|
युगसम्वाद २३ वर्षा
Monday, 06.21.2010, 04:24pm (GMT+5.5)
' युगसम्वाद' साप्ताहिक यसै अंकदेखि २३ औं वर्षा प्रवेश गरेको छ । मुलुकले ऐतिहासिक राजनीतिक परिवर्तनबाट नयाँ दिशा ग्रहण गरिसकेको वर्तमान सर्न्दर्भमा राष्ट्र निर्माणमा पत्रकारिताको भूमिका अरु बढ्दै गएको छ । राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा निष्पक्ष, स्वतन्त्र र मर्यादित ढङ्गले सूचना र विचार प्रवाह गर्ने मूल ध्येयबाट कत्ति पनि विचलित नभै युगसम्वादले विगत २२ वर्षेखि प्रकाशन जारी राखेको तथ्यबाट सुविज्ञ पाठकहरू सुपरिचित रहेको विश्वास हामीलाई छ ।
लोकतन्त्रको वहालीपछि मुलुकको आन्तरिक अवस्था, राजनीतिक परिस्थितिबारे युगसम्वादले सूचना र विचार सुविज्ञ पाठकहरू समक्ष प्रस्तुत गर्दैआएको छ । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानवअधिकार संरक्षणको विषयलाई यो प्रकाशनले निरन्तर जोड दिंदै आएको छ । मुलुकको राजनीतिक वातावरण लोकतान्त्रिक दिशामा प्रवाहित भैसकेपछि अधिकारपर्ूण्ा सामाजिक आर्थिक संरचनाको योजनावद्ध प्रयासमा सघाउ पुर्याउने उद्देश्यले वस्तुगत आधारमा विश्लेषणात्मक र निष्पक्ष दृष्टिकोण प्रस्तुत गर्ने निरन्तरको प्रयासलाई युगसम्वादले आगामी दिन पनि जारी राख्ने विश्वास हामी पाठकवर्गलाई दिन चाहन्छौं ।
वस्तुगत राष्ट्रिय नीतिको अभावले राष्ट्रिय चिन्तनधारको स्वतन्त्र पत्रकारिता संकुचनमा पर्दैगएको पीडा अहिलेको यथार्थ नै हो । साप्ताहिक पत्रिकाहरू जीवन मरणको संर्घष्ामा होमिइरहनुपरेको अवस्था विद्यमान नै छ । यस्तो स्थितिमा सम्वद्ध संचारकर्मी मित्रहरूको अविरल प्रयास, सुविज्ञ पाठकवर्गको न्यानो ममता र शुभेच्छुक विज्ञापनदाताहरूको सहयोगले युगसम्वादको नियमित प्रकाशनलाई ठूलो सघाउ पुर्याएकोमा युगसम्वाद परिवार कृतकृत छ ।
|