Yugasambad.Com.Np
National Weekly
 
Friday, 09.10.2010, 07:16pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो ; संविधानबाटै निकासको बाटो अवरु ; व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल ; राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त ; राजनीतिक विकृतिको महामारी फैल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  पुस्तक समीक्षा
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
निर्वाचनप्रति व्यापक उत्साहसंगै रनभुल्लता
Monday, 04.07.2008, 06:35pm (GMT+5.5)

काठमाडौं । संविधानसभा निर्वाचन आउन अब दर्ुइ दिन मात्र बाँकी छ । जनतामा संविधानसभाप्रति व्यापक उत्साह जागेको छ । राजधानीमा रहेका देशका विभिन्न स्थानका मानिसहरु अहिले आफ्नो घरजाने क्रममा छन् । काठमाडौंको गोंगबुस्थित बसपार्कमा दशैंको भन्दा पनि बढी भीड छ । यति हुँदाहुँदै पनि राजधानीभित्रकै कतिपय मतदाता अझै रनभुल्लमा रहेका छन् । यो रनभुल्लता विगतमा मतदाताहरुमा संविधानसभाप्रति विश्वास नरहनुको कारण पनि हो । एक युगमा एकचोटी आउने संविधानसभा निर्वाचनका विषयलाई लिएर विगतमा राजनीतिक तहबाट हुने गरेको नकारात्मक टिका टीप्पणी र बारम्बार निर्वाचन तिथि सार्दै लानुको असर आम मतदातामा परेको प्रष्ट देखिएको छ । निर्वाचनका अति निकट आइपुग्दा पनि राजधानीभित्रै ग्रामीण क्षेत्रका मतदाताहरु मतदानप्रति अनभिज्ञता जनाइरहेका छन् । प्रत्यक्ष र समानुपातिक गरी दर्ुइ किसिमको निर्वाचन हुने संविधानसभामा समानुपातिक भनेको के हो र प्रत्यक्ष भनेको के हो भन्ने जानकारी समेत राखेका छैनन् ।
राजधानीभित्रै मतदाताहरुमा रहेको यो अन्योल र रनभुल्लताले सोचेजस्तो मतदान हुनसक्नेमा व्यक्त गरिएको आशंकाले नै बल पाएको छ । निर्वाचनमा कति किसिमका मतपत्र हुन्छन्, कसरी कुन तरिकाले मतदान गर्ने, कुन मतपत्रमा मत दिंदा के हुन्छ - प्रत्यक्ष भनेको के हो - समानुपातिक भनेको के हो - भन्ने जस्ता सामान्य तर गहन सवालहरुको आम मतदाताहरुमा उत्तर खोजिरहेका भए पनि त्यसको निराकरण हुन सकेको छैन ।
मतदाता शिक्षाका लागि निर्वाचन आयोगले जे जति तयारी गरेको छ त्यो सकारात्मक मानिए पनि त्यो नै पर्ूण्ा भने हुन सकेन । मतदाता शिक्षाका लागि १० हजारभन्दा बढीको परिचालन गरिएको थियो । आयोगकै एक अधिकारीका अनुसार हामीले हाम्रो तर्फाट पूरै प्रयत्न गरेका छौं । बाँकी कुरा राजनीतिक दल तथा उम्मेदवार र तिनका कार्यकर्ताले चुनाव प्रचारकै क्रममा मतदातालाई जागरुक बनाउनु पर्छ । उम्मेदवार स्वयंले संविधानसभाका बारेमा जनतालाई स्पष्ट पार्ने प्रयास गर्नुपर्छ । तर यो काम पनि भएको छैन । उम्मेदवारहरु घरघरमा मतमाग्दै हिंडे पनि कुन मतपत्रमा छाप लगाउँदा उनले भोट पाउँछन् भन्ने समेत बताएका छैनन् ।
त्यसो त राजनीतिक दलका कार्यकर्ता नै रनभुल्लमा परेको पनि नदेखिएको होइन । कतिपय कार्यकर्ताहरु समानुपातिकलाई प्रत्यक्ष र प्रत्यक्षलाई समानुपातिकको ढंगमा बुझाइरहेका देखिन्थे । राजनीतिक दलका कार्यकर्ताकै यस्तो अवस्था छ भने आममतदातामा संविधानसभाप्रति चेतना जागेको छ भनेर भन्न सकिने अवस्था छैन । यति हुँदाहुँदै पनि निर्वाचनप्रति जनतामा व्यापक उत्सुकता भने जागेको छ तर त्यो उत्सुकतालाई सफल बनाउन मतदाता सचेतना कार्यक्रमको भने अभाव नै देखिएको छ ।
आममतदाता निर्वाचनको पर्ूवसन्ध्यामा आउँदा समेत किन सचेत भएनन् त - यस सवालमा धेरैको एउटै तर्क छ- विगतमा जस्तै संविधानसभा निर्वाचनप्रति उठेको आशंका । पटकपटक तिथि तोक्दै पर र्सर्दै गरेका कारण पनि निर्वाचन प्रणाली र यसको महत्वलाई राजनीतिक रुपमा सचेत रहेका मतदाताहरुले समेत वेवस्ता गरेका हुन्, चावहिल निवासी अर्जुन ज्ञवाली आफूहरु जस्तै अधिकांश मतदाताको निस्त्रिmयता प्रष्ट्याउँदै भन्छन् । त्यसो त पढेलेखेका मानिस, जो मतदानप्रति सचेत छन् र बुझेका छन्, उनीहरुले नबुझेका मानिसलाई बुझाउनुपर्ने आवश्यकता भने महसुस गरेनन् । जान्ने जो कोहीले पनि नजान्नेलाई सिकाउनुपर्ने दायित्व भए पनि त्यसो भएन । कतिपय अवस्थामा मतदाताहरु समानुपातिक निर्वाचन प्रणालीतर्फसमेत 'हिजो दलहरुले के गरे र - म त स्वतन्त्रलाई भोट दिन्छु' भन्दै हिंडेको समेत देखियो ।
आम मतदातामा रहेको यो रनभुल्लताले निर्वाचन परिणामलाई समेत धक्का दिने विश्लेषकहरुको दावी छ । मतदाता शिक्षाको कमीकै कारण खसेको मतको ठूलो अंश बदर हुनसक्ने सम्भावना रहेको छ ।

Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपाल एक्काइसौं राष्ट्र बन्दैछ (04.07.2008)
निर्वाचनको पर्ूवसन्ध्यामा जनता रनभुल्लनेतागणले भनेको पत्याउने कि देखेको पत्याउने ? (03.31.2008)
संविधानसभा निर्वाचनमा पैसाको खोलोदश अर्बभन्दा बढी खर्च हुँदैछ (03.31.2008)
अर्ढाई दशकमै ओझेलमा परे विश्वेश्वर (03.31.2008)
आयोग अग्निपरीक्षामा (03.31.2008)
तीन दलका नेता निर्वाचन आयोगमा (03.31.2008)
चुनावी वातावरण स्वस्थ प्रतिस्पर्धामुखी हुन सकेनशर्ीष्ा नेताको विजय सुनिश्चित गर्न च (03.24.2008)
बीस लाख बाहिर ः बीस लाख भित्रनयाँ नेपालको मेरुदण्ड मतदानबाट वञ्चित (03.24.2008)
नेतालाई चुनाव खर्च ः  जनतालाई महंगी (03.24.2008)
ध्वस्त हुँदैछ निर्वाचन आचारसंहिता (03.24.2008)



 
  ::| Events
September 2010  
Su Mo Tu We Th Fr Sa
      1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30    
 
::| Hot News
बाहृयशक्तिको व्यूहरचनाले गञ्जागोल बढायो
संविधानबाटै निकासको बाटो अवरु
व्यवस्थापिका संसद् प्रधानमन्त्री चयन गर्न पुनः विफल
राजनीतिक भाँडभैलोले सबै क्षेत्र अस्तव्यस्त
राजनीतिक विकृतिको महामारी फैल
प्रधानमन्त्री चयनमा संसद् पुनः विफल  मुलुक दर्ु
यथास्थितिमा गतिरोध अन्त्य असम
प्रधानमन्त्रीका लागि लिगलिगे दौड
प्रमुख दलहरू सहमतिको सरकार बनाउन विफलब
तीन

© Neeraz.Com 2007
[Top Page]