काठमाडौं । नेपाली कांग्रेसका निष्ठावान बयोवृद्ध नेता बलबहादुर र्राईको ९० वर्षो उमेरमा गत आइतबार दुःखद् निधन भएको छ । मुलुकको राजनीतिक इतिहासमा सबैभन्दा धेरैपटक कार्यवाहक प्रधानमन्त्री बन्ने अवसर पाउनुभएका र्राईले २००७ सालदेखि यता भएका सबै जनआन्दोलनहरूमा सक्रिय सहभागिता जनाउनुभएको थियो । उहाँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
र्राईको अन्त्येष्टि उहाँकै चाहना अनुसार पुख्र्यौली थलो ओखलढुङ्गा जिल्लाको मोली-३ मा गरिनेछ । यसअघि हिजो उहाँको पार्थिव शरीरलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखी अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।
र्राईको निधनले नेपाली कांग्रेसमा ठूलो रिक्तता महसुस गरेको कांग्रेस नेताहरूले बताएका छन् । निष्ठावान र संर्घष्ाशील नेताका रुपमा चिनिनुभएका र्राईको निधनले कांग्रेस कावा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायतका नेताहरूले आफूहरूले प्रेरणास्रोत गुमाउनु परेको प्रतिक्रिया दिनुभएको छ ।
२०१६ सालदेखि निरन्तर नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदै आउनुभएका स्व. र्राईको जन्म वि.सं. १९७७ साल फागुन ६ गते ओखलढुङ्गाको मोली गाउँमा भएको थियो । उहाँका दर्ुइ छोरा र दर्ुइ छोरी छन् ।