| Yugasambad.Com.Np | ||||
|
कता गए नागरिक अगुवाहरु ? Monday, 06.09.2008, 05:53pm (GMT5.5) काठमाडौं । लोकतान्त्रिक आन्दोलनमा नागरिक दवाव समूह भनेर आफूलाई नागरिक समाजका अगुवाका रुपमा स्थापित गरेका व्यक्तिहरुको खोजी अहिले हुन थालेको छ । नेकपा माओवादीले एकाएक नागरिक समाजका अगुवालाई राष्ट्रपति बनाउनुपर्ने माग राखेपछि पुनः चर्चामा रहेका नागरिक समाजका अगुवाहरुलाई राजनीतिक दलको स्वार्थपर्ूर्ति गर्ने सिंढी मात्र बनाउने प्रयास भैरहेको प्रतिक्रिया आउन थालेका छन् । त्यसो त नागरिक समाजका अगुवा भनेर चिनिने कतिपय व्यक्तिहरुले आफूहरु राष्ट्रपति नबन्ने घोषणा गरिसकेका छन् । मुलुकको राजनीतिक परिस्थिति जटिल बन्दै जान थालेपछि उनीहरुको खोजी जनस्तरबाटै हुन थालेको हो । आफ्ना राजनीतिक स्वार्थ अनुकुलको निर्ण्र्ाागराउन धर्ना र घेराउमा संलग्न हुने नागरिक अगुवाहरु राष्ट्रको अस्मितामाथि बाहृय हस्तक्षेपको नांगो नाच मञ्चन हुँदा उनीहरु के गरेर बसिरहेका होलान् भनेर जनमानसमा व्यापक चर्चा हुने गरेको छ । राष्ट्रियता, जनअधिकार र लोकतन्त्रको संस्थागत विकासका लागि नागरिक समाजले जुन भूमिका निर्वाह गर्नुपर्ने हो परिवर्तित सर्न्दर्भमा त्यसो हुन सकेको छैन । राजतन्त्रको विदाइ र गणतन्त्रको स्थापनाले मात्रै मुलुकमा शान्ति, स्थिरता र लोकतन्त्र स्थापना हुँदैन । नारा लगाउँदैमा नयाँ नेपाल पनि बन्दैन । अहिलेकै गतिविधिले नयाँ नेपाल बन्ने होइन भएको नेपाल पनि नरहने परिस्थिति सिर्जना भैरहेको छ तैपनि नागरिकका अगुवा भनिनेहरु मुखमा पट्टी बाँधेर मौनव्रतमा छन् । शर्ीष्ा दलहरु संविधान निर्माणको गहन जिम्मेवारी लिनुभन्दा सरकार गठन र विघटनको मुद्दामै केन्द्रित भैरहेका छन् । संविधानसभा निर्वाचनलाई राष्ट्रको भविष्य निर्माण गर्ने महान सुरुवात मान्नेहरु अहिले सरकार गठन नै एकमात्र लक्ष्य हो भन्दै त्यसैमा लिप्त रहेका छन् । जनताको जीवनस्तर अत्यन्त कष्टकर बन्दै गैरहेको छ । राहत उपलब्ध गराउनेतिर कसैको सोच छैन । केवल सत्ता लिप्सामै लटारिइरहेका छन् । दलहरुको यस्तो नौटंकीलाई देखेर पनि नदेखेजस्तो गर्ने 'स्वतन्त्रता र नागरिक अधिकारका लागि स्वघोषित अगुवा बनेका'हरुको उपस्थिति र भूमिका अहिले के हो र उनीहरु विगतमा कुन उद्देश्यका लागि सडकमा उठेका थिए - भन्ने प्रश्न जनस्तरबाट उठ्न थालेको छ । |
||||