जनताको अभिमत ताजा अनुहारतिर शर्ीष्ा र प्रभावशालीहरु चकनाचुर
Monday, 04.21.2008, 05:43pm (GMT+5.5)
काठमाडौं । संविधानसभा निर्वाचनमा शर्ीष्ा भनिएका दलहरुको लज्जास्पद पराजयलाई राजनीतिक विश्लेषकहरु जनताले नयाँ नेतृत्व खोजेको बताइरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका तर्फाट जति उम्मेदवारहरु विजयी भए त्यसमा ९० प्रतिशतभन्दा बढी नयाँ अनुहार रहेका छन् । राष्ट्रिय राजनीतिदेखि दलीय राजनीतिसम्म आफ्नो दह्रो पकड जमाउँदै आएका शर्ीष्ा नेताहरु संविधानसभामा नराम्रोसंग पराजित हुन पुगे । उनीहरुको पराजयले सम्बन्धित दलको नेतृत्वमाथि नै प्रश्नचिन्ह उब्जेको छ । नेकपा एमाले तथा नेपाली कांग्रेसका शर्ीष्ा नेताहरुले आफ्नो पार्टर्ीीईमात्र होइन, आफूलाई समेत विजयी गराउन सकेनन् । एमाले महासचिव माधवकुमार नेपाल काठमाडौं र रौतहट दुवै क्षेत्रबाट पराजित हुनुपर्यो । उहाँले पराजयको सम्पर्ूण्ा जिम्मेवारी आफूले लिंदै उहाँले पार्टर्ीीहासचिवबाट राजीनामा समेत दिइसक्नुभएको छ । त्यस्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पनि आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँ आफ्नै गृहक्षेत्रमा पराजित हुनुभएको थियो । पर्ूव मेचीदेखि पश्चिम महाकालीसम्म प्रभावशाली भनेर चिनिने नेताहरुलाई जसरी फुच्चे नेताहरुले तह लगाइदिए त्यसले भने जनताले परिवर्तन चाहेको प्रष्ट हुन्छ । नेपाली कांग्रेस वा एमाले रोज्ने मतदाताहरुले पनि विगतकै गन्हाएका अनुहारलाई जनतामाझ पठाएका कारण उनीहरु अस्वीकृत भएका हुन् । खुमबहादुर हुन् वा गोविन्दराज जोशी, वामदेव गौतम हुन् वा सुजाता कोइराला, विद्या भण्डारी हुन् वा चिरञ्जीवी वाग्ले यिनीहरुको पदीय निरन्तरता हुन सकेन । जतिले जितेका छन् उनीहरु नयाँ छन् । माओवादीका तर्फाट त सवै नयाँ हुने नै भए । राजधानी विगतमा एमालेको किल्ला भए पनि यसपटक कांग्रेसले बाजी मार्यो । राजधानीमा विजयी बनेका कांग्रेसका सवै अनुहार नयाँ थिए । क्षेत्र नं. १ बाट निर्वाचित प्रकाशमान सिंह पहिलोपटक निर्वाचित भए भने क्षेत्र नं. ३ का चक्रबहादुर ठकुरी गाउँस्तरको राजनीति गर्दै राष्ट्रिय राजनीतिमा सहभागी हुने भाग्यमानी ठहरिए । त्यस्तै क्षेत्र नं. ४ बाट सुप्रभा घिमिरे पनि नयाँ नै हुन् भने नेपाली कांग्रेसभित्र वैचारिक नेतृत्व दिनसक्ने हैसियत राख्ने नरहरि आचार्य पनि नयाँ नै हुन् । उता नवीन्द्रराज जोशी र ध्यानगोविन्द रञ्जित पनि पहिलोपटक निर्वाचित भएका हुन् । जनताले नयाँ नेता रोज्ने क्रममा राष्ट्रिय राजनीतिमा अत्यधिक प्रभाव पार्ने शर्ीष्ा नेताहरुलाई वहिस्कार गरेर राजनीतिक हैसियतमा उनीहरुको तुलनामा होचो कदका उम्मेदवारलाई रोज्न पुगे । एमालेका माधवकुमार नेपाल, केपी ओली, वामदेव गौतमदेखि भरतमोहन अधिकारीसम्म नयाँ र युवा प्रतिस्पर्धीबाट पराजित भएका छन् । त्यस्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला पनि यसपटक पराजित हुनुपर्यो । निष्ठाको राजनीति गर्ने भनेर ख्याति कमाएका कोइरालालाई पनि बाँकेका जनताले रुचाएनन्, उनको स्थानमा पनि नयाँ उम्मेदवारले वाजी मारे । विगतमा भारी मतअन्तरले विजयी हुँदै आएका कांग्रेसका नेता शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा निर्वाचन जित्न ठूलै संर्घष्ा गर्नुपर्यो । उनको विजयी मतअन्तर निकै झिनो रहेको छ । विगतमा चुनाव जसरी पनि जित्ने र भ्रष्ट शिरोमणि भनेर चिनिएकाहरु संविधानसभामा पाखा लागे । यसलाई जनताको सही निर्ण्र्ाामान्न सकिन्छ । शर्ीष्ा दलहरुले जनताको चाहनाको सम्मान गर्न सकेनन् वा उनीहरुले जनआकांक्षा बुझेनन् । उनीहरु कसरी बढीभन्दा बढी स्थानमा विजय हाँसिल गर्न सकिन्छ भन्ने ध्याउन्नमै लागेका कारण चुनावी परिणाम 'मनी' र 'मसल'को बलमा आफ्नो पक्षमा पार्न विगतमा सक्षम भएका धेरै व्यक्तिलाई टिकट दिए । यसैकारण ती दलहरु नराम्रोसंग पछारिए । यसो भनेर पराजित हुने सवै नालायक हुन् भन्ने होइन । जित्नैपर्ने कतिपय नेताहरु पनि पराजित भए । यो भने दुःखद् पक्ष बन्नपुग्यो ।
|