Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:07am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
पहिलो उपहार मूल्यवृद्धि
Monday, 04.21.2008, 05:41pm (GMT+5.5)

काठमाडौं । संविधानसभा चुनावपछि जनताले पहिलो उपहारको रुपमा मूल्यवृद्धि पाउने भएका छन् । चुनावको बेला नकारात्मक प्रभाव पर्नसक्ने भएकाले वृद्धि नगरिएको पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी भैरहेको छ ।
अन्तर्रर्ााट्रय रुपमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढिरहेको परिस्थितिमा नेपालमा पनि मूल्य समायोजन हुने निगम स्रोतले जनाएको छ । मूल्य वृद्धि अगावै बजारमा पेट्रोलियम पदार्थको अभाव सुरु भैसकेको छ । राजधानीका पेट्रोल पम्पमा सवारीसाधनको लामो लाइन देखिइसकेको छ ।
आयल निगममा शुक्रबार भएको कार्यक्रममा हाल निगमसंग २४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात रहेको जानकारी दिइएको थियो । सो मौज्दातअनुसार पेट्रोल डिजेल आठ/आठ दिन र मट्टतिेल सात दिन पुग्ने छ । त्यसपछिको आयातमा समायोजन गरी मूल्य बढाइने तयारी भैरहेको स्रोतले जनाएको छ ।
उद्योग तथा आपर्ूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाले शुक्रबार भएको कार्यक्रममा पेट्रोलियम पदार्थको मूल्य समायोजनको विकल्प नभएको दाबी गरेका थिए ।
नेपाल आयल निगम धराशायी बन्दै गएको चर्चा केही वर्षपहिले देखि नै हुन थालेको हो । निगम १२ अर्ब ऋणमा डुबेको छ । निगमले विभिन्न बैंकलाई १० अर्ब ७० करोड र भारतीय आयल निगम -आइओसी)लाई एक अर्ब ३० करोड तिर्न बाँकी छ । आइओसीलाई तिर्ने रकममा पनि व्याज लाग्ने व्यवस्था छ ।
निगमको हालको ऋण चुक्ता पुजीको तुलनामा अत्यधिक भएको  र थप ऋण लिन पनि उचित नभएको  निगमले जनाएको छ । त्यसैले मूल्य वृद्धिको विकल्प छैन ।र्
वर्तमान मूल्य अनुसार प्रतिमहिना एक अरब ३० करोड रुपैयाँ घाटा बेहोर्नुपरेको निगमका उपनिर्देशक इच्छाविक्रम थापाले बताएका छन् । उनले चालु महिनामै पेट्रोलियम पदार्थ आयातमा रकम अभाव हुने बताएका छन् । साथै, तत्काल पेट्रोलियम पदार्थ आयात गर्न ६ अरब २७ करोड रुपैया आवश्यक भएको उनले जानकारी दिए । अब पेट्रोलियम पदार्थ खरिद गर्न बिक्रीबाट उठ्ने करिब साढे चार अर्ब बाहेकको रकम आयल निगमलाई आवश्यक छ ।
यसैगरी उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । वितेका तीन महिनामा खाद्यान्न लगायत उपभोग्य वस्तुको ६० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । तर सरकारले बजार अनुगमन गरेको छैन । सरकारले चुनावलाई मात्र ध्यान दिंदा आमजनता महंगीको चर्को मारमा परेका छन् । अब हुने पेट्रोलियम पदार्थको मूल्यवृद्धिले उपभोग्य वस्तुको मूल्य अझ चर्कने अनुमान छ । यसले परिवर्तनको संघारमा आएको नयाँ सरकारलाई चुनौती थप्नेछ ।

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
पर्यवेक्षकहरुको पैसा रोकियो (04.21.2008)
चीन-भारत सम्बन्धमा शीत लहर (04.07.2008)
संविधानसभा निर्वाचनको पर्ूण्ा तयारीनेपाल नयाँ इतिहास निर्माणमा अग्रसर (04.07.2008)
निर्वाचनप्रति व्यापक उत्साहसंगै रनभुल्लता (04.07.2008)
नेपाल एक्काइसौं राष्ट्र बन्दैछ (04.07.2008)
निर्वाचनको पर्ूवसन्ध्यामा जनता रनभुल्लनेतागणले भनेको पत्याउने कि देखेको पत्याउने ? (03.31.2008)
संविधानसभा निर्वाचनमा पैसाको खोलोदश अर्बभन्दा बढी खर्च हुँदैछ (03.31.2008)
अर्ढाई दशकमै ओझेलमा परे विश्वेश्वर (03.31.2008)
आयोग अग्निपरीक्षामा (03.31.2008)
तीन दलका नेता निर्वाचन आयोगमा (03.31.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]