काठमाडौं । समाज जति खुला हुन्छ यससंगै विकृतिहरु पनि बढ्दै जाने गरेका छन् । अहिले राजधानी यौन व्यापारको उर्वर भूमि बन्दै गएको छ । राजधानीमा च्याउझैं उम्रिएका क्याबिन, डिस्को, डान्स लगायत शहरबाहिरका रिसोर्ट र कटेजहरु यौन व्यापारको सुरक्षित थलो बनेको छ । स्वदेशी मात्र होइन विदेशीहरु समेत काठमाडौंको यौन व्यवसायको गतिला ग्राहक बन्ने गरेका छन् । अप्रत्यक्ष रुपमा काठमाडौं 'सेक्स टुरिज्म'को आकर्ष थलो बन्नेक्रममा छ ।
समाजलाई अनुशासित, मर्यादित बनाउने जिम्मेवारी लिएकाहरु राजनीतिक रुपमा मात्र बढी केन्द्रित हुँदा समाज विकृत बन्दैगएको छ र राजधानीमा खुलेआम यौन व्यापार फस्टाइरहेको छ । त्यसो त विगतमा यौन व्यवसायमा संलग्नहरु अहिले आफ्नो पेशा बदल्ने अभियानमा पनि कम्मर कसेर लागेका छन् ।
अहिले विश्वमा 'सेक्स टुरिज्म' लोकप्रिय छ । विश्वका कतिपय मुलुकले यसैको माध्यमबाट मुलुकमा आर्थिक उन्नति गरेका छन् । नेपालमा पनि यसलाई प्राथमिकता दिनर्ुपर्छ भन्नेहरुको पनि अहिले कमी छैन । नेपालमा अहिलेसम्म यौन व्यवसायले कानुनी मान्यता नपाएका कारण यसले सामाजिक विकृति निम्त्याइरहेको छ । यति हुँदाहुँदै पनि लुकिछिपी र संगठिन रुपमा यौन व्यवसाय गर्नेहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ । राजधानी नजानिंदो किसिमले 'सेक्स टुरिज्म'को आकर्ष थलो बन्न पुगेको छ ।
राजधानीमा कति महिला यौन व्यवसायमा संलग्न छन् भन्ने यकिन तथ्यांक नभए पनि प्रत्येक वर्षझण्डै दर्ुइ हजारका दरले वृद्धि भैरहेको छ । केही महिना अघि कम्युनिटी एक्सन नेपाल -सिएसी) नामक संस्थाले र्सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षात्र उपत्यकामा यौन व्यवसायमा संलग्न रहेका थप एक हजार ८०० यौनकर्मी महिलाको पहिचान भएको थियो । अहिले राजधानीमा यौनकर्मी महिलाहरुको संख्या कति छ भन्न सकिने अवस्था छैन । यो व्यवसायमा खुलेर र गोप्यरुमा संलग्न हुनेको संख्या कहालिलाग्दो छ ।
यौनकर्मी महिलाहरुको संख्या हरेक वर्षबढ्दै गएको छ । त्यसो त हातमुख जोर्नकै लागि यौन पेशा अंगाल्नेहरु मात्र होइन आफ्नो सोख पूरा गर्न पनि यो व्यवसायमा संलग्न हुनेहरु पनि प्रशस्तै छन् । बाहृय संस्कृतिको बढ्दो प्रभाव र विलाशी जीवन विताउने लालचले समेत यौन व्यवसायमा संलग्न हुनेहरु पनि प्रशस्तै छन् । निकै सम्भ्रान्त जस्ता देखिने यी यौनकर्मीहरु आफ्ना ग्राहक विदेशी र उच्चपदस्थहरु रहने गरेको बताउँछन् । यिनीहरु राजधानीका ठूला होटलहरुमा दलालमार्फ ग्राहकको सर्म्पर्कमा गर्दछन् ।
राजधानीको शहरी क्षेत्र बाहिर रिसोर्टका नाममा खुलेको स-साना छाप्रे होटेलहरुको मुल धन्दा नै यौन व्यापार गराउने हो । बालाजुमाथि नागार्जुन क्षेत्रमा रहेका अधिकांश रिसोर्टहरुको धन्दा यस्तै छ । हुन त यो इलाका समाज सुधार गर्ने अभियानमा लागेको भनिएको वाईसीएलको हेडक्वाटर रहेको क्षेत्रभित्र पर्छ तैपनि यस विषयमा कुनै अभियान चलेको छैन । नागार्जुनदेखि मुड्खुसम्मका प्रायः सवै रिसोर्टहरुको काम यही हो । उनीहरु युवतीको माग गर्नेलाई उपलब्ध गराउनेदेखि लिएर बाहिरबाट लिएर आएकालाई कोठा समेत उपलब्ध गराउने गर्दछन् । उनीहरुलाई न प्रहरीको डर छ, न त वाईसीएलकै । "सवैसंग व्यवहार मिलाएका छौं" एक रिसोर्ट संचालक यसै भन्छन् ।
नागार्जुन मात्र होइन ललितपुरको जंगली क्षेत्र र भक्तपुर पार गरेपछि सुरु हुने साँगाका छाप्राहरुको प्रयोजन पनि यस्तै कार्यमा हुने गरेको छ । यो व्यवसाय नेपालीमा मात्र सीमित नभएर विदेशी पर्यटकहरुसम्म पनि पुगेको छ । विशेष गरी भारतीय पर्यटकहरुमा नेपालको 'सेक्स टुरिज्म' आकर्षाको केन्द्र बन्दै गएको छ । यो व्यवशास राजधानीमा मात्र सीमित नरहेर पर्यटकहरुका आकर्ष गन्तव्यहरुमा विस्तारित हुने क्रममा छ ।
कति रहले कति वाध्यताले
विगतकालमा यौन व्यवसाय अँगाल्नेहरुमध्ये अधिकांश महिला पारिवारिक भेदभावको शिकार भएका, आर्थिक अवस्था अत्यन्त कमजोर रहेका हुने गर्दथे भने अहिले स्कूल-कलेजका युवतीहरु पनि संलग्न हुने गरेका छन् । आफूलाई सम्भ्रान्त र आधुनिक देखाउँनकै लागि अन्जानमै यस्तो दलदलमा फस्नेहरुको संख्या पनि ठूलै छ । नागार्जुनदेखि साँगाहुँदै नगरकोटसम्मका सडक किनारमा रहेका रिसोर्टहरुमा देखिने दृश्यले नै यसलाई पुष्टि गर्दछ । कलिलो उमेरमा आफ्नो असीमित चाहना पूरा गर्न यौन पेशामा लाग्नेेहरुले पनि राजधानीको यौन व्यापारलाई टेवा दिइरहेका छन् । अर्कोतिर कर्पोरेट हाउसहरुमा पनि आफ्नो 'क्यारियर', 'प्रतिष्ठा' अनि 'पावर'का लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने आधुनिक युवतीहरु पनि नजानिंदो किसिमले यौनकर्मी बन्न पुगेका छन् ।