निर्वाचनप्रति व्यापक उत्साहसंगै रनभुल्लता
Monday, 04.07.2008, 06:35pm (GMT+5.5)
काठमाडौं । संविधानसभा निर्वाचन आउन अब दर्ुइ दिन मात्र बाँकी छ । जनतामा संविधानसभाप्रति व्यापक उत्साह जागेको छ । राजधानीमा रहेका देशका विभिन्न स्थानका मानिसहरु अहिले आफ्नो घरजाने क्रममा छन् । काठमाडौंको गोंगबुस्थित बसपार्कमा दशैंको भन्दा पनि बढी भीड छ । यति हुँदाहुँदै पनि राजधानीभित्रकै कतिपय मतदाता अझै रनभुल्लमा रहेका छन् । यो रनभुल्लता विगतमा मतदाताहरुमा संविधानसभाप्रति विश्वास नरहनुको कारण पनि हो । एक युगमा एकचोटी आउने संविधानसभा निर्वाचनका विषयलाई लिएर विगतमा राजनीतिक तहबाट हुने गरेको नकारात्मक टिका टीप्पणी र बारम्बार निर्वाचन तिथि सार्दै लानुको असर आम मतदातामा परेको प्रष्ट देखिएको छ । निर्वाचनका अति निकट आइपुग्दा पनि राजधानीभित्रै ग्रामीण क्षेत्रका मतदाताहरु मतदानप्रति अनभिज्ञता जनाइरहेका छन् । प्रत्यक्ष र समानुपातिक गरी दर्ुइ किसिमको निर्वाचन हुने संविधानसभामा समानुपातिक भनेको के हो र प्रत्यक्ष भनेको के हो भन्ने जानकारी समेत राखेका छैनन् । राजधानीभित्रै मतदाताहरुमा रहेको यो अन्योल र रनभुल्लताले सोचेजस्तो मतदान हुनसक्नेमा व्यक्त गरिएको आशंकाले नै बल पाएको छ । निर्वाचनमा कति किसिमका मतपत्र हुन्छन्, कसरी कुन तरिकाले मतदान गर्ने, कुन मतपत्रमा मत दिंदा के हुन्छ - प्रत्यक्ष भनेको के हो - समानुपातिक भनेको के हो - भन्ने जस्ता सामान्य तर गहन सवालहरुको आम मतदाताहरुमा उत्तर खोजिरहेका भए पनि त्यसको निराकरण हुन सकेको छैन । मतदाता शिक्षाका लागि निर्वाचन आयोगले जे जति तयारी गरेको छ त्यो सकारात्मक मानिए पनि त्यो नै पर्ूण्ा भने हुन सकेन । मतदाता शिक्षाका लागि १० हजारभन्दा बढीको परिचालन गरिएको थियो । आयोगकै एक अधिकारीका अनुसार हामीले हाम्रो तर्फाट पूरै प्रयत्न गरेका छौं । बाँकी कुरा राजनीतिक दल तथा उम्मेदवार र तिनका कार्यकर्ताले चुनाव प्रचारकै क्रममा मतदातालाई जागरुक बनाउनु पर्छ । उम्मेदवार स्वयंले संविधानसभाका बारेमा जनतालाई स्पष्ट पार्ने प्रयास गर्नुपर्छ । तर यो काम पनि भएको छैन । उम्मेदवारहरु घरघरमा मतमाग्दै हिंडे पनि कुन मतपत्रमा छाप लगाउँदा उनले भोट पाउँछन् भन्ने समेत बताएका छैनन् । त्यसो त राजनीतिक दलका कार्यकर्ता नै रनभुल्लमा परेको पनि नदेखिएको होइन । कतिपय कार्यकर्ताहरु समानुपातिकलाई प्रत्यक्ष र प्रत्यक्षलाई समानुपातिकको ढंगमा बुझाइरहेका देखिन्थे । राजनीतिक दलका कार्यकर्ताकै यस्तो अवस्था छ भने आममतदातामा संविधानसभाप्रति चेतना जागेको छ भनेर भन्न सकिने अवस्था छैन । यति हुँदाहुँदै पनि निर्वाचनप्रति जनतामा व्यापक उत्सुकता भने जागेको छ तर त्यो उत्सुकतालाई सफल बनाउन मतदाता सचेतना कार्यक्रमको भने अभाव नै देखिएको छ । आममतदाता निर्वाचनको पर्ूवसन्ध्यामा आउँदा समेत किन सचेत भएनन् त - यस सवालमा धेरैको एउटै तर्क छ- विगतमा जस्तै संविधानसभा निर्वाचनप्रति उठेको आशंका । पटकपटक तिथि तोक्दै पर र्सर्दै गरेका कारण पनि निर्वाचन प्रणाली र यसको महत्वलाई राजनीतिक रुपमा सचेत रहेका मतदाताहरुले समेत वेवस्ता गरेका हुन्, चावहिल निवासी अर्जुन ज्ञवाली आफूहरु जस्तै अधिकांश मतदाताको निस्त्रिmयता प्रष्ट्याउँदै भन्छन् । त्यसो त पढेलेखेका मानिस, जो मतदानप्रति सचेत छन् र बुझेका छन्, उनीहरुले नबुझेका मानिसलाई बुझाउनुपर्ने आवश्यकता भने महसुस गरेनन् । जान्ने जो कोहीले पनि नजान्नेलाई सिकाउनुपर्ने दायित्व भए पनि त्यसो भएन । कतिपय अवस्थामा मतदाताहरु समानुपातिक निर्वाचन प्रणालीतर्फसमेत 'हिजो दलहरुले के गरे र - म त स्वतन्त्रलाई भोट दिन्छु' भन्दै हिंडेको समेत देखियो । आम मतदातामा रहेको यो रनभुल्लताले निर्वाचन परिणामलाई समेत धक्का दिने विश्लेषकहरुको दावी छ । मतदाता शिक्षाको कमीकै कारण खसेको मतको ठूलो अंश बदर हुनसक्ने सम्भावना रहेको छ ।
|