रातारात आए राजदूत
Monday, 04.28.2008, 06:47pm (GMT+5.5)
काठमाडौं । नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जी आफ्नो थपिएको समय समेत भुक्तान गरी भारत फर्केलगत्तै नेपालका लागि नवनियुक्त भारतीय राजदूत राकेश सुद रातारात नेपाल आएका छन् । उनको यस्तो हतारको आगमनलाई कूटनीतिक विश्लेषकहरुले अनेक टिप्पणी गर्न थालेका छन् । सामान्यतयाः एउटा राजदूतको विदाइपछि कम्तिमा एक वा दर्ुइ हप्तापछि मात्र अर्को राजदूतको आगमन हुने गरेको भए पनि भारतले रातारात आफ्ना राजदूतलाई नेपाल पठाएको छ । नवनियुक्त राजदूत राकेश सुदले यसै साता प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् । राजदूतको यो रातारात आगामनलाई भावी सरकारको नेतृत्व गर्ने दावी गरिएको माओवादीलाई कारण बताइएको छ । भारतले बाहिर माओवादीलाई र्समर्थन गरेको देखिए पनि भित्रभित्र उसको वैधानिकतालाई अझै स्वीकार गरिनसकेको विश्लेषकहरु बताउँछन् । भारतले राजदूत ओहदाको प्रमाणपत्र भावी सरकारको नेतृत्व गर्ने माओवादी नेतासमक्ष प्रस्तुत गर्नुपर्ला भन्ने डरले नै हतारहतार नेपाल पठाएको हो ।
सर्वोच्चमा दृष्टिको जवाफ काठमाडौं । दृष्टि साप्ताहिकले नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टर्राई र कार्यकारी निर्देशक सुरेन्द्र प्रधानसित सम्बन्धित मुद्दा प्रकरण कोट्याउँदै अदालतभित्रको भ्रष्टाचारबारे समाचार र सम्पादकीय टिप्पणी लेखेपछि सर्वोच्च अदालतमा परेको मानहानीको मुद्दा पत्रकारिता र कानुनी दुवै क्षेत्रमा विशेष चर्चाको विषय बनेको छ । दृष्टिको तर्फाट सम्पादक शम्भु श्रेष्ठले सर्वोच्च अदालतमा लिखित जवाफ प्रस्तुत गर्दै पत्रिकाले अदालतको सम्मानमा चोट पुर्याएको नभै त्यहाँभित्र हुने गरेका अनियमितताहरु उजागर गरेर प्रेसले न्यायपालिकालाई बलियो बनाउन सहयोगी भूमिका खेलिरहेको जिकिर गर्नुभएको छ । सम्पादक श्रेष्ठले उक्त मुद्दा खारेजीको माग गर्दै वाक तथा प्रकाशन स्वतन्त्रतालाई अदालतको मानहानीले निषेध गर्न नमिल्ने जिकिर गर्नुभएको छ । परिवर्तित सर्न्दर्भमा अदालतभित्र हुने गरेका अनियमिततालाई प्रेसले उजागर गर्न पाउने कि नपाउने भन्ने गम्भीर सवाल यो प्रकरणले उठाएको छ ।
पत्रकारहरुबीच भीडन्त काठमाडौं । नेपाल पत्रकार महासंघको २२ औं राष्ट्रिय महाधिवेशन यही वैशाख २१ गतेदेखि राजधानीमा सुरु हुँदैछ । महासंघको नयाँ नेतृत्वको समेत चयन गरिने महाधिवेशनको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेका भातृ संगठनहरु नेपाल प्रेस यूनियन र प्रेस चौतारी नेपाल अहिले त्यसैको गृहकार्यमा लागेका छन् । उता कुनै पनि राजनीतिक दलसंग आवद्ध नभएका पत्रकारहरु पनि आफ्नो उम्मेदवारी दिने घोषणा गर्दै मैदानमा उत्रिएका छन् । महासंघको भावी अध्यक्षका लागि वर्तमान उपसभापति शिव गाउँले, महासचिव महेन्द्र विष्ट, कुलचन्द्र वाग्ले र धर्मेन्द्र झाको नाम चर्चामा छ ।
|