काठमाडौं । नेपालको अहिलेको राजनीतिक परिदृश्य २००७ सालको अवस्थामा रहेको राजनीतिक नेताहरुले बताउन थालेका छन् । मुलुकको राष्ट्रियता खतरामा पर्दै गएकोमा नेपाली जनता, राजनीतिक चिन्तकहरुका साथै साना वाम दलहरुले चिन्ता र चासो व्यक्त गरिरहे पनि ठूला भनिने दलहरुको क्रियाकलाप र भूमिका निर्देशित मात्र भैरहँदा नेपालको अवस्था अहिले २००७ सालकै हाराहारीमा रहेको छ । कहिले के हुनर्ुपर्छ, कहिले के गर्नुपर्छ । कसलाई राष्ट्रपति बनाउने, कसलाई प्रधानमन्त्री बनाउने, को सभाध्यक्ष बन्ने जस्ता विषयहरुमा हप्तामा चारपटकसम्म परामर्श र निर्देशन दिने क्रम अहिले पनि जारी नै छ । २००७ सालमा राणाशासन विरुद्ध सशस्त्र संर्घष्ा सुरु भएपछि भारतले नेपालको राजनीतिमा जस्तो भूमिका निर्वाह गरेको थियो अहिले सोही भूमिकाको पुनरावृत्ति भैरहेको जानकारहरु बताउँछन् ।
राजधानीमा हालै आयोजित एक कार्यक्रममा वाम नेता चित्रबहादुर के.सी.ले २००७ सालदेखि नै दिल्लीलाई खुसी नबनाइ सत्ता हातपार्न सकिंदैन भन्ने चिन्तन ठूला दलहरुमा कायम रहेको आरोप लगाउनुभएको छ । जात र क्षेत्रका आधारमा संघीयताको विभाजन गर्दा मुलुक विकासपथमा लम्कनुको साटो अनिश्चितकालीन हत्या, हिंसा र गृहयुद्ध तथा विखण्डनमा परिणत हुने चिन्ता के.सी.को थियो । संघीय राज्यको कुरा नेपालको राष्ट्रियता कमजोर बनाउन र र्सार्वभौमसत्तामाथि आँच पुर्याउने दक्षिणतिरबाट आएको खेल भएको आरोप समेत नेता के.सी.को थियो । अर्का नेता सी.पी मैनालीले भानुभक्त र पृथ्वीनारायण शाहको शालिक भत्काउँदै आएको घटनाले देशभक्त नेपालीलाई सम्वेदनशील बनाएको बताउनुभयो । उहाँले नेपालमा विदेशीले चाहेजस्तो संविधान निर्माण गर्ने प्रयत्न भैरहेको खुसाला पनि गर्नुभयो । स्मरणीय के छ भने वामनेता मैनाली सात दलीय गठबन्धनमा सामेल हुनुहुन्छ । उहाँ राष्ट्रियताका सवालमा ठूला दलहरुले गरेको कतिपय निर्ण्र्ाामा असहमति जनाउँदै आउनुभएको छ ।
मुलुकको स्थायित्व, शान्ति र विकासका लागि गणतन्त्र आवश्यक भए पनि राजालाई विदेश पठाउने गल्ती नेपालले गर्न नहुने तर्क नेता मैनालीको थियो । उहाँले राजालाई एकपल्ट प्रथम राष्ट्रपति बनाएर वा भूतपर्ूव राष्ट्राध्यक्षको सम्मान दिन सकिने विकल्प प्रस्तुत गर्दै राजालाई जवर्जस्ती पलायन हुने अवस्था सिर्जना गरियो भने अर्को हिन्दु दलाई लामाको जन्म हुनसक्ने चेतावनी दिनुभयो ।
मुलुकको आवश्यकताभन्दा विदेशीको निर्देशनलाई शिरोधार्य गरेर सात दलीय गठबन्धन अगाडि बढेका कारण एकपछि अर्को समस्याको जन्म भैरहेको छ । नागरिकता वितरणमा भएको राष्ट्रघातको विरोध गर्नेहरुलाई 'मण्डले राष्ट्रवाद'को संज्ञा दिनेहरु अहिले त्यसमा गल्ती भएको भन्दै गोहीको आँसु झारिरहेका छन् ।