतिबेला युरोपियन युनियन अमेरिकाले नेपालको व्रि्रदो राजनीतिक अवस्थाप्रति देखाएको चासोलाई रुचाइरहेको छैन नेपाल मामिलामा यतिबेला भारत युरोप तथा अमेरिकाबीच रणनीतिक भिन्नता देखिएको दक्षिण एसियामा भारतीय दादागिरीको अन्त्य ती मुलुकहरूले चाहिरहेका छन् भारत बाहेकका मुलुकहरू नेपालमा शान्ति स्थिरता होस् भन्ने चाहना राखेको देखिन्छ भने भारत जस्तोसुकै परिस्थितिमा पनि माओवादीलाई ठेगान लगाउन चाहन्छ यसका लागि भारतले माधवकुमार नेपालभन्दा उपयुक्त पात्र अर्को कोही पनि देखेको छैन जुनदिन माधवकुमार नेपालको भूमिकामा उभिने अर्को नेता तयार हुन्छन् त्यही दिन भारतले नेपाललाई राजीनामा दिन लगाउँछ

राजनीतिक सूत्रहरूले बताए अनुसार- मुलुकको खास 'विजनेस' यतिबेला उत्पन्न हुँदैगएको राजनीतिक जटिलता फुकाउने हो तर प्रधानमन्त्री माधवकुमार नेपाल भने राजदूतहरूलाई उनीहरूको 'विजनेस' सिकाउँदैमा फर्ुसद छैन विपक्षी दललाई लोकतान्त्रिक विधि मान्यताको गुणगान गाएर यसैमा अभ्यस्त हुने पाठ पढाउँदैमा फर्ुसद छैन तर संसदीय अभ्यासमा सबैभन्दा ठूलो दलले नै सरकारको नेतृत्व गर्छ भन्ने उहाँले भुल्नुभएको निर्वाचन हारेको व्यक्ति प्रधानमन्त्री बन्न नैतिकरुपमा तयार हुन सक्दैनन् भन्ने पनि नबुझेको देखिन्छ संसदीय अभ्यासको जन्मदाता बेलायतमा हालै सम्पन्न निर्वाचनमा सबभन्दा ठूलो दल 'कन्जरभेटिभ पार्टर्ीीे सरकार बनायो त्यसो दोस्रो स्थानमा रहेको 'लेबर पार्टर्ीीे पनि आवश्यक बहुमत पुर्याउन सक्थ्यो तर उसले संसदीय प्रणालीका आधारमा सबभन्दा ठूलो दललाई सरकार बनाउने बाटो खोलिदियो संसदीय अभ्यासको पुराण सुनाउनेहरूले केही हप्ता अघिको यो दृष्टान्त किन नबुझेका हुन् - संविधानसभामा सबभन्दा ठूलो दलको हैसियतले एकीकृत नेकपा माओवादीले सरकार गठन गर्न पाउनु उसको नैर्सर्गिक अधिकार हो तर विडम्वना यसका लागि आन्दोलन गर्नु परिरहेको यसैका कारण मुलुकको भविष्य नै अन्धकारतर्फधकेलिइरहेको

प्रधानमन्त्री नेपालको 'विजनेस' संविधान निर्माण शान्ति प्रक्रियाका लागि बाटो खुला गरिदिनु हो तर उहाँकै कारण यी कार्यमा बाधा उत्पन्न भैरहेको कूटनीतिज्ञहरूलाई विजनेस सिकाउने प्रधानमन्त्रीले आफ्नै विजनेस भने कत्तिको बुझनुभएको ?


Comments (0)        Print        Tell friend        Top


Other Articles:
राज्यविहीनताको चरम पीडा : (05.24.2010)
भारतमा नेपालीको सुरक्षा खै (05.24.2010)
कोशीको बाढी नेपालतिर (05.24.2010)
सडकबाटै 'जनसंविधान' घोषणा (05.18.2010)
सहमतिको भकुण्डो सत्तापक्षको (05.18.2010)
सरकार द्वन्द्व विस्तारको बाटो (05.18.2010)
मदन-आश्रति ः सम्झनामा (05.18.2010)
शान्ति र संविधानविरुद्ध सुनिय (05.10.2010)
इमान्दार पहलको अभाव ः (05.10.2010)
नेपालको द्वन्द्व क्षेत्रीय चा (05.10.2010)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]