काठमाडौं । नेपालमा राजनीतिक तनाव उत्पन्न भैरहँदा भारतीय ज्यादति एकपछि अर्को गर्दै बढ्न थालेको छ । अघिल्लो हप्ता बिहार राज्यका महिला राज्यमन्त्री हतियारधारी अङ्गरक्षक सहित नेपाल प्रवेश गरेको घटनाले नेपालको राजनीतिक-कूटनीतिक क्षेत्रमा कुनै प्रतिक्रिया जनाएन । त्यसै गरी भारतको मेघालयमा श्रम गर्न गएका नेपालीहरूमाथि त्यहाँका खासी जातिले गरेको आक्रमणमा समेत सरकारको आधिकारिक धारणा आएन । सरकारले आफ्ना जनताको सुरक्षाको दायित्व लिनुपर्ने सामान्य औपचारिकता समेत निर्वाह गर्न सकेको देखिएन । भारतमा श्रम गर्न गएका हजारौं नेपाली कामदार धमाधम फर्किन थालेका छन् भने खासी जातिको आक्रमणबाट डेढ दर्जन नेपालीको मृत्यु भैसकेको समाचार छ । सरकारले लामो समयसम्म यसको आधिकारिक जानकारी लिने औपचारिकता समेत निर्वाह गरेको देखिएन । यो घटनालाई मुलुकको राजनीतिक रन्थमोलले पूरै ओझेलमा पार्यो । राष्ट्रिय स्वाधीनताको पक्षधरदेखि सरकार तथा अन्य कुनै पनि राजनीतिक दलले यो घटनालाई गम्भीररुपमा लिएनन् । नेपालीको सुरक्षाका निम्ति आधिकारिक रुपमा भारतलाई जानकारी गराउनुपर्ने सामान्य कूटनीतिक दायित्व पनि सरकारले निर्वाह गर्नुपर्ने महसुस गरेको देखिएन । राष्ट्रिय स्वाधीनतामाथि आक्रमण भैरहँदा सबै पक्ष मौन रहनु दुःखद् आर्श्चर्यको रुपमा लिइएको छ ।
यी घटनाहरू मुलुकका लागि ज्यादै सम्वेदनशील भए पनि सरकार र राजनीतिक दलहरू मौन रहनु दलीय स्वार्थ मात्र रहेको विश्लेषकहरू बताउँछन् । जनादेश बमोजिम कुनै काम हुन नसक्दा उत्पन्न हुने परिस्थितिलाई सत्तास्वार्थसंग जोडेर आ-आफ्नै जोड-घटाउमा लागेका दलहरूले भारतीय हैकमवादका विरुद्ध एक शब्द उच्चारण नगर्नु नेपाली जनताका लागि दर्ुभाग्यको सूचक सिवाय केही होइन । भारतीयको हेपाहा प्रवृत्ति यति चरमचुलीमा पुगेको छ कि अब भारतीय सुरक्षाकर्मी नेपालभित्र प्रवेश गरेर नेपालीमाथि गोली प्रहार गर्न थालेका छन् । गत मंगलबार मोरङको दक्षिणी सीमावर्ती गाविस अमाहिवरियातीमा भारतीय सीमा सुरक्षा बल -एसएसवी) को गोली लागेर सोही ठाउँका ५५ वषर्ीय वासुदेव साहको मृत्यु भएको थियो ।
घटना विवरण अनुसार सो राति ९ बजेतिर मोटरसाइकलमा हतियारसहित बिनाअनुमति नेपाल प्रवेश गरेका एसएसवीका जवानले अमाहिवरियाती-७ स्थित साहको घरमै गएर गोली प्रहार गरेका थिए । सो गोली सीमा चौकीमा कार्यरत प्रहरीमाथि प्रहार गरिएको थियो ।
भारतीय सुरक्षाकर्मीले नेपालभित्रै प्रवेश गरेर चलाएको गोलीबाट एकजना नेपालीको मृत्यु भएको विषय जति सम्वेदनशील हो त्यसलाई राजनीतिक तहले कुनै महत्व नदिनु झन गम्भीर देखिएको छ । राष्ट्रिय सुरक्षासंग सम्बन्धित यस्ता मुद्दालाई मुलुकको सुरक्षा हर्ेर्ने राष्ट्रिय सुरक्षा परिषद्मा कुनै छलफल चलेको छैन भने रक्षा मन्त्रालय र जिम्मेवार राजनीतिक दलहरू पनि मौन नै रहेका छन् ।
यो घटनाले भारतले नेपालमाथि गरिरहेको व्यवहार कस्तो छ भन्ने पुनः र्छलङ्ग भएको छ । अनुमतिबिना नेपालभित्र प्रवेश गरेर सुरक्षाकर्मीलाई ताकेर गोली प्रहार गर्नु दर्ुइ देशबीच कायम रहेको मैत्री सम्बन्ध विरुद्ध हुनुका साथै राष्ट्रिय सुरक्षाका दृष्टिले पनि अत्यन्त सम्वेदनशील विषय हो । नेपाल प्रहरी र भारतीय प्रहरीबीच सीमामा गोली हानाहान भएको विषयलाई दुवै पक्षले गम्भीरतापर्ूवक लिनुपर्नेमा स्थानीयस्तरमै यो विषयलाई सल्ट्याउने प्रयास गरिएको छ । राजनीतिक-कूटनीतिक तवरमा नेपालमाथि दबाब र हस्तक्षेपकारी भूमिका निर्वाह गर्दैआएको भारतले सीमा रक्षकहरूबाट नेपाली भूमिमा प्रवेश गरेर गोली प्रहार गरेको विषयलाई सामान्य कूटनीतिक मर्यादा पालन गर्ने प्रयास समेत गरेन ।
कसरी नेपालमा आफ्नो निर्देशन पालना गर्ने सरकार स्थापित गराउने र कसरी बढीभन्दा बढी अस्थिरता कायम गर्ने भन्ने षड्यन्त्रमा निरन्तर लागिरहेको भारतका लागि नेपालमाथि थिचोमिचो हुनु सामान्य लाग्नसक्छ तर यो नेपाली जनताका लागि सैहृय हुन सक्दैन । केही मुठ्ठीभरका नेताहरूको गुलामीका कारण सिंगो नेपाल र नेपाली जनता भारतको 'कठपुतली' बन्न सक्दैन भन्ने तथ्य भारतले पनि बुझनर्ुपर्छ र नेपालका त्यस्ता व्यक्तिहरूले पनि बुझनर्ुपर्छ भन्ने आम प्रतिक्रिया छ ।