काठमाडौं । राजनीतिको पछिल्लो घटनाक्रमले मुलुक कुन दिशातिर जाँदैछ भन्ने अनुमान गर्न सहज छैन । संविधानसभा निर्वाचन सम्पन्न भैसकेपछि देखापरेका राजनीतिक चलखेलले यस्तै संकेत गरिरहेको छ । अहिले मुलुकको भविष्यलाई लिएर व्यापक चिन्ता व्यक्त भैरहे पनि जिम्मेवार शक्तिहरु मौन छन् । नेपालको राजनीतिमा भारतीय हस्तक्षेप खुलारुपमा देखापरेको छ । नेपाली जनताका लागिभन्दा भारतलाई जतिसक्दो चाँडो नयाँ सरकार गठन हुनुपरेको छ । भारतीय राजदूत राकेश सुदले आफ्नो ओहदाको प्रमाणपत्र नै पेश नगरी राजनीतिक भेटघाटलाई तीब्रता दिएका थिए भने यो क्रम अहिले पनि जारी छ । नेपालका राजनीतिक नेताहरुले आफूलाई आत्मसाम्मानपर्ूवक उपस्थित गराउन नसकेकै कारण यस्तो दर्ुगति भोग्नुपरेको हो ।
मुलुकको भविष्य अब कस्तो होला - गणतन्त्र कार्यान्वयन गर्ने सवालदेखि लिएर भावी सरकार गठनसम्मका विषयहरुमा एकपछि अर्को खिचलो बाहिर आइरहेका छन् । स्वविवेकले केही गर्न नसक्ने र निर्देशित भूमिका निर्वाह गर्न मात्र उपयु क्त बनेका शर्ीष्ा नेताहरुको पछिल्लो क्रियाकलापले नै नेपाल विदेशी चलखेलको घनचक्करमा परिरहेको छ ।
नेपालको राष्ट्रियतामाथिको खेलवाड अहिलेको जस्तो इतिहासमै कहिल्यै भएको थिएन । नेपालको संक्रमणकालीन राजनीतिको फाइदा उठाएर विदेशीहरुले आफ्नो स्वार्थ र अभीष्ट पूरा गर्ने प्रयास निरन्तर गरिरहेका छन् । नेपालको जलस्रोतमाथि आँखा गाडेको भारत होस् वा चीनको र्सार्वभौमिकतामाथि आँखा गाडिरहेको अमेरिका होस्, नेपाललाई उपयोग गरेर आ-आफ्ना स्वार्थ सिद्ध गर्ने अभियानमा छन् । नेपालको शान्ति प्रक्रिया, नेपाली जनताको लोकतन्त्रप्रतिको चाहना र नेपालको समुन्नत भविष्यसंग उनीहरुलाई कुनै सरोकार छैन । राष्ट्रियताका सवालमा यहाँका नेताहरु नै कमजोर सावित भैदिएपछि विदेशीले खेल्ने अवसर त पाउँछ नै । एकलाई उपयोग नगरी अर्कोलाई पर्छार्न नसकिने अहिलेको विश्वमा नेपाल जस्तो गरिब, अल्पशिक्षित र अभावग्रस्त मुलुकका जनतालाई स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको दुहाई दिएर उपयोग गर्न निकै सजिलो भैरहेको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम र यहाँ विदेशीको चलखेललाई विश्लेषकहरु राष्ट्रको भविष्य नै खतरामा परिरहेको औंल्याइरहेका छन् । विदेशीको यो चलखेल आफ्नो स्वार्थपर्ूर्तिकै लागि भैरहेको उनीहरुको ठहर छ । परराष्ट्रविद्हरु नेपालको राष्ट्रिय अखण्डतालाई उपयोग गरेर विदेशीहरुले जेजस्तो उपद्रो मच्चाइरहेका छन्, यो सहन सकिने विषय नभए पनि बोल्नैपर्नेहरु केही बोल्दैनन् भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । राष्ट्रवादी सोच राख्ने कतिपय राजनीतिक नेताहरु पछिल्लोपटक नेपालमा भैरहेको चीनविरोधी गतिविधिलाई पनि विदेशी स्वार्थपर्ूर्तिको षड्यन्त्र भएको बताइरहेका छन् । नेपालमा जसरी चीनविरोधी गतिविधिले प्रश्रय पाइरहेको छ र यसलाई जुनरुपमा उक्साउने काम भैरहेको छ यसले नेपाल-चीन सम्बन्धमै दरार पैदा गर्नसक्ने खतरा उनीहरुले औंल्याइरहेका छन् । इतिहासमै पहिलोपटक उत्तरी छिमेकी मुलुक चीनले आफ्नो आक्रोश व्यक्त गरेको छ । तिब्बती शरणार्थीहरुको चीनविरोधी पर््रदर्शनलाई लिएर चीनले यस्तो आक्रोश पोखेको हो । मानवअधिकार र प्रजातन्त्रको दुहाई दिएर अर्को मुलुकको राष्ट्रिय अखण्डतामाथि धावा बोल्दा र्समर्थन गर्ने मानवअधिकारवादी संस्था र केही नेपाली मानवअधिकरावादीहरुलाई चीनले आक्रोशपर्ूण्ा तवरमा त्यस्तो कार्य नगर्न चेतावनी दिएको छ । नेपालले पालना गर्दैआएको विदेशीनीतिका विरुद्ध विदेशीले त बोले बोले नेपालीले समेत बोल्न थालेका छन् । मानवअधिकारको डलरे घोकाइलाई बारम्बार सुगालेझैं रटिरहने मानवअधिकारवादीहरु नेपालीले पाएको दुःखमा कुनै चिन्ता गर्दैनन् । त्यस्तै अन्तर्रर्ााट्रय मानवअधिकारवादीहरुलाई पनि नेपाली जनताको घरमा चुलो बल्न छाडेकोमा कुनै चिन्ता छैन, विद्यालयका शिक्षक राजनीतिक दलका कार्यकर्ताबाट पिटिंदा त्यहाँ मानवअधिकार उल्लंघन भयो भनेर चुइक्कसम्म गर्न सक्दैनन् । तर शरणार्थी जीवन बिताइरहेकाहरुले शरण दिने मुलुकको कायदा कानुन र उसको विदेशनीतिलाई लत्याएर पर््रदर्शनमा उत्रँदा त्यसलाई र्समर्थन गर्नु नेपालभूमिको उपयोग गरेर आफ्नो स्वार्थसिद्ध गर्ने प्रपञ्च मात्र हो ।
एक चीनको नीतिलाई आत्मसात गरेर पञ्चशीलताको आधारमा परराष्ट्र नीति अख्तियार गरेको नेपालले चीनले बारम्बार अनुरोध गर्दा पनि तिब्बती शरणार्थीहरुको पर््रदर्शन रोक्न सकेको छैन । चिनीया राजदूतले मुखै खोलेर शरणार्थीहरुको पर््रदर्शनलाई गम्भीर षड्यन्त्रको भैरहेको आरोप लगाए । राजदूतले शरणार्थीलाई नेपाल सरकारले बिहान पक्राउ गर्छ र बेलुका छोड्न । अनि उनीहरु राति विभिन्न अन्तर्रर्ााट्रय नियोगमा गएर पैसा बुझ्ने गरेका छन् । चीनविरुद्ध भैरहेको पर््रदर्शनमा नेपाल सरकारले नाटक गरिरहेको गम्भीर आरोप चीनको छ ।
मुलुकले संक्रमणबाट पार पाउनेभन्दा त्यो क्रम झन्झन् बढ्दो छ । विदेशीको क्रिडास्थल बनेकै कारण नेपाली जनताको चाहना बमोजिम कुनै काम हुन नसकेको हो । यसरी नै विदेशी चलखेलको घनचक्करमा नेपाल परिरहने हो भने यो मुलुकको भविष्य कतातिर डोरिने हो अहिले यसै भन्न सकिने अवस्था छैन ।