Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:53pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
सडक आन्दोलनका नगराहरु फेरि बज्न थाले
संसद्वादी दलहरुभित्र ठूलो भुइँचालो

Monday, 06.02.2008, 05:47pm (GMT+5.5)

काठमाडौं । देश अहिले अनौठो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ । जेठ १५ गते अति विलम्बका साथ मध्यरातमा बसेको अपर्ूण्ा संविधानसभाको पहिलो बैठकले नेपाललाई राजतन्त्रविहीन संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको भए पनि सरकार गठनका लागि प्रमुख राजनीतिक दलहरुबीच अस्वाभाविक र अनर्थ प्रकृतिको खिचातानी उत्कर्षा पुगेको छ । संविधानसभाको निर्वाचनमा धेरथोर मत प्राप्त गरेका बलशाली दलहरु जनादेश अनुरुपका स्थानमा बसेर सहकार्यको संस्कृति निर्माण गर्न अग्रसर हुन नसक्नु र राजनीतिक कुण्ठा बोकेर अनेक खोचे थाप्न अगाडि र्सर्नुले सरकार गठन प्रक्रिया र राजनीतिक निकासको बाटो नै अवरुद्ध हुन पुगेको छ ।

निर्वाचन सम्पन्न भएको दर्ुइ महिना पुग्न लाग्दासम्म पनि सरकार गठन प्रक्रिया अगाडि नबढ्नुले अन्योल र अनिश्चितता मात्र बढाएको छ । संविधानसभा गठनको पर्ूण्ा प्रक्रिया समेत पूरा नगरी पहिलो बैठकदेखि नै राजनीतिक असंगति र विधिविहीनता बोध गराउने खालको गलत अभ्यास भएकाले राजनीतिक भावी दिशा र संविधान लेखनको स्वस्थ प्रक्रियाबारे नै शंका उठ्ने खालका अनपेक्षित गतिविधिहरु देखापरेका छन् । संविधानसभाको निर्वाचनमा नेकपा माओवादीले प्राप्त गरेको जनमत र अग्रतालाई नेपाली कांग्रेस र नेकपा एमालेले सहजरुपमा लिन नसकेकाले त्यसका दुष्परिणामहरु देखापर्दै गएका छन् । बाध्यात्मक परिस्थिति सिर्जना नभै सहज र स्वाभाविक रुपमा यथोचित र उपयुक्त निर्ण्र्ाागर्ने क्षमताको अभाव गठबन्धनकारी राजनीतिक दलहरुले हिजोको अन्तरिमकालमा जुनरुपमा देखाएका थिए आजको परिवर्तित स्थितिमा पनि त्यस्तै चरित्र देखाएर मुलुकलाई अन्योलग्रस्त अवस्थामा पारेका छन् । राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणामा एकमत भएका राजनीतिक दलहरु मुलुकलाई संवैधानिक प्रक्रियाले विधिसम्मत बाटोमा डोर्‍याउने कार्यमा एकजुट हुन सकिरहेका छैनन् । सत्तामोह र बाहृय निर्देशनको महाजालमा फँसेका दलहरुले एक आपसमा आरोप-प्रत्यारोपको बाढी ल्याएर सहज राजनीतिक निकासको बाटोमा अवरोध खडा गर्दै मुलुकलाई पुनः अराजकता र अनपेक्षित भीडन्तको दिशातिर त धकेल्ने काम गरिरहेका छैनन् भन्ने गम्भीर प्रश्न खडा भैसकेको छ । सडक आन्दोलनका नगराहरु फेरि बज्न थालेका छन् । संविधानसभाको निर्वाचन र गणतन्त्रको आगमनपछि मुलुकले स्थायी शान्ति र स्वस्थ राजनीतिक प्रक्रियाको विधिसम्मत बाटो अनुशरण गर्ने छ भनी जनताले राखेको ठूलो आशामाथि प्रारम्भिक चरणमा नै तुषारापात हुन थालेकाले अब के हुने हो भन्ने आशंका र चिन्ता बढ्न थालेको छ । मुलुकले युगान्तकारी परिवर्तनको दिशा अवलम्बन गरेको बेला असहज र अस्वाभाविक प्रकृतिका खेलहरु मडारिनु कसैले पनि शुभसंकेतका रुपमा लिएका छैनन् ।

नेपाली जनताले स्वतन्त्र ढंगले राज्य संचालन गर्ने अभिभारा ठूला राजनीतिक दलहरुलाई सुम्पिएका छन् । सुदूर भविष्यसम्म राष्ट्रिय एकता, अखण्डता र र्सार्वभौमिकता जोगिने गरी समायोजनकारी राजनीतिक पद्धति स्थापना गर्न जनताकै प्रतिनिधिहरुबाट नयाँ संविधान लेख्नुपर्ने जनादेश जनताले दिएका छन् । तर प्रमुख दलहरु भने आ-आफ्नो डम्फू बजाउनमै व्यस्त छन् । निर्वाचनमा पाएको अग्रताका आधारमा नेकपा माओवादीले नै भावी सरकारको नेतृत्व ग्रहण गर्नुपर्ने पक्षमा राष्ट्रिय-अन्तर्रर्ााट्रय समुदायको अभिमत प्रकट हुँदैआएको र माओवादी नेतृत्वको सरकारलाई सघाउन महावली राष्ट्रहरु समेत तयार भएको सन्देश प्रवाह भैरहे पनि अन्तरप्रवाहमा चलेका षड्यन्त्रपर्ूण्ा खेलहरुले आफ्नो बाटो छेकिरहेको आभास पाएर माओवादी नेताहरु क्रुद्ध हुनथालेका छन् । नेपालको भावी राजनीतिमा पनि दर्ुइवटा वैधानिक शक्तिकेन्द्र स्थापना गरेर एक आपसमा जुधाइरहने र सहमतिका लागि मध्यस्थताको भूमिकामा बसिरहने बाहृयशक्तिको रणनीतिक जालोमा परेर नै राजनीतिक गतिरोधको स्थितिले निरन्तरता पाएकोमा सायदै शंका गर्न सकिन्छ । नेकपा माओवादीले अंकुशे र अस्थिरतावादी प्रवृत्तिलाई स्वीकार गर्नुभन्दा बरु सत्ताबाहिर नै बसेर आन्दोलन गर्ने उद्घोष गरेर आफ्नो बाटो छेक्न खोज्ने दलहरुलाई ठूलो धर्मसंकटमा पारेको छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफ्नै दललाई चाहिने भनेर माओवादीले समानान्तर शक्तिकेन्द्र स्थापनाको षड्यन्त्र र उपादेयतामाथि ठूलो प्रश्न खडा गरेको छ । सैद्धान्तिक विचलनको बाटो अनुसरण गर्दै माओवादीको वैशाखीमा संविधानसभाको निर्वाचनसम्म आइपुगेका संसद्वादी दलहरुले माओवादीको बाटो छेक्ने जति नै आकांक्षा राखे पनि ती दलका नेताहरुको आत्मबल र अडान कति छ भन्ने पारख माओवादी नेताहरुले राम्रोसंग गरिसकेका छन् । माओवादीको जनगणतन्त्रवादी पछिल्लो हुँकारले संसदीय अभ्यासमा रतरहेका दलहरुभित्र अहिले ठूलो भुइँचालो ल्याएको छ र आरोप प्रत्यारोप मात्रै होइन आलाप-विलापको राग पनि सुरु भैसकेको छ । विगतमा नै र्समर्पण र विर्सजनको बाटो समातेका दलहरुका निम्ति माओवादीका सामु नतमस्तक हुनु र उसैको नेतृत्व स्वीकार गरी सहकार्य र सत्ता साझेदारी गर्नु बाहेक अर्को विकल्प नै छैन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति हुने मोह राख्दै माओवादीको एजेण्डा बोकेर यहाँसम्म आइपुगे पनि संविधानसभाको निर्वाचनमा उहाँको दलले भोगेको पराजयले नै उहाँको वैधानिक आधार समाप्त पारिसकेको छ । निर्वाचन परिणाम आउनासाथ नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा गर्ने हिम्मत उहाँले राख्नुभएको भए र अरु कसैको डिजाइन अनुरुप नै सत्ता नछोड्ने ढिपी नकस्नुभएको भए सहमतिपर्ूण्ा राजनीतिक निकासको बाटो सायद यति जटिलतम् मोडमा पुग्ने नै थिएन । माओवादीका निम्ति सायद अब गिरिजाप्रसाद कोइरालाको उपयोगिता सिद्धिइसकेको छ । माओवादीको रणकौशलताकै कारण दर्ुइ सय चालीस वर्षलामो शाहवंशीय राजतन्त्र त सहजै किनारा लाग्यो भने गिरिजाप्रसाद कोइरालाले नेकपा माओवादीको प्रचण्डवेग थेग्नसक्ने सम्भावना नै छैन । अब पनि माओवादीको सत्ताको बाटो छेक्नु भनेको मुलुकलाई अन्योल र अनिश्चितताकै बाटोमा धकेल्नु मात्र हो । नेपालमा अन्योल र अस्थिरता सिर्जना गर्ने ग्य्राण्ड डिजाइनको गोटी बन्दै आउनुभएका गिरिजाप्रसाद कोइरालाले अब पनि सत्तामोह राखेर अपसंस्कृतिको बाटो हिंड्नु प्रत्युत्पादक परिणामलाई निम्त्याउनु बाहेक केही होइन ।

आम नेपाली जनताले सत्ताको छिनाझपटी र बाँडफाँडमा प्रमुख राजनीतिक दलहरु यति नराम्रोसंग मुछिन थालेको प्रसंगलाई अति नराम्रो रुपमा लिनथालेका छन् । संविधानसभाको ऐतिहासिक पहिलो बैठकबाट समेत विधिविधानको मानमर्दन भएको प्रसंगले पनि सही सन्देश दिएको छैन । माओवादी, कांग्रेस र एमाले जस्ता जनाधार भएका दलहरुले तीन तीन हप्ताको म्याद पाउँदा पनि संविधानसभालाई पर्ूण्ाता दिने नैतिक जिम्मेवारी यथासमयमा पूरा गरेनन् । विधायिकाको समेत काम गर्ने अभिभारा बोकेको संविधानसभालाई गैरसंसदीय प्रक्रियाले संविधान संशोधनको काममा प्रवृत्त गराइयो । ठूला केही दलका नेताहरु मात्र बसेर बन्द कोठामा निर्ण्र्ाागर्ने र बन्द कोठाभित्रका निर्ण्र्ाााई विशालकाय संविधानसभामा प्रस्तुत गरी जननिर्वाचित सभासद्हरुलाई आदेशपालकहरुको तहमा झारेर उनीहरुबाट विनाछलफल अनुमोदन गराउने गलत अभ्यास पहिलो बैठकबाटै सुरु भयो । भोलिका बैठकहरु पनि यस्तै असंगत अभ्यासबाट गुज्रन थाले भने अन्यत्र कतै संविधान बन्ने, बन्द कोठामा बसेर त्यसलाई केही नेताहरुले सहमति जनाउने र अन्तिममा हृवीप जारी गरी संविधानसभाको बैठकमा लगेर त्यसलाई अनुमोदन गर्ने भयो भने पनि कुनै आर्श्चर्य हुने छैन । जनताको र्सार्वभौमिकतामाथि यहाँभन्दा ठूलो अर्को उपहास केही हुनेछैन । पन्ध्र वर्षलामो संसदीय अभ्यासभित्र जेजस्ता फोहरी खेलहरु खेलिएका थिए तिनको अभिलेख धेरै लामो छ । संसदीय अभ्यासभित्रका फोहरी खेल दोहोरिन नदिन माओवादी नेताहरुले बारम्बार हुँकार गर्दैआएका भए पनि संविधानसभालाई पर्ूण्ाता दिएर पहिलो बैठकलाई विवादरहित बनाउन माओवादीले समेत चासो नदेखाएको अनुभूत हुनु विडम्वनाकै कुरा हो । माओवादी, कांग्रेस र एमालेबीच दूरी बढ्दै जानु, सत्ताको छिनाझपटी भैरहनु, विविधविहीनताको नयाँ क्रम सुरु हुनु, यथासमयमा जननिर्वाचित प्रतिनिधित्वको सरकार गठन नहुनु र मुलुक अन्योलको भूमरीमा परिरहनु अपसगुन र अशुभ संकेत नै हो । संविधानसभाका लागि सभासद्भित्र प्रतिनिधित्व गर्ने पच्चीसवटै दलको सहमति जुटाउनु राष्ट्रिय एकताको पर््रवर्द्धनका लागि अपरिहार्य भए पनि तीन दल, सात दल र तेह्र दलका चरणगत बैठकहरु समेत निष्कर्षवहीन हुँदै आएकाले राजनीतिक जटिलता बढ्दै जाने र अनपेक्षित टकरावको स्थितिले सरकार गठनदेखि लिएर संवैधानिक प्रक्रियाको अनुशरणलाई नै नकारात्मक असर पार्ने अशुभ संकेत देखापरेको छ । राज्यमा अहिले वेथितिको जुन लहर चलेको छ त्यसलाई नियन्त्रण गर्ने रचनात्मक प्रयास अब पनि भएन भने मुलुक अराजकता र अनिश्चितताको ठूलो भासमा पर्न जाने चिन्ता जनमानसमा जागृत हुन थालेको छ । यस्तो अनपेक्षित परिस्थितिको सिर्जना नै ताजा जनमतको घोर उपेक्षा हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
शैक्षिक माफियाहरुको नांगो खेलपाठ्यपुस्तक भारतमा छापिंदै ः राष्ट्रिय पूँजीले (06.02.2008)
ग्य्राण्ड डिजाइन सफल भो ? (06.02.2008)
काठमाडौं 'सेक्स टुरिज्म'को सेन्टर ? (06.02.2008)
सिक्किमीकरणको चिन्ता ः क. प्रकाश (06.02.2008)
युगान्तकारी परिवर्तनको संघारमा पनि सत्ताकै खेल (05.26.2008)
१९५० को सन्धि र गोर्खा भर्ती खारेजीका कुरानयाँ पंक्षीलाई चाराको लोभ देखाइँदैछ< (05.26.2008)
दिनदिनै फेरिंदो निर्देशन (05.26.2008)
संविधान संशोधनमा आनाकानीनिकासको बाटो कसरी खुल्ला (05.26.2008)
गणतन्त्र घोषणाका लागि निषेधाज्ञा (05.26.2008)
गतिरोध र अन्तरविरोधबाट राजनीतिक दिशा अन्योलमयसतहमा शून्यताबोध ः अन्तरप्रवाहमा चर्को (05.19.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 
::| Hot News
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन

© Neeraz.Com 2007
[Top Page]