नेपाल एक्काइसौं राष्ट्र बन्दैछ
Monday, 04.07.2008, 06:33pm (GMT+5.5)
काठमाडौं । संविधानसभाको निर्वाचन सम्पन्न भएपछि नेपाल संविधानसभा निर्वाचनका माध्यमद्वारा राजनीतिक परिवर्तन गर्ने राष्ट्रहरुको सूचिमा अंकित हुनेछ । विश्वमा दर्ुइ किसिमका संविधानसभाको निर्वाचन भएका छन् । सुरुमा वैदेशिक उपनिवेशबाट मुक्त भएपछि स्वतन्त्र राष्ट्र स्थापनाका लागि १४ राष्ट्रले संविधानसभाको निर्वाचन गरेका छन् । त्यस्तै राजनीतिक क्रान्ति वा आन्दोलनपछि राजनीतिक सुधारका लागि विश्वका २० मुलुकमा संविधानसभाको निर्वाचन गरिएका छन् । -मिरेष्ट नेपाल) नेपाल यी राष्ट्रहरुको २१ औं राष्ट्रको रुपमा अंकित हुनेक्रममा छ । राजनीतिक परिवर्तनका लागि भएका संविधानसभाले पनि उल्लेख्य सफलता प्राप्त गर्न सकेका छैनन् भने उपनिवेशबाट मुक्त भएपछिका बहुसंख्यक संविधानसभाले सफलता पाएका छैनन् । संसारमा भएका संविधानसभा निर्वाचनले कतिपय मुलुकलाई उज्यालो भविष्यतर्फडोर्याएको छ भने कतिपय मुलुकलाई थप गृहयुद्धतर्फधकेलेको छ । निर्वाचन नै समस्या समाधानको एकमात्र अचुक उपाय भए पनि त्यसको सही उपयोग गर्न सकिएन भने, विपक्षी मत राख्नेहरुलाई सम्बोधन गर्न सकिएन भने, सम्वेदशीलता र दूरदृष्टिकोण बनाउन सकिएन भने संविधानसभाले राष्ट्र नै विखण्डन गर्ने खतरा बढ्न सक्छ । संविधानसभाका ज्ञाताहरु संविधानसभा जस्तो जटिल र महत्वपर्ूण्ा र अति सम्वेदनशील विषयलाई आवधिक निर्वाचनको शैलीमा हेरियो भने त्यो मुलुककै लागि दर्ुभाग्य हुने बताउँछन् । पछिल्लोपटक दक्षिण अप्रिmकामा भएको संविधानसभा निर्वाचन र्सवाधिक सफल मानिएको छ । त्यहाँ नेल्सन मण्डेला जस्ता निस्वार्थी नेताको नेतृत्व रहेकै कारण संविधानसभाले दक्षिण अप्रिmकालाई स्पष्ट गन्तव्यमा पुर्याउन सक्यो । त्यहाँ विपक्षी वा अल्पमतलाई पनि सम्मान गर्दै संविधान निर्माणमा सहभागी गराइएको थियो । निर्वाचित हुने मात्र होइन झिनो मत प्राप्त गर्नेलाई पनि समावेश गरिएको हुनाले दक्षिण अप्रिmकाको राजनीतिले स्थायित्व पाएको हो । नेपालले पनि दक्षिण अप्रिmकाको यही राजनीतिक दूरदृष्टिको अवलम्बन गर्नुपर्ने देखिन्छ । बहुभाषिक, बहुजातीय र सामाजिक तथा भौगोलिक विविधता भएको मुलुकमा बहुमत र अल्पमतको खेलमा संविधानसभा पर्यो भने नेपालको सूची दक्षिण अप्रिmकासित नभएर कंगो, सुडान, लाइबेरियासंग जोडिन पुग्छ । संविधानसभा निर्वाचन गर्ने गौरवशाली राष्ट्र बन्दै गरेको नेपालको भविष्य उल्लेखित मुलुकहरुको जस्तो नभएर आफैंमा उदाहरण दिन लायक बनोस् आम जनताको यही आकांक्षा रहेको छ ।
राजधानीमा वम पड्क्यो काठमाडौं । संविधानसभा निर्वाचनको पर्ूवसन्ध्यामा राजधानीका दर्ुइ स्थानमा वम विस्फोट भएका छन् । विस्फोटमा परी एकजना घाइत भएका छन् । निर्वाचनलाई लक्षित गरेर देशभर सुरक्षा व्यवस्था कडा पारिएको दावी गरेको भोलिपल्टै राजधानीका दर्ुइ स्थानमा वम विस्फोट भएको छ । यो घटनाले संविधानसभा निर्वाचनमा सुरक्षा व्यवस्था प्रभावकारी नरहेको अनुभूति जनताले गर्न थालेका छन् । स्मरण रहोस्, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आइतबार मात्रै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर शान्ति सुरक्षाको स्थित्रि्रति असन्तुष्टि जनाउँदै सुरक्षा व्यवस्था प्रभावकारी र कडा तुल्याउन निर्देशन दिनुभएको थियो ।
सेनाको उच्च शतर्कता काठमाडौं । संविधानसभा निर्वाचनका अवसरमा सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको प्रयोग नगरिएको भए तापनि सुरक्षात्मक स्थितिको सम्वेदनशीलतालाई हेरेर निर्वाचन अवधिभर नेपाली सेना मुलुकभर उच्च शतर्कतासाथ रहने जानकारी सैनिक जनसर्म्पर्क निर्देशनालयले दिएको छ । सुरक्षा सुदृढ गर्न र आकस्मिक उद्धारका लागि सैनिक हवाई साधन समेत तयारी अवस्थामा राखिएको पन बिताइएको छ । नेपाली सेनाले निर्वाचन आयोगको अनुरोध र समन्वयमा तयार गरिएको योजनाअनुरुप काम गरिरहेको पनि निर्देशनालयले जनाएको छ ।
|