Yugasambad.Com.Np
National Weekly
 
Thursday, 11.20.2008, 04:55am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले ; माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त ; ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार ; उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा ; राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
प्रधानमन्त्रीले मुख खोले

Monday, 04.28.2008, 06:55pm (GMT+5.5)

काठमाडौं । संविधानसभा निर्वाचनको नतिजापछि उत्पन्न अन्योल र विभिन्न तर्क-वितर्कलाई चिर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अन्तरिम संविधानअनुसार नयाँ सरकार निर्माण गर्न राजनीतिक पहल र परामर्श प्रारम्भ गर्न आहृवान गर्नुभएको छ । आगामी सरकार गठनका विषयमा अनेकथरि चर्चा चलिरहँदा प्रधानमन्त्री कोइरालाले हिजो एक पे्रस वक्तव्य प्रकाशित गर्दै सो आहृवान गर्नुभएको हो ।
प्रधानमन्त्री कोइरालाले वक्तव्यमा निर्वाचन परिणाममार्फ जनताले दिएको फैसलाअनुरूप अब हामीले हाम्रा अगाडि रहेका कार्यहरूमा ध्यान केन्द्रित गर्नुपरेको छ भन्दै निर्वाचन परिणाम पनि युगान्तकारी जनआन्दोलनदेखि राजनीतिक दलहरूले अवलम्बन गर्दै आएको सहमति, सहकार्य र एकताको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । उहाँले संघीय गणतन्त्रात्मक राज्य संरचना र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीले समुन्नत एवं समृद्ध नेपाल स्थापना गर्ने सबल आधार प्रदान गर्ने हुँदा सोका लागि एकताबद्ध भएर जुट्न आग्रहसमेत गर्नुभएको छ । 
प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा "संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र कार्यान्वयन गर्ने कुरालाई संविधानले नै पहिलो प्राथमिकतामा राखिदिएको छ । र्सवप्रथम यस कार्यलाई सम्पन्न गर्नु हाम्रो साझा दायित्व हो ।" त्यसैगरी वक्तव्यमा "संविधानसभाको गठन प्रक्रियालाई पर्ूण्ाता दिने कार्य सम्पन्न गरी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६९ अनुसार सविधानसभाको पहिलो बैठकको आहृवान तोकिएको समयमा नै गरिनेछ । यर्सतर्फ हामी सबैको ध्यान जानु आवश्यक छ ।"

 


Comments (0)        Print        Tell friend        Top


Other Articles:
माओवादीको नेतृत्वमा सरकार बनाउनअन्तरिम संविधानकोे अड्को (04.28.2008)
समस्या कति कति (04.28.2008)
कांग्रेस-एमाले नैतिक संकटमा (04.28.2008)
रातारात आए राजदूत (04.28.2008)
जनताद्वारा माओवादी मुद्दा अनुमोदन ः कार्यान्यवको प्रतीक्षा (04.21.2008)
जनताको अभिमत ताजा अनुहारतिरशर्ीष्ा र प्रभावशालीहरु चकनाचुर (04.21.2008)
पहिलो उपहार मूल्यवृद्धि (04.21.2008)
जनताले माओवादी रोज्नुको कारण (04.21.2008)
पर्यवेक्षकहरुको पैसा रोकियो (04.21.2008)
चीन-भारत सम्बन्धमा शीत लहर (04.07.2008)



 
  ::| Events
November 2008  
Su Mo Tu We Th Fr Sa
            1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30            
 
::| Hot News
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार
उच्च राजनीतिक समझदारीको अभावराजनीतिक स्थिरता र शान्ति प्रक्रिया अझै जोखिमपर्ूण्ा
राजमोको नेपाल बन्द ः संघीयताबारे विवादराजनीतिक प्रणालीबारे मतविभाजन प्रारम्भ
प्रधानमन्त्री विदेश भ्रमणमा व्यस्त घरेलु मुद्दाहरु चर्किन थाले
प्रधानमन्त्रीको भारत भ्रमण ः समानताका नयाँ आधार खडा गर्नुपर्ने
भारतसंगको सम्बन्धमा क्रमभंगताको अपेक्षाप्रधानमन्त्री प्रचण्डको अग्निपरीक्ष
मुलुकलाई बाहृय हस्तक्षेपबाट मुक्त गराउने चुनौतिपर्ूण्ा अवसरपर्ूण्ातासंगै सर
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ

© Neeraz.Com 2007
[Top Page]