जनताद्वारा माओवादी मुद्दा अनुमोदन ः कार्यान्यवको प्रतीक्षा
Monday, 04.21.2008, 05:44pm (GMT+5.5)
काठमाडौं । १० वर्षलामो सशस्त्र जनयुद्ध र १९ दिने शान्तिपर्ूण्ा जनआन्दोलनले निर्दिष्ट गरेको शान्ति प्रक्रियाको अन्तिम चरणमा मुलुक पुगेको छ । शान्ति प्रक्रियाको अभिन्न अंगका साथै जनयुद्ध र जनआन्दोलनको म्याण्डेट मानिएको संविधानसभा निर्वाचनको परिणामपछि मुलुक राजनीतिक रुपमा निर्ण्ाायक परिवर्तनको संघारमा पुगेको छ । संविधानसभाको मागसहित मुलुकको आमूल परिवर्तन गर्ने घोषणा गरेको नेकपा माओवादी अब सरकार गठनको तयारीमा जुटेको छ । निर्वाचनको हालसम्मको घोषित परिणामले माओवादी शर्ीष्ा दल भएको छ । प्रत्यक्ष निर्वाचनतर्फमाओवादीले एमाले र नेपाली कांग्रेसको कुल संख्याभन्दा बढी स्थानमा विजय हाँसिल गरेको छ । जनताले १० वर्षो सशस्त्र जनयुद्धलाई अनुमोदन गरेका छन् । अब माओवादीका सामु थुप्रै चुनौतीहरु बढेको छ । जनता १० वर्षो जनयुद्धका क्रममा उठेका मुद्दा र नाराहरुको सवल कार्यान्वयनको प्रतीक्षामा छन् । अहिले सरकार गठनदेखि त्यसको भावी स्वरुप, कार्यनीति तथा आर्थिक-सामाजिक नीति, विश्व सम्बन्ध लगायतका विषयमा माओवादीको दृष्टिकोणको कौतुहलतापर्ूण्ा प्रतिक्षा भैरहेको छ । संविधानसभा निर्वाचनमा माओवादी शर्ीष्ा दलका रुपमा रहने निश्चित छ । प्रत्यक्ष र समानुपातिक गरेर उसले हिजो रातिसम्म सवै दललाई उछिनेको छ । यस हिसाले माओवादीको नेतृत्वमा आगामी सरकार गठन हुने पक्का छ । यति हुँदाहुँदै पनि आगामी सरकार गठनका लागि उसले नेपाली कांग्रेस तथा एमालेसंग आग्रह गरिरहेको छ । आफ्नो सरकारलाई सहयोग र र्समर्थन प्राप्त गर्न माओवादी नेतृत्व राजनीतिक-कूटनीतिक भेटघाटमा सक्रिय छ । नेकपा माओवादी अहिले अन्तर्रर्ााट्रय र्समर्थनको खोजीमा छ । जनमतबाट अनुमोदित भएका नाताले पनि यसलाई विगतको क्रियाकलापकै आधारमा हर्ेन नहुने कूटनीतिक विश्लेषकहरु बताउँछन् । लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर निर्वाचनका माध्यमबाट सत्ता हाँक्ने अवसर पाएको नेकपा माओवादी अहिले चारैतिरको र्समर्थन बटुल्ने अभियानमा छ । यसक्रममा भारतीय राजदूतदेखि राप्रपा नेपालका नेताहरुसंग समेत माओवादीको वार्तालाप भएको समाचार विवरणहरु प्रकाशमा आएका छन् । निर्वाचन परिणाम आफ्नो विपक्षमा आएपछि नेकपा एमाले वर्तमान सरकारबाटै बाहिरिएको छ । एमालेका मन्त्रीहरुले सामुहिक राजीनामा दिए पनि त्यसलाई स्वीकृत गरिएको छैन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा फिर्ता लिन आग्रह गदर्ैर्ैैउनुभएको छ । एमालेले भने अहिले सरकारमा बस्ने नैतिक दायित्व नरहेको र भावी सरकारमा बस्ने सम्बन्धमा पार्टर्ीी निर्ण्र्ाानगरिसकेको जनाएको छ भने नेपाली कांग्रेसभित्र पनि भावी सरकारमा सामेल हुन नहुने तर्कले बढोत्तरी पाइरहेको छ । निर्वाचन परिणामले माओवादीलाई सरकार गठन गर्ने म्याण्डेट दिएको हुँदा संसदीय सर्वोच्चतालाई स्वीकार गर्ने पार्टर्ीीरकारमा सामेल हुन नहुने कांग्रेसी नेताहरुको तर्क छ । विगतमा तिक्ततापर्ूण्ा सम्बन्ध रहेको भए पनि मधेसी जनअधिकार फोरमले माओवादीको सरकारलाई सहयोग गर्ने जनाएको छ । माओवादीले सात दलबीच मात्र होइन संविधानसभामा प्रतिनिधित्व गर्ने सवै दलसंग सहकार्य गर्ने र आफ्नो नेतृत्वमा संयुक्त सरकारको अवधारणा अनुरुप नै सरकार गठन गर्ने गृहकार्यमा जुटेको छ । माओवादी नेताहरु कांग्रेस र एमालेको घरघरमा पुगेर सरकारमा सामेल हुन आग्रह गरिरहेका छन् । जनयुद्ध सुरु गर्नुभन्दा अघि माओवादीले तत्कालीन सरकार समक्ष प्रस्तुत गरेका ४० बुँदे मागको बलमा सशस्त्र युद्ध भएको थियो भने त्यसकै मूलभूत नाराहरुमा टेकेर जनआन्दोलन-२ सफल भएको थियो । जनआन्दोलनको भावना र मर्मअनुसार मुलुकले इतिहासमै पहिलोपटक संविधानसभा निर्वाचन सम्पन्न गर्यो । यो निर्वाचनले जनताको आकांक्षा, संसदीय मूलधारका शर्ीष्ा राजनीतिक दलहरुको अहंकारी र यथास्थितिवादी सोच र चिन्तनको समेत चिरफार गर्यो । जनताले क्रान्तिको विगुल फुक्ने नेकपा माओवादीलाई रुचाए । संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फनेकपा माओवादी बहुमतको निकटमा रहृयो भने समानुपातिकतर्फपनि नेकपा माओवादी नै अग्रस्थानमा रहेको छ । कुल मतको ३१ प्रतिशतको अनुपातमा माओवादीले मत पाएको छ । मुलुकको पछिल्लो राजनीतिक विकासक्रमलाई राजनीतिक विश्लेषकहरु स्वाभाविक मान्दछन् । उनीहरुका अनुसार संविधानसभाको यो परिणामलाई न आर्श्चर्यजनक मान्दछन् न त अनपेक्षित नै । यसलाई जनताको चाहना र आकांक्षा प्रतिविम्बित गर्ने फैसलाको रुपमा लिनर्ुपर्दछ । जनताले माओवादीको एजेण्डा रुचाए, माओवादीको नेतृत्व रुचाए र माओवादीको अग्रगामी आर्थिक, सामाजिक, राजनीतिक धारलाई रुचाए । नेकपा माओवादीले आन्दोलनका क्रममा गरेको वाचा, दर्ुगम गाउँले जनतामा जगाएको राजनीतिक चेतना र शोषित पीडित जनताको पक्षमा उठाएको आवाजको पुरस्कारको रुपमा बहुमत प्राप्त गरेका हुन् । संविधानसभाको परिणामले संसदीय मूलधारका राजनीतिक दलहरुको जनाधार कम हुँदै गएको स्पष्ट मात्र भएन १९ दिने जनआन्दोलन सफल बनाउने नेकपा माओवादी नै हो भन्ने पनि प्रमाणित भएको छ । जनताले आमूल परिवर्तन खोजेका थिए । यो परिवर्तनको संवाहक शक्तिको रुपमा नेकपा माओवादीको उदय भएको छ । आगामी दिन राष्ट्रियताको पक्षमा, शान्तिको पक्षमा, स्थिरताको पक्षमा र विकासको पक्षमा क्रियाशील हुनसक्यो भने मात्र यसले मुलुकलाई सही दिशानिर्देश गर्नेछ र नेकपा माओवादीको विजयले र्सार्थकता प्राप्त गर्नेछन् । जनताले चाहेको शान्ति हो, विकास हो, स्थिरता हो र मुलुकको समग्र संरचनामा आमूल परिवर्तन हो । यसका अतिरिक्त कमजोर हुँदै गएको राष्ट्रिय एकताको सवलीकरण पनि अहिलेको प्रमुख आवश्यकता हो । यी कार्यहरुको अपेक्षा जनताले गरेका छन् । परिवर्तनको यत्रो महान उपलब्धिपछि पनि मुलुकमा विगतकै क्रियाकलापहरुले निरन्तरता पाउने हो भने नेकपा माओवादीको पनि नेपाली कांग्रेस-एमालेको जस्तै हविगत हुन बेर लाग्दैन । मुलुकको शासकीय अधिकार जनतामा भएको र जनता नै राष्ट्रका सच्चा मालिक भएको प्रमाणित भएको संविधानसभा निर्वाचनमा जनताले दिएको म्याण्डेट पनि यही हो । आगामी बाटो सहज छैन । राष्ट्रिय अन्तर्रर्ााट्रय रुपमा मुलुकको छवि सुधार्नुपर्ने दायित्व एकातिर छ भने अर्कातिर अन्तर्रर्ााट्रय सम्बन्ध सुधार्दै सहयोग र समझदारीको विकास गर्नुपर्ने गहन जिम्मेवारी पनि नेकपा माओवादीकै काँधमा छ । आगामी सरकारको नेतृत्व गर्ने शक्तिको हैसियतले माओवादीले चाल्ने हरेक कदम निकै सुझबुझ र होसियारीपर्ूवक चाल्नुपर्ने हुन्छ । सानो गल्ती र राजनीतिक महत्वकांक्षाले गर्दा मुलुकको भविष्य वर्वादितिर मोडिनसक्नेतर्फसवै पक्ष सचेत हुनर्ुपर्छ । माओवादीलाई अझै कतिपय मुलुकले वैधानिकता नदिइसकेको अवस्थामा जनअभिमतबाट सरकार गठन गर्दा उसले भोग्नुपर्ने चुनौती र सामना गर्नुपर्ने कठिनाइहरुको अहिले नै गृहकार्य गर्नुपर्ने सुझाव राजनीतिक चिन्तकहरुको छ । जनतामा अहिले उर्लेको असीति चाहना पर्ूर्ति गर्ने सवालमा नेकपा माओवादी चुक्यो भने त्यसको परिणाम अहिले कांग्रेस-एमालेले भोगेजस्तै हुनेछ । सत्ता र जनतालाई आफ्नो विरासत र रैती ठान्दै विगतदेखि नै प्रजातान्त्रिक आन्दोलन र नागरिक स्वतन्त्रताका पक्षमा राजनीति गर्दैआएको दावी गर्ने नेपाली कांग्रेस र एमालेले जनताको चाहना बुझ्ने प्रयास नगर्दाको दुष्परिणाम अहिले भोगिरहेका छन् । जनइच्छालाई वेवास्ता गर्दा मुलुकको प्रजातान्त्रिक राजनीतिक नेतृत्व हाक्दै आएको नेपाली कांग्रेसको ६० वर्षो इतिहासमा र्सवाधिक नमीठो पराजय भोग्नुपर्यो । जनताले मौनरुपमा तर सशक्त ढंगले माओवादीलाई स्वीकार गरेका छन् । माओवादीले बुलेटबाट आर्जन गरेको शक्तिलाई जनताले व्यालेटबाट वैधानिकता दिए । यो नेपाली राजनीतिको इतिहासमै एउटा चामत्कारिक घटना हो । राजनीतिक विश्लेषकहरु भन्दछन्- संविधानसभा निर्वाचनले पार्टर्ीी नेताभन्दा जनता धेरै अगाडि रहेको प्रष्ट पारेको छ । राजनीतिक चिन्तन र सुझबुझमा नेताहरुभन्दा केयौं गुणा सही निर्ण्र्ााजनताले गरे । नेपाली जनताले आफूलाई युग परिवर्तनको पक्षमा दह्रोसंग उभ्याए । जनताको यो भावनाको कदर हुनर्ुपर्छ । राजनीतिक महत्वकांक्षाभन्दा जनआकांक्षालाई प्राथमिकता दिनुपर्ने गहन दायित्व निर्वाहमा सरकारको नेतृत्व गर्न कम्मर कसेर लागेको माओवादी मात्र होइन संविधानसभामा प्रतिनिधित्व गर्ने सवै दलहरुको उत्तिकै सजग, सचेत र सक्रिय हुनर्ुपर्दछ ।
|