Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:47pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
युगान्तकारी परिवर्तनको संघारमा पनि सत्ताकै खेल
Monday, 05.26.2008, 07:10pm (GMT+5.5)

काठमाडौं । संविधानसभाको तीब्र प्रतिक्षित बैठक भोलि एघार बजे वीरेन्द्र अन्तर्रर्ााट्रय सम्मेलन केन्द्रमा बस्दैछ । युगान्तकारी परिवर्तनका लागि ऐतिहासिक निर्ण्र्ाागर्ने मानसिकतामा पुगेका प्रमुख राजनीतिक दलहरुबीच भने अझै पनि उच्च राजनीतिक समझदारीको विकास हुन सकेको छैन । विगत दर्ुइ वर्षताको राज्य संचालनको शैली र ठूला राजनीतिक दलहरुका आत्मकेन्द्रित क्रियाकलापको लेखाजोखा गर्दा राज्यको रुपान्तरण प्रक्रियाले सहज गति लिनसक्ने सम्भावना अत्यन्त न्यून छ । नेपाली जनताले चाहेको युगान्तकारी परिवर्तन भनेको अखण्ड नेपालको र्सार्वभौम स्वाभिमान निरन्तर उच्च रहोस् भन्ने नै हो । तर सत्ता हत्याउने पुरानै रोगले ग्रस्त ठूला दलहरु युगान्तकारी परिवर्तनको संघारमा आइपुग्दा पनि सत्ताकै खेलमा अल्भिmरहेका छन् र बाहृय शक्तिको खुला हस्तक्षेप निम्त्याएर आफ्नो शाख बचाउने भ्रममा डुबिरहेका छन् । संविधान संशोधन र सरकार गठनको सवालमा समेत खुला हस्तक्षेप र कूटनीतिक दवाव प्रवाहित भएको जगजाहेर भैरहेछ । मुलुकले यथार्थमा लोकतान्त्रिकरणको मात्रै मार्ग अवलम्बन गरेको छ कि भूटानीकरणको तह पारगर्दै सिक्किमीकरणको बाटो समेत समातिरहेको छ भन्ने सवालले देशभक्त नेपालीहरुको मन झस्किन-कुँडिन थालेको छ । नेपालमा नवनिर्वाचित संविधानसभाको बैठक प्रारम्भ नहुँदै भारतमा नेपालको नयाँ संविधान लेख्ने काम सुरु भैसकेको सन्देश निर्वाचित सभासद्बाटै समेत प्रवाहित भैसकेको छ । नेपाली जनताले कसैको पनि एकाधिकार नचाहेर लोकतान्त्रिक आन्दोलनमा उर्त्र्सगपर्ूण्ा भूमिका खेलेका हुन् भने भविष्यमा पनि कसैको एकाधिकार वा आधिपत्य नेपाली जनतालाई स्वीकार्य हुनेछैन । संविधानसभाको निर्वाचन परिणाम र्सार्वजनिक हुनासाथ सत्ता हस्तान्तरण प्रक्रियामा जुन सहजता आउनुपर्ने थियो त्यो नआएकै कारण बाहृयशक्तिको अनपेक्षित चलखेल, आदेश र उपदेश चलिरहेको हो । प्रमुख दलका नेताहरुले नेपाली जनताको आत्मसम्मानमाथि प्रहार गर्ने यस्ता गतिविधिहरुलाई सहज रुपमा स्वीकार गर्दैआएर ताजा जनादेशको खिल्ली उडाइरहेका छन् । परविवेकमा चल्ने राजनीतिक कठपुतलीले मुलुकलाई नयाँ दिशामा हाँक्न नसक्ने निश्चित नै भएकाले मुलुकको भविष्यप्रति चिन्ताजन्य चासो झनै बढ्न गएको छ ।

विश्लेषकहरु भन्दछन्- संविधानसभाको निर्वाचनसम्म आइपुग्दा नेपाली जनताले धेरै मूल्य चुकाएका छन् । विधिविहीनता, विवेकहीनता र बुद्धिहीनताले ग्रस्त सत्तामुखी राजनीतिक नेतृत्वले समयसापेक्ष गति दिन नसक्दा मुलुक निरन्तर अन्योल, अनिश्चितता र अस्थिरताको फन्दामा फस्दै आएको छ र त्यसको मर्मान्त पीडा नेपाली जनताले भोगिरहेका छन् । निर्वाचनमा नेपाली जनताले कस्तो अभिमत दिए भन्ने ख्याल पनि नेताहरुले गर्न सकेको देखिएन । मुलुकलाई बाहृयरुचि र चासोको खेलमैदानमा परिणत गर्ने खालका गतिविधिहरु उत्कर्षा पुग्दा पनि संवेदनशील नहुने मात्र होइन उल्टै आफूलाई गोटीका रुपमा प्रस्तुत गर्ने प्रत्युत्पादक अभ्यास राजनीतिक नेतृत्वपंक्तिबाट नै हुनेगरेको छ । नेपाली जनताको अभिमतलाई औपचारिकता निर्वाहको आधार मात्र बनाउने र अरुकै गुप्त एजेण्डाहरुका निम्ति उपयोग हुन सदा तत्पर रहने प्रवृत्तिले नै मुलुकलाई अन्ततः ठूलो क्षति पुर्‍याउन सक्छ भन्ने चिन्ता जागृत भैसकेको छ । नेपालको आन्तरिक राजनीतिमा दक्षिणी हावाको प्रवेश र प्रभावले अहिले पनि भुटानभन्दा तलको हैसियततिर धकेलिरहेको विश्लेषण गर्नेहरु सिक्किमीकरणको भयले स्वतः चिन्तित हुनपुगेका छन् । मुलुकलाई त्यस्तो गलत बाटोमा जानबाट रोक्नसक्ने गरी जनतालाई आश्वस्त पार्न प्रमुख दलका नेताहरु पटक्कै अग्रसर देखिएका छैनन् । नेपालका आन्तरिक शक्तिहरुलाई नराम्रोसंग जुधाएर उपदेशात्मक र निर्देशनात्मक भूमिका खेल्दै यो मुलुकलाई क्षतविक्षत पार्ने खेल लामो समयदेखि चलिरहेको आभास धेरै नेपालीलाई छ । तर पनि यो देशका राजनीतिक शक्तिकेन्द्रहरुले दूरदृष्टि राख्न र आपसी सद्भावपर्ूण्ा सहयोगको धारणा बनाउन नसक्दा प्रत्युत्पादक परिणामहरु भोग्दै जानुपरेको छ । संविधानसभाको निर्वाचन परिणामले दिएको सन्देशलाई उपेक्षा र तिरस्कार गरेर बाहृयशक्तिको रणनीतिक उपयोगमा उत्रने प्रवृत्तिले सत्ता हस्तान्तरण प्रक्रिया मात्र अवरुद्ध भएको नभै मुलुकको भावी राजनीतिक दिशा र दशाबारे पनि सन्देहपर्ूण्ा स्थितिको संकेत गरिरहेको छ । भोलि सुरु हुने संविधानसभाको बैठकले मुलुकको यो कटुयथार्थ स्थिति र नियत्रि्रति कति चासो राख्छ - त्यो ठूलो जिज्ञासाको विषय बन्नपुगेको छ ।

विश्लेषकहरु भन्दछन्- देशको संवेदनशील भूराजनीतिक स्थितिले राष्ट्रिय एकता र अखण्डता जोगाउन सहअस्तित्वको भावना राखेर सहकार्यको संस्कृति निर्माण गर्नु अपरिहार्य रहेको इङ्गति गरिरहेको छ । तर सत्ताप्रेरित राजनीतिले भने निषेध र प्रतिस्पर्धाको अभ्यासलाई प्रेरित गरिरहेको छ । राष्ट्रिय मुद्दामा राष्ट्रिय सहमति कायम गर्न नसक्ने समस्याले मुलुक र्सवाधिक ग्रसित छ । ताजा प्रसंगकै कुरा गर्ने हो भने संविधानसभाको बैठक बस्ने दिन आइपुग्दासम्म पनि पुराना सात दल र नयाँ निर्वाचित २५ दलबीच सरकार गठन र संविधानसभा संचालन प्रक्रिया एवं पर्ूव सहमति-सम्झौताहरुको कार्यान्वयनबारे रचनात्मक छलफल र स्वीकार्य निष्कर्षा पुग्ने अवस्था सिर्जित छैन । नेपाली कांग्रेस निर्वाचनमा हारेर पनि सत्तामोह त्याग्न सकिरहेको छैन । नेकपा एमाले पनि माओवादीसंग सहकार्य गर्न हच्किरहेको छ । निर्वाचनमा प्राप्त अग्रताले मात्रै माओवादीलाई सत्तामा पुग्न दिएको छैन । माओवादीको बाटो छेक्ने हक, हिम्मत र क्षमता नभएका नेपाली कांग्रेस लगायतका संसद्वादी दलहरु संविधान संशोधन गरेर माओवादीलाई लामो समय सत्तामा टिक्न नदिने उपायको सोचमा डुबेका छन् । बहुपक्षीय सत्ताको नेतृत्व अथवा एकल सत्ताका निम्ति आतुर नेकपा माओवादी अब तेस्रो विकल्पका रुपमा प्रतिपक्षमा समेत बस्न तयार भएको सन्देश दिएर जोखना हर्ेन थालेको छ । आइतवारको माओवादी, कांग्रेस, एमालेबीचको त्रिदलीय बैठक निष्कर्षवहीन भएपछि हिजो सोमवार सहमतिको एजेण्डा बोकेर बालुवाटार प्रवेश गरेको नेकपा माओवादीले र्सवस्वीकार्य सहज बाटो खोल्न भगीरथ प्रयास गरिरहेको छ । माओवादीले नेतृत्व गर्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेसले माओवादीसामु ७ बुँदे शर्त अघि सारेर निकासको बाटो असहज पारिरहेको छ । माओवादीमा युद्धकालीन आचरणमा परिवर्तन नआएको भन्दै यी शर्त पूरा नभसम्म आफू सरकारमा सहभागी नहुने अडानमा कांग्रेस कायमै छ । यसले पनि नयाँ सरकार गठन र संविधान निर्माण प्रक्रियाका लागि पनि बाहृयशक्तिकै फर्मुला उपयोग गर्नुपर्ने अवस्था सिर्जित हुन बेर छैन । दिल्लीको पहलमा १२ बुँदे सहमति भएपछि सुरु भएको राजनीतिक प्रक्रियालाई अन्तिम निष्कर्षा पुर्‍याउन पनि दिल्लीकै परामर्श आवश्यक रहेको सिद्ध गर्न दलका नेताहरु आफैं लागेका छन् भन्ने अहिलेको गतिविधिले देखाइरहेको छ । यस्तो स्थिति जति नै विडम्वनापर्ूण्ा भए पनि नियतिले त्यही नै देखाइरहेको छ ।

जानकार सूत्रहरु भन्दछन्- सवै विपक्षी शक्ति र विचारलाई पछारेर राजनीतिक मुद्दामा विजय हाँसिल गर्न सफल भएको नेकपा माओवादीलाई सजिलै सत्ता हाँक्न नदिने रणनीतिक खेलमा बाहिरी-भित्री अनेक शक्तिकेन्द्रहरु समानान्तर गतिमा लागिपरेका छन् । कूटनीतिक चलखेल पनि उत्तिकै उत्कर्षा छ । संविधानसभाको निर्वाचन परिणाम सोचेको र अनुमान गरेकोभन्दा भिन्न रुपमा आएपछि 'ड्यामेज कन्ट्रोल'का नयाँ रणनीतिक खेलहरु चलेका छन् । भारत र अमेरिकाको प्रत्यक्ष चासोभित्र पनि भिन्न भिन्न सोचले सहज निकासलाई अवरुद्ध पारेको अनुभूति बढ्दो छ । माओवादी लचिलो बन्दै जाँदा सार र स्वरुप नै बदलिने आशंका पनि माओवादी पंक्तिभित्रै घनीभूत हुनथालेको छ । दलहरुभित्रै असंगतिपर्ूण्ा क्रियाकलाप बढेकाले राजनीतिक गतिरोधको स्थिति यथावत् छ । यस्तो पृष्टभूमिमा छ सय एक सभासद् रहेको भीमकाय संविधानसभाको बैठक कतै राजनीतिक कुम्भमेला मात्र बन्ने त होइन भन्ने टिप्पणी पनि हुनथालेको छ । भोलिको दिन कस्तो हुने हो र नयाँ नेपालको खाका कसरी कोरिने हो भन्ने बारेमा आमनेपाली जनताको ध्यान स्वतः केन्द्रित हुनपुगेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
१९५० को सन्धि र गोर्खा भर्ती खारेजीका कुरानयाँ पंक्षीलाई चाराको लोभ देखाइँदैछ< (05.26.2008)
दिनदिनै फेरिंदो निर्देशन (05.26.2008)
संविधान संशोधनमा आनाकानीनिकासको बाटो कसरी खुल्ला (05.26.2008)
गणतन्त्र घोषणाका लागि निषेधाज्ञा (05.26.2008)
गतिरोध र अन्तरविरोधबाट राजनीतिक दिशा अन्योलमयसतहमा शून्यताबोध ः अन्तरप्रवाहमा चर्को (05.19.2008)
मुलुक विदेशी चलखेलको घनचक्करमा (05.19.2008)
सात सालकै पुनरावृत्ति (05.19.2008)
जलस्रोत नीतिबारे जनपरामर्शराष्ट्रघाती सम्झौता खारेज गर ! (05.19.2008)
पूरा भो खनालको सपना (05.19.2008)
सरकारको आर्श्चर्यजनक मौनताहत्याको विरुद्ध जनता सडकमा (05.19.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 
::| Hot News
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन

© Neeraz.Com 2007
[Top Page]