|
सरकारको आर्श्चर्यजनक मौनता हत्याको विरुद्ध जनता सडकमा
Monday, 05.19.2008, 05:59pm (GMT+5.5)
काठमाडौं । राजधानीको कोटेश्वर क्षेत्र विगत चार दिनदेखि तनावग्रस्त छ । कोटेश्वर निवासी होटेल व्यवसायी रामहरि श्रेष्ठलाई नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी चितवनको शक्तिखोरमा रहेको माओवादी सैन्य शिविरमा पुर्याएर हत्या गरेको घटना उजागर भएपछि सो हत्याको विरोधमा राजधानीका हजारौं जनता सडकमा उत्रिएका छन् । नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले माओवादी कार्यकर्ताबाट निर्दोष श्रेष्ठको हत्या भएको स्वीकार गर्दै प्रेस वक्तव्य जारी गरी हत्यारामाथि कार्यवाही गरिने आश्वासन दिएर यसलाई राजनीतिकरण नगर्न आग्रह गरे पनि पचासौं संघसंस्थाहरुको पहलमा सो हत्याविरुद्ध जुलुश पर््रदर्शनहरु भैरहेका छन् । रामहरि श्रेष्ठको हत्या प्रकरणले माओवादी सैन्य शिविर मानववधशालामा परिणत भएको छ भन्दै न्यायिक छानविनको माग बढ्दै गएको भए पनि सरकारले भने आर्श्चर्यजनक मौनता पर््रदर्शन गरेको छ ।
सबैलाई चाहियो २६ भित्र अंश
काठमाडौं । सरकारले मनोनित गर्ने २६ जना सभासद्का लागि विभिन्न पेशा, वर्ग, समूहले आ-आफ्नो पक्षबाट मनोनयन गर्न दबाब दिन थालेका छन् । जनआन्दोलन-२ का शहीद परिवारले आफ्ना तर्फाट पनि सभासद्मा मनोनयन गर्न आग्रह गरेका छन् भने महिला नेतृहरुले पनि ५० प्रतिशत स्थानमा महिलालाई नियुक्त गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । त्यसैगरी आदिवासी जनजाति महासंघले २६ जनामध्ये १६ जना आदिवासी जनजातिलाई मनोनित गर्न आग्रह गरेको छ । कुल २६ जना सभासद्मा को को मनोनयनमा पर्ने हो यसको टुंगो आजसम्म नलागेको भए पनि सरकार भने निर्वाचनमा पराजित भएका केही शर्ीष्ा नेताहरुलाई र बाँकी कुनै न कुनै राजनीतिक आस्थामा आवद्धहरुलाई सहमतिकै आधारमा मनोनित गर्ने सोचमा रहेको बुझिन्छ ।
|