काठमाडौं । नया" शैक्षिकसत्र सुरु भएको एक महिना वित्न लाग्दा पनि मुलुकको ६० लाख विद्यार्थीको हातमा सम्पर्ूण्ा पाठ्यपुस्तक पुग्न सकेको छैन । सरकारी पाठ्यपुस्तकको अभाव भैरह"दा निजी विद्यालयहरुमा भारतीय पाठ्यपुस्तकको भरपुर उपयोग भैरहेको छ । नेपाली बालबालिकाहरुले अहिले पनि 'राष्ट्रपिता महात्मा गान्धी', 'मनमोहन सिंह हाम्रा प्रधानमन्त्री', 'राजीव गान्धी भूतपर्ूव प्रधानमन्त्री' जस्ता विषयहरु पढिरहेका छन् भने चन्द्रर्सर्ूय अंकित झण्डाको साटो तिरंगालाई राष्ट्रिय भण्डा भन्दै अध्ययन गरिरहेका छन् ।
निजी विद्यालयहरुले स्तरीय शिक्षा दिने नाममा गरिरहेको यो लापर्वाहीले भोलि मुलुकको भविष्य कस्तो होला र बालबालिकाको कस्तो मानसिक विकास होला - भन्ने प्रश्नको सहज उत्तर छैन । नेपालमा प्राथमिक तहको शिक्षणका लागि भारतीय पाठ्यपुस्तक प्रयोग गर्नुपर्ने अवस्था किन आयो - यसको उत्तर सहज नभए पनि आफूलाई पृथक देखाउने लोभले राष्ट्रियता र राष्ट्रिय स्वाभिमानमाथि नै गम्भीर आघात पुर्याउने शिक्षण सामग्रीको उपयोग भैरहेको छ । नेपाली प्रकाशकहरुले नै गुणस्तरीय पाठ्यपुस्तक तयार गरिरहेको भए पनि यस विषयमा न त विद्यालय संचालकहरुले ध्यान दिएका छन् न त सरकारले नै । मुलुकको राष्ट्रियता र र्सार्वभौमिकतामाथि शैक्षिक जगतबाट यसरी धावा बोलिरह"दा सरकारी निकाय चुपचाप बस्नुलाई 'दालमा केही कालो छ' भन्नुपर्ने अवस्था आएको छ ।
एकातिर निजी विद्यालयहरुको अवस्था यस्तो छ भने सरकारी विद्यालयहरुको हालत पनि उस्तै छ । उसै त बुहारी भट्मास खाएकी भनेजस्तै संविधानसभा निर्वाचनको मतपत्र छपाई गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले सोही कारण बताएर यसपटक पाठ्यपुस्तक छपाईमा ढिलाइ भएको बताएको छ । विगतमा पनि विद्यालय संचालन भएको चार महिना वितिसक्दा पनि जिल्लाहरुमा पुस्तक पुग्न सकेका थिएनन् । पाठ्यपुस्तक छपाई गर्ने केन्द्र र विक्री वितरणको जिम्मा लिएको साझा प्रकाशनको गैरजिम्मेवार शैलीकै कारण हरेक वर्षमुलुकमा पाठ्यपुस्तकको अभाव हुने गरेको छ ।
जनक शिक्षाले आवश्यक सवै पाठ्यपुस्तक समयमै छपाई गर्न नसक्ने वास्तविकता रहे पनि निजी क्षेत्रलाई यसको जिम्मेवारी दिने गरिएको छैन । केन्द्रले कसै गरी पनि नभ्याउने अवस्था रहे मात्र निजी छापाखानालाई पाठ्यपुस्तक छपाई गर्न दिने गरिएको छ । त्यस्तै विक्री वितरणका लागि पनि निजी क्षेत्रलाई संलग्न गराइएको छैन । पुस्तक छपाई गर्ने र विक्री वितरण गर्ने दुवै अर्धसरकारी निकायहरुले लाखौंलाख विद्यार्थीको भविष्यमाथि यसरी खेलवाड गरिरह"दा पनि सम्बन्धित निकाय मौन छन् । त्यसो त जति निजी छापाखानाहरुले पुस्तक छपाईको जिम्मेवारी पाएका छन् उनीहरुले पनि समयमै उपलबध गराउन सकेका छैनन् । निजीकरणको चर्का नारा उराल्ने र पाठ्यपुस्तक आफूहरुले पनि छपाई गर्न पाउनुपर्ने आवाज उठाइरहने निजी छापाखानाहरुले पाएको जिम्मेवारीलाई जनक शिक्षा सामग्री केन्द्रकै शैलीमा अनेक वहानामा ढिलाई गरिरहेको छ । निजी क्षेत्रले पनि व्यावसायिक इमान्दारीता र कामको महत्वलाई बुझ्न सकेको पाइएको छैन । पाठ्यपुस्तकमा ढिलाई हुनु भनेको लाखौं लाख बालबालिकाको भविष्यमाथि खेलवाड गर्नु हो भन्ने बुझ्ने गरिएको छैन ।
पाठ्यपुस्तकको अभाव दर्ुगम ग्रामीण क्षेत्रमा मात्र होइन राजधानी तथा ठूला शहरका निजी विद्यालयहरुमा पनि पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका पुस्तकहरु उपलब्ध हुन सकेका छैनन् । विद्यालय संचालन भएको एक महिना वित्न लाग्दा पनि पाठ्यपुस्तकको व्यवस्था नहुनु अशिक्षा हटाउने सरकारी घोषणालाई नै व्यंग्य गरिरहेको छ ।
विद्यालय शिक्षाको यस्तो अवस्था भैरह"दा विद्यार्थी संगठन, शिक्षक संगठनहरु भने मौन छन् । आफ्ना स्वार्थका लागि विद्यार्थीलाई आन्दोलनमा उतार्नेहरुले अहिले नेपाली राष्ट्रियतामाथि नै गम्भीर आघात पर्ने गरी भारतीय पाठ्यपुस्तकको भरमार उपयोग भैरहदा उनीहरु मौन रहनुलाई शिक्षाविद्हरु अचम्मित मानेर हेरिरहेका छन् । उता विद्यालयका पाठ्यपुस्तक समयमै उपलब्ध गराउने सम्बन्धमा पनि शिक्षक र विद्यार्थी संगठनहरुले केही बोलेका छैनन् ।