| Yugasambad.Com.Np | ||||
|
गणतन्त्र घोषणाका लागि निषेधाज्ञा Monday, 05.26.2008, 07:04pm (GMT5.5) काठमाडौं । सरकारले गणतन्त्र घोषणा गर्ने दिन शान्ति सुरक्षा कायम राख्ने भन्दै हिजो सोमबारदेखि महत्वपर्ूण्ा स्थानमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएका क्षेत्रहरुमा वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्र, नयाँ बानेश्वरको पश्चिम, पर्ूव र उत्तर तथा दक्षिण दिशातर्फा मूल सडक, बरफवागस्थित हनुमानस्थानदेखि पर्ूव अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रको पश्चिम ढोकातर्फजाने टङ्कप्रसाद आचार्य मार्ग, थीरबम मल्ल मार्गबाट प्रधानमन्त्री निवास, बालुवाटारतर्फजाने पश्चिमतर्फो पण्डोल मार्ग, माइतीघर मण्डलदेखि उत्तर राष्ट्रिय अभिलेखालयदेखि पर्ूव सिंहदरबार दक्षिण ढोका हुँदै बरफवागस्थित हनुमानस्थान र सोदेखि उत्तर-पश्चिम अनामनगरहुँदै रामशाहपथ पद्मोदय माविको मोडदेखि दक्षिण सिंहदरबार हुँदै राष्ट्रिय अभिलेखालयसम्म र भद्रकालीदेखि सिंहदरबारसम्मका सम्पर्ूण्ा सडक क्षेत्रमा कुनै पनि किसिमको जुलुस, आमसभा, धर्नालगायतका पर््रदर्शन कार्यक्रम सञ्चालन गर्न पर्ूण्ातः निषेध छ । त्यस्तै, नारायणहिटी राजदरबारको दक्षिण पर्ूवस्थित नागपोखरीदेखि पश्चिम जय नेपाल चित्रघर अगाडिको मूल सडकबाट पश्चिम हुँदै दक्षिण मूल ढोका, केशरमहल, पश्चिम ढोका हुँदै नेपाल स्काउटको केन्द्रीय कार्यालय पर्ूवको सडक क्षेत्र र सो दरबारको उत्तर पर्ूव दिशाको परिक्रमा सडक क्षेत्रभर तथा तीनधारा पाठशालादेखि दरबारको दक्षिण मूलढोकासम्म, त्रिवि शिक्षण अस्पतालदेखि महाराजगन्ज चक्रपथ नारायणगोपाल चोकसम्म जाने सडक, महाराजगन्जस्थित निर्मल निवासको दायाँबाट पर्ूव जाने सडक र जीवन कुञ्जको बायाँबाट पर्ूव जाने सडक, बालुवाटारस्थित चिनियाँ दूतावास जाने भाटभटेनी चोकको उत्तर दिशातर्फो ढुंगेधारादेखि नेसनल कलेज बालुवाटारसम्म कुनै किसिमको जुलुस, आमसभा, धर्नालगायतका पर््रदर्शन कार्यक्रम सञ्चालन गर्न पर्ूण्ातः निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी यो निषेध आज्ञा जारी गरेको हो । तोकिएका स्थानमा कुनै पनि किसिमको जुलुस, आमसभा, विरोध, धर्ना र दवाव पर््रदर्शन गर्न एवं खुल्ला, ठेलागाडा, चियाखाजा र तरकारी पसल सञ्चालन गर्न तथा सवारी साधन पार्किङ गर्नसमेत निषेध गरिएको छ । यो आदेश अर्को आदेश नहुन्जेल लागु हुने बताइएको छ । जारी आदेशको बर्खिलाप हुने गरी तोकिएका निषेधित क्षेत्रभित्र कोही कसैले निषेध गरिएका क्रियाकलाप गरेगराएको पाइएमा त्यस्ता व्यक्ति वा समूहउपर प्रचलित कानुनबमोजिम कारवाही गरिने जनाइएको छ । २६ सभासद्मा भागवण्डा काठमाडौं । सरकारबाट मनोनित गरिने संविधानसभाका २६ सभासद् पनि पार्टर्ीी भागवण्डामा पर्ने भएका छन् । कुनै पनि दलसंग आवद्ध नभएका साझा विज्ञ व्यक्तित्वदेखि लिएर प्रत्यक्ष र समानुपातिक दुवैबाट प्रतिनिधित्व नगरेका जनजातिका प्रतिनिधिहरु छनोट हुने अपेक्षा गरिएकोमा २६ स्थानलाई नौ दलको कोटामा विभाजन गरी मनोनित गर्ने सहमतिमा दलहरु पुगेका छन् । भागवण्डामा नेकपा माओवादीले ९, नेकपा एमाले र नेपाली कांग्रेसले ५।५, मधेसी जनअधिकार फोरमले २, नेकपा माले, जनमोर्चा, राप्रपा, सद्भावना, तमलोलाले १।१ स्थान पाउने भएका छन् । माओवादी, कांग्रेस र एमालेले आ-आफ्नो कोटामा जनजातिको समेत प्रतिनिधित्व गराउने सहमति गरेका भए पनि जनजाति महासंघले मागेजति संख्याको सिट भने नपाउने भएको छ । मुलुकमा संविधानविद् र विविध क्षेत्रका विशेषज्ञका रुपमा साझा व्यक्तित्व छनोट गर्न दलहरु असहमत भै भागवण्डा गरेकोमा नागरिक समाजका अगुवाहरु भने विलखवन्द हुनपुगेका छन् । |
||||