Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:34am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
पूरा भो खनालको सपना
Monday, 05.19.2008, 06:00pm (GMT+5.5)

काठमाडौं । संविधानसभा निर्वाचनमा नराम्रो पराजय भोगेको नेकपा एमालेको महासचिवमा झलनाथ खनाल नियुक्त हुनुभएको छ । तत्कालीन महासचिव माधवकुमार नेपालले निर्वाचनमा पार्टर्ीीे पराजयलाई आफ्नो नैतिक जिम्मेवारीको रुपमा लिंदै पदबाट राजीनामा दिएपछि खनालको बाटो खुलेको हो । पार्टर्ीीार्यकर्तामा वितृष्णा बढेको, पलायन हुने क्रम बढिरहेको र पार्टर्ीीे लोकप्रियता पनि क्रमशः ह्रास हुँदै गैरहेको अवस्थामा महासचिव बन्नुभएका खनालले पार्टर्ीीई पुरानै अवस्थामा फर्काउने दृढता व्यक्त गर्दै आफूलाई अग्निपरीक्षामा होम्नुभएको छ ।

विगत १४ वर्षेखि एमालेको नेतृत्व गर्नुभएका माधवकुमार नेपालको कार्यकालमा पार्टर्ीीपिध नभएको लोटा'मा परिणत भएको आरोप लागिरहेका बेला झलनाथ खनालको महासचिव पद निकै चुनौतीपर्ूण्ा बनेको छ । पार्टर्ीीत्र बौद्धिक बहस र तर्क गर्नसक्ने खली नेताका रुपमा परिचित खनालले आफू पार्टर्ीीई पुरानै अवस्थामा पुर्‍याउन प्रतिवद्धता व्यक्त गरे पनि उहाँका सामु गुटगत चुनौती, अकर्मण्यता र पलायनवादीताका असंख्या पहाडहरु खडा छन् । महासचिव नियुक्त भएलगत्तै खनालले अहिले एमालेले प्राप्त गरेको मतलाई आगामी निर्वाचनमा दोब्बर बनाउने सपना बाँडेर कार्यकर्तालाई थामथुम पार्ने जमर्को गर्नुभएको छ । संविधानसभा निर्वाचनमा नेकपा एमालेले २२ लाख मत प्राप्त गरेको थियो । नेताहरुको गुटपरस्तता, ढुलमुले नीति र समसामयिक राजनीतिको गलत विश्लेषणका कारण खुम्चिनुपरेको एमालेलाई खनालको नेतृत्वले कति ऊर्जा प्रदान गर्ने हो त्यो निकट भविष्यमै देखिने छ ।

२०३९ देखि २०४६ सालसम्म तत्कालीन नेकपा मालेको महासचिव रहनुभएका महासचिव खनाल बेलाबेलामा एमालेको महासचिव बन्ने आकांक्षा राखेर बारम्बार चलखेल गर्न पनि पछि पर्नुभएको थिएन तर संविधानसभाको निर्वाचनमा माधव नेपाल दुवै स्थानबाट पराजित भएपछि उहाँले १४ वर्षछि एकीकृत पार्टर्ीीे अल्पकालीन महासचिव बन्ने मौका पाउनुभयो र उहाँले लामो समयदेखि राख्नुभएको सपना पूरा भयो ।

यसैबीच नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ । नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा गत आइतबार बसेको पार्टर्ीीेन्द्रीय कमिटीको बैठकले सो निर्ण्र्ाागरेको हो । महाधिवेशन सम्बन्धी विस्तृत कार्ययोजना आगामी बैठकले गर्ने बताइएको छ । बैठकले पार्टर्ीी विभिन्न विभागमा नयाँ कार्यविभाजन गरेको छ ।

सोअनुसार विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टर्ीीकुल विभाग प्रमुखमा के.पी. शर्मा ओली, संगठन विभाग प्रमुखमा अमृतकुमार बोहरा, मध्यपश्चिमाञ्चल क्षेत्रीय समन्वय कमिटी संयोजकमा वामदेव गौतम, प्रचार विभाग प्रमुखमार् इश्वर पोखरेल, जलस्रोत विभाग प्रमुखमा प्रदीप नेपाल, सचिवालय सचिवमा युवराज ज्ञवाली, संसदीय विभाग प्रमुखमा विष्णु पौडेल, काठमाडौं उपत्यका समन्वय कमिटी इन्चार्जमा राजेन्द्र श्रेष्ठ र सामाजिक सेवा विभाग प्रमुखमा उर्मिला अर्याल रहनुभएको छ ।

बाँकी केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी हाल यथावत् राखिएको र आगामी एक महिनाभित्र बस्ने केन्द्रीय कमिटीको बैठकले आवश्यक हेरफेर गर्ने जनाइएको छ ।

त्यसैगरी नयाँ संविधानको प्रारुप तयार गर्नका निम्ति भरतमोहन अधिकारी, राज्यको पुनःसंरचनासम्बन्धी प्रस्ताव तयार गर्नका लागि वामदेव गौतम, सामाजिक-आर्थिक रुपान्तरणको प्रस्ताव सम्बन्धमा केशव बडाल र संविधानसभा निर्वाचनको समीक्षाका लागि अशोक र्राईको संयोजकत्वमा अलगअलग कार्यदल पनि गठन गरेको छ भने रवीन्द्र श्रेष्ठलाई केन्द्रीय कमिटीमा र उद्धव पोखरेललाई केन्द्रीय सल्लाहकार कमिटीमा मनोनयन गर्ने निर्ण्र्ाागरेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
सरकारको आर्श्चर्यजनक मौनताहत्याको विरुद्ध जनता सडकमा (05.19.2008)
सरकार गठनमा अझै विलम्ब ः राज्यविहीनताको स्थिति यथावत्निर्वाचनपछि पनि बाह्शक्तिको ना (05.12.2008)
राष्ट्रियता खतरामा ः साना कराइरहने, ठूला डराइरहने (05.12.2008)
शिक्षामा पनि राष्ट्रघात (05.12.2008)
बिहारको छिमेकी ः उस्तै शैली (05.12.2008)
डा. भट्टर्राईको सनसनी (05.12.2008)
बा"ध विरुद्ध जनता उठे (05.12.2008)
cGof]n / clgl (05.08.2008)
 Ps dw]; Ps k|b]z M ;d:ofsf] ufF7f] emg sl:;b} (05.08.2008)
;+j}wflgs hl6 (05.08.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]