जनताले माओवादी रोज्नुको कारण
Monday, 04.21.2008, 05:41pm (GMT+5.5)
काठमाडौं । दुनियाँले नसोचेको परिणाम नेकपा माओवादीको पक्षमा गयो । यो विजयलाई गहन र सूक्ष्म रुपमा हर्ेर्ने हो भने यसभित्र विभिन्न कारणहरु रहेका छन् । पहिलो कारणको रुपमा माओवादीले बहुमत संख्यामा रहेर पनि अल्पमतमा परेकाहरुलाई अत्यधिक प्राथमिकता दियो । अर्को कारण जनताको शान्ति र स्थिरताको चाहना र तेस्रो कारणमा जनताले पालेको परिवर्तनको असीमित आकांक्षालाई लिन सकिन्छ । संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फर्सवाधिक आदिवासी-दलितको प्रतिनिधित्व गराउने दल नेकपा माओवादी भएको छ । उसले देखाएको समावेशी चरित्रले पनि सवैभन्दा ठूलो पार्टर्ीीे रुपमा स्थापित हुन सजिलो भयो । त्यसैगरी युवावर्गको प्रतिनिधित्वमा पनि माओवादी अग्रणी देखियो भने महिलाको हकमा पनि यो कुरा लागू भएको छ । संविधानसभा निर्वाचनको र्सार्वजनिक भएको हालसम्मको परिणाम हर्ेदा प्रत्यक्ष निर्वाचनतर्फविजयी बनेका कुल आदिवासी-दलितमध्ये नेकपा माओवादीका तर्फाट ७५ प्रतिशतभन्दा बढी रहेका छन् । समानुपातिकतर्फो नतिजा र्सार्वजनिक भैसक्ने बेलासम्म यो संख्या अझ बढ्ने देखिएको छ । त्यसैगरी ४० वर्षननाघेका युवाहरुको प्रतिनिधित्व गराउन पनि माओवादी अन्य तलको तुलनामा निकै अगाडि रहृयो । संविधानसभा निर्वाचनमा नेकपा माओवादीको चुनावी रणनीति नै समावेशी सहभागिता रहेको देखियो । यही नीतिले उसलाई सफल बनाएको हो । मुलुकको वैधानिक राजनीतिक धरातलमा एकाएक सवभन्दा शक्तिशाली दलको रुपमा देखापरेको नेकपा माओवादीको यो विजयलाई प्रायःजसो राजनीतिक पण्डितहरु आर्श्चर्यजनक मान्दछन् तर नेकपा माओवादी स्वयं भने यो विजय निश्चित रहेको मान्दछन् । राजनीतिक टीका टिप्पणीभन्दा बाहिर रहेका अधिकांशको धारणा भने योभन्दा विल्कुल अलग छ । माओवादीको यो विजय न अनपेक्षित हो न त आर्श्चर्यजनक नै । यो विजय दिगो शान्ति तथा मुलुकको स्थायित्वका लागि अति आवश्यक थियो । यसका अतिरिक्त ७० प्रतिशतभन्दा बढीको संख्यामा रहेका दलित, आदिवासी तथा जनजातिको सहभागितालाई माओवादीले अन्य दलको तुलनामा जसरी प्राथमिकता दियो उसको विजयको एउटा बलियो आधार यो पनि हो । विगतमा ठूला भनेर दम्भ पर््रदर्शन गर्ने दलहरुको दोहोरो चरित्र तथा उनीहरुको विगतको क्रियाकलाप पनि माओवादीको बहुमत ल्याउने आधारशीला बन्यो । विगतदेखि नै निर्वाचित हुँदैआएका कतिपय नेताहरुको जनउत्तरदायित्वविहीन चरित्रले गर्दा कांग्रेस-एमाले पराजित भएका हुन् । त्यसो त नेकपा माओवादीको चुनावी प्रचासप्रसारको विज्ञापन नै 'अरुको धेरै हेर्यौं एकपटक मओवादीको पनि हेरौं' भन्ने रहेको थियो । कांग्रेस, एमाले लगायतका त्यतिबेलाका संसदीय पार्टर्ीीको शासनकालमा कुशासन मात्र व्यहोरेका जनताले सुशासन, शान्ति, स्थिरता र आर्थिक, सामाजिक विकास हुन्छ भन्ने आशले नै माओवादीलाई रोजेका हुन् ।
|