|
कोशी उच्चबाँधको विरोध
Monday, 06.07.2010, 02:50pm (GMT+5.5)
काठमाडौं । नेपालका ७८ गाउँ डुबाउने गरी २६९ मिटर उचाइको कोशी उच्चबाँध बनाउन भारतले परियोजना निर्माणस्थल धनकुटाको आहाले-१ मा सुरु गरेको विस्तृत परियोजना अध्ययन कार्यको स्थानीय जनता र एनेकपा माओवादीको चर्को विरोधपछि पुनः रोकिएको छ । भारतले बाढी नियन्त्रण, हिउँदका लागि विशाल जलसञ्चय र १५ लाख हेक्टर जमिनको सिंचाई एवं ३ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेर ३० वर्षअगाडिदेखि नै कोशी उच्चबाँधको प्रस्ताव गर्दै नेपालमा लविङ गर्दैआएको थियो । नेपालका जलस्रोतविद्हरुले सप्तकोशी उच्चबाँध नेपालको हितमा कत्ति पनि नरहेको र यसले ठूलो हानी निम्त्याउने निश्चित रहेको भन्दै यस्तो राष्ट्रघाती काममा आगाडि नबढ्न सन् १९८१ देखि नै आवाज उठाउँदै आएका भए पनि भारतको आशर्ीवादमा सत्ता प्राप्त गर्न र टिकाउन चाहनेहरुले सम्भाव्यता अध्ययन गर्न र सो कार्यका लागि कडा सुरक्षा प्रदान गर्न सहमति दिंदैआएका हुन् । सो उच्च बाँध बनेमा लाखौंको उठिबास हुने र लाखौं हेक्टर खेतीयोग्य जमिन डुबान हुनुका साथै ठूलो संकट उत्पन्न हुने निश्चित देखेपछि सो क्षेत्रका जनता आफैं जर्ुर्मुराएर कोशी उच्चबाँधको विरोधमा संगठित सक्रियता देखाउन थालेका छन् ।
|