Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 05:38am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
शैक्षिक माफियाहरुको नांगो खेल
पाठ्यपुस्तक भारतमा छापिंदै ः राष्ट्रिय पूँजीले

Monday, 06.02.2008, 05:46pm (GMT+5.5)

काठमाडौं । सरकार जनताप्रति उत्तरदायी नरहेको पछिल्लो दृष्टान्त पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भनेर जेठ २८ गतेसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणा बनेको छ । विद्यालयका पाठ्यपुस्तक उपलब्ध नभए पनि गेसपेपर र गाइडहरु भने भरमार विक्री भैरहेका छन् । यसैबाट स्पष्ट हुन्छ- शैक्षिक माफियाहरुको कस्तो खेल चलिरहेको छ भनेर । उता जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जेठ २६ गतेसम्म सम्पर्ूण्ा पाठ्यपुस्तक छपाई गर्न नसकिने भन्दै पुस्तक छाप्न भारततिर कुदेको छ ।

मुलुकभित्रै स्तरीय छापाखाना हुँदाहुँदै भारतमा लगेर पाठ्यपुस्तक छपाउनुको स्पष्ट कारण भने जनक शिक्षा सामग्री केन्द्रले खुलाएको छैन । शिक्षा मन्त्रालयको स्वीकृतिमा भएको यो कार्यमा पनि माफियाहरुकै हात रहेको बताइन्छ । राष्ट्रिय पूँजी राष्ट्रभित्रै उपयोग गर्नुपर्ने नैतिक दायित्वलाई बिर्सर्ेेविदेशी पोस्न उद्यत हुनुलाई राष्ट्रघातकै कोटीमा राख्नुपर्ने विश्लेषकहरु बताउँछन् । अहिले नेपालमा झण्डै १५ अर्ब बराबरको लगानी छापाखाना व्यवसायमा भएको छ । उता सरकारी निकाय भने त्यसको वेवास्ता गर्दै विदेशमा पाठ्यपुस्तक छपाउन लागेको छ ।

अहिले राजधानीका ३२ वटा छापाखानाहरुले पाठ्यपुस्तक छपाई गर्ने अवसर पाएका छन् । राजधानीमा मात्र होइन देशका मुख्य शहरहरुमा स्तरीय छापाखानाहरु स्थापित भैसकेको अवस्थामा देशभित्रै पाठ्यपुस्तक छपाई नगरेर भारततिर जानुलाई अर्थपर्ूण्ा रुपमा लिइएको छ । राजधानीमा निजीक्षेत्रका ठूला छापाखानाहरु काम नपाएर बसिरहेको अवस्थामा सरकारी स्वीकृतिमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पाठ्यपुस्तक छाप्न भारततिर लाग्नुमा शैक्षिक माफियाहरुको ठूलो चलखेल रहेको जानकारसूत्र बताउँछ ।

राजनीतिक रुपमा क्रान्तिकारी फड्को मारेको देशका बालबालिका समयमा पाठ्यपुस्तक नपाएर विद्यालय जानबाट वञ्चित हुनुपरेको छ । सरकार कामचलाउ वा जे भए पनि उसले दैनिक प्रशासन र जनताका सरोकारलाई सम्बोधन गर्नैपर्छ । तर वर्तमान सरकार यी सव नैतिक दायित्व र जिम्मेवारीबाट पन्छिएर एकोहोरो राजनीतिक रटानमा छ । अहिले पनि सरकार गठनमै सवैको ध्यान केन्द्रित भएको छ । तर मुलुकको यत्रो समस्या समाधान गर्नेतर्फकसैले चासो लिएका छैनन् । यसले मुलुकमा अराजकता मात्र निम्तिरहेको छ । सरकार आफैं अराजकताको बीउ रोप्न उद्यत देखिन्छ ।

अराजकता र सरकारी निरीहता तथा गैरजिम्मेवारीपनलेे हद नाघिसकेको छ । पाठ्यपुस्तक दिन नसकेपछि विद्यालय बन्द गरियो । पेट्रोलियम पदार्थमा घाटा लाग्यो भनेर आपर्ूर्तिमा कतौटी गरिएको छ । अब खाद्यान्नमा मूल्यवद्धि भयो भनेर जनतालाई कम खाना खाउ वा एक छाकमात्र खानु भन्ने उर्दी जारी हुन बेर छैन । राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्नबाट चुकेको वा पन्छिएको योभन्दा नाजुक र हास्यास्पद व्यवहार अरु के हुन सक्छ - जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक समयमै छपाई गर्न ढिलाई गर्‍यो भनेर विद्यालयहरु बन्द गराउने कि निजी छापाखानाहरुलाई समयमै पाठ्यपुस्तक छाप्न दिएर सहज वातावरण बनाउने - किन निजी छापाखानाहरुलाई पाठ्यपुस्तक समयमै छपाई गर्न दिइएन - अनि जति छापाखानाले पाठ्यपुस्तक छाप्ने अवसर पाएका छन् उनीहरुले पनि समयमै उपलब्ध गराउन किन सकेनन् - यसमा क-कसको के कति स्वार्थ छ - यसको पनि खोजी हुनुपर्ने बेला भैसकेको छ ।

हरेक वर्षविद्यालयस्तरको शैक्षिकसत्र सुरु भएपछि शैक्षिक माफियाहरुको चलखेल सुरु हुन्छ । उपलब्ध भएका पाठ्यपुस्तक लुकाएर राख्ने अनि त्यसको ठाउँमा गेसपेपर, गाइड उपलब्ध गराउने क्रम पनि अहिले बढेको छ । नयाँ पाठ्यपुस्तक चाहिं उपलब्ध नहुने तर सोही पाठ्यक्रम अनुसारका गेसपेपर र गाइड भने सहजै उपलब्ध हुने - यसमा क-कसको के कस्तो मिलेमतो छ - गम्भीर खोजीको विषय हो । सरकारले विद्यालय बन्द गराउँदा शिक्षकहरुले हाइसन्चो माने । उनीहरुलाई राजनीति गर्न समय प्रशस्त भयो । त्यस्तै विद्यार्थी संगठनहरुलाई पनि यसबीचमा गणतन्त्रको उत्सव मनाउँदैमा फर्ुसद छैन । उनीहरु विद्यार्थीहरुको पढ्न पाउने हक राज्यले खोस्दा पनि चुपचाप छन् । अखिल क्रान्तिकारीले यस विषयमा मुख खोलेको छ । उसले विद्यालय तुरुत्न संचालन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पाठ्यपुस्तकको अभावमा विद्यार्थीहरु निकै चिन्तामा छन् । यस वर्षप्रवेशिका परीक्षाको तयारीमा रहेकाहरु त झन् मारमा पर्ने नै भए । उनीहरु गेसपेपर र गाइडको भरमा आफ्नो अध्ययन अघि बढाइरहेका छन् । शैक्षिक गतिविधिको ठेक्का लिएको शिक्षा मन्त्रालय र गुणस्तर शिक्षा दिइरहेको दावी गर्ने निजी विद्यालयका संस्थाहरु प्याब्सन र एनप्याब्सनलाई यति सम्वेदनशील प्रश्नले घच्घच्याएको छैन । उनीहरु सरकारी विद्यालय बन्द भए वाध्यताले भए पनि हाम्रा विद्यालयमा विद्यार्थी संख्या बढ्छ भनेर दंग परेका छन् ।

सरकारले सन् २०१५ सम्ममा निरक्षता हटाउने दावी गरेको छ । त्यस्तै एक विद्यार्थी एक ल्यापटपको समेत सपना बाँडिरहेको छ । तर विडम्वना विद्यार्थीहरु अहिले पाठ्यपुस्तक नपाएर गोठालो जान वाध्य छन् । नयाँ नेपाल निर्माण गर्ने धरोहरहरु अहिले विद्यालय बन्द भएकोमा खुसी हुँदै यार्सर्ााम्बा टिप्न लेकतिर लागेका छन् ।

समस्या शिक्षामा मात्र होइन, आपर्ूर्ति व्यवस्थामा पनि उस्तै हालत छ । शैक्षिक समस्या हरेक वर्षो शैक्षिकसत्र सुरु भएपछि प्रथम चौमासीक परीक्षासम्म कायम रहन्छ भने विगत १८ महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भए पनि त्यसलाई सहज बनाउने सोच सरकारले राखेको छैन । विगतमा नराखिएको त्यस्तो सोच अब नयाँ सरकार बनाउने र आफ्नो प्रभुत्व कसरी कायम गर्ने भन्ने कसरतमा लागेकाहरुबाट तत्काल जनताले राहत पाउँछन् भन्ने आशा गर्नु बेकारको विषय हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
ग्य्राण्ड डिजाइन सफल भो ? (06.02.2008)
काठमाडौं 'सेक्स टुरिज्म'को सेन्टर ? (06.02.2008)
सिक्किमीकरणको चिन्ता ः क. प्रकाश (06.02.2008)
युगान्तकारी परिवर्तनको संघारमा पनि सत्ताकै खेल (05.26.2008)
१९५० को सन्धि र गोर्खा भर्ती खारेजीका कुरानयाँ पंक्षीलाई चाराको लोभ देखाइँदैछ< (05.26.2008)
दिनदिनै फेरिंदो निर्देशन (05.26.2008)
संविधान संशोधनमा आनाकानीनिकासको बाटो कसरी खुल्ला (05.26.2008)
गणतन्त्र घोषणाका लागि निषेधाज्ञा (05.26.2008)
गतिरोध र अन्तरविरोधबाट राजनीतिक दिशा अन्योलमयसतहमा शून्यताबोध ः अन्तरप्रवाहमा चर्को (05.19.2008)
मुलुक विदेशी चलखेलको घनचक्करमा (05.19.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]