काठमाडौं । संविधानसभा निर्वाचन भएको मितिदेखि अहिलेसम्म तर्राईमा २६ जनाको हत्या भैसकेको छ । सशस्त्र आक्रमण हुने क्रम टुटेको छैन । तर्राईको सामान्य जनजीवन अहिले निकै त्रस्त छ ।
तर्राईलाई छुट्टै राज्य बनाउनेदेखि लिएर हिन्दु राज्य कायम हुनुपर्ने, राजतन्त्र कायम हुनुपर्ने लगायत अनेक माग राख्दै सशस्त्र गतिविधि चलाइरहेका विभिन्न नामका समूहहरुका कारण मोरङदेखि सप्तरीसम्मका जनता घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका छन् । त्यसो त सीमापारबाट आउने अपराधीहरुको घूसपैठका कारण पनि विभिन्न अपराधहरु भैरहेका छन् । अपहरण, लुटपाटका घटना अहिले सामान्य जस्तै बन्न थालेको छ । विभिन्न आपराधिक समूह र डाँकाहरुको आक्रमणमा पनि कुनै कमी आएको छैन । तर्राईमा शृङ्खलावद्ध हत्याकाण्ड मच्चिइरहेको भए पनि जिम्मेवार राजनीतिक दल र तिनका नेताहरु राजधानीमा सत्ताको भागण्डामै केन्द्रित छन् । राज्य कुन विधिबाट चलेको छ पत्तो छैन । अहिले दण्डहीनताले उग्ररुप लिन थालेको छ ।
तर्राईमा अहिले दर्ुइ दिनमा एकजनाको हत्या हुने गरेको छ । केही समय अघि तर्राईलाई छुट्टै राज्य बनाउनेभन्दै सशस्त्र संर्घष्ा थालेको समूहले त्यहाँ रहेका पहाडी मुलका मानिसहरुलाई प्रहारको निसाना बनाउने गरेको थियो भने अहिले हत्याको शिकार पहाडी मुलक मात्र होइनन् तर्राईबासी समेत भैरहेका छन् । तर्राईलाई छुट्टै राज्य बनाउनर्ुपर्छ भन्दै हतियार उठाएकाहरु त्यहाँ कार्यरत पहाडी मुलका कर्मचारी, शिक्षक तथा प्राविधिकहरुलाई आक्रमण गरिरहेकामा अहिले विभिन्न समूहहरुले व्यापारी, कर्मचारी, उद्योग-कलकारखानामा कार्यरतदेखि सामान्य किसानको समेत हत्या गर्ने गरेका छन् ।
तर्राईको शान्ति सुरक्षा अहिले पनि निकै कमजोर रहेको छ । राज्यको उपस्थिति त्यहाँ हुन सकेको छैन । अघिल्लो वर्षो माग महिनादेखि सुरु भएको तर्राईको अशान्त वातावरण संविधानसभा निर्वाचनपछि पनि सुध्रिन सकेको छैन । तर्राई क्षेत्रमा प्रभावकारी सुरक्षा संयन्त्रको व्यवस्था गरिएको छैन । त्यहाँको शान्ति सुरक्षा अत्यन्त कमजोर छ । सुरक्षाकर्मीको उपस्थिति भए पनि उनीहरुको परिचालन जनचाहना अनुकूल हुन सकेको छैन ।
तर्राईमा अहिले राज्यविहीनताको अवस्था छ । त्यहाँका जनता आफ्नो घरबाट निस्कन समेत नसक्ने परिस्थिति सिर्जना भैरहेको छ तर गृहप्रशासन मौन छ ।
रामराजा कि गिरिजा ?
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा कामचलाउ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रपति पद पाउने भए पार्टर्ीीमेत परित्याग गर्न पछिनपर्ने उद्घोषण भए पनि नेकपा माओवादीले भने सत्तालुब्ध, वृद्ध, जर्ीण्ा कोइरालालाई कुनै हालतमा पनि राष्ट्रपति स्वीकार नगर्ने भएको छ । माओवादीले राष्ट्रपतिमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह, साहना प्रधान, पद्मरत्न तुलाधर र डा. देवेन्द्रराज पाण्डेको नाम प्रस्तावित गर्ने भएको छ । माओवादीको रोजाइमा रामराजाप्रसाद सिंह परे पनि भारतको रोजाइमा भने गिरिजाप्रसाद कोइराला नै रहेको राजनीतिक सूत्रहरु बताउँछ ।