काठमाडौं । नेपालको समेत हित हुने भनी नेपाल भारतबीच भएको गण्डक सम्झौताको पालना गर्न पटकपटक गरिएको आग्रहलाई भारत सरकारले बेवास्ता गरेपछि आक्रोशित बनेका गण्डक बांँधबाट प्रभावित किसानहरूले पानीको मुहान नै बन्द गरिदिएका छन् ।
नेपालको राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको भारतले नेपाल सरकार र राजनीतिक दलहरूले देश र जनताका पक्षमा कुरासमेत राख्न नसकिरहेको अवस्थामा आफूहरूले न्यायका लागि आवाज बुलन्द गर्न पानीको मुहान थुनेर आन्दोलन गर्नुपरेको संर्घष्ामा उत्रेका किसानहरूले बताएका छन् । किसानहरूले भारततर्फ जाने पानीको मुहान थुनेर नहरभित्रै अनसन बसेको तीन हप्ता नाघिसकेको छ ।
नेपाल भारतबीच सम्पन्न गण्डक सम्झौतामा भारतले नहरको नियमित मर्मतसम्भार गर्नुपर्ने प्रावधान रहे पनि विगत २३ वर्षता भारतले मर्मतसम्भारको कार्य नगरेकाले नहर भत्कन गई गाउँ डुबानमा पर्ने र धनजनको क्षति हुने गरेकाले त्यसलाई रोक्न बाध्य भएर अनसन बस्नु परेको उनीहरूको भनाइ छ । सो आन्दोलनप्रति अहिलेसम्म दुवै देशबाट र्सार्थक सुनुवाई नभए पनि किसानहरू यस पटकको आन्दोलन वारपार गरेरै छाड्ने अडानमा छन् । उनीहरूले आन्दोलनका दायरा बढाएर नाकाबन्दीदेखि १३२ केभी विद्युत् लाइनसमेत काटिदिने बताएका छन् । आन्दोलनकारीले नहर बन्द गरेपछि नहरबाट उत्पादन हुने विद्युत्समेत बन्द भएको छ । सो विद्युत् पनि असमान तरिकाले बाँंडफाँड भएको पीडित नेपाली किसानले बताएका छन् ।
असमान गण्डक सम्झौताका कारण भारत पक्षबाट सास्ती खेप्दै आएका नवलपरासी जिल्लाका १३ गाविसका एक लाखभन्दा बढी नहरपीडित किसानहरू आफ्ना २१ सूत्रीय माग पूरा गर्न अहिले एकजूट भएका छन् । उनीहरूले आफूहरू नझुक्ने, पछि नहट्ने बरू ज्यानै दिने र माग पूरा नभए बाँध नै भत्काइदिने बताउँदै आएका छन् ।
गण्डकबासीहरु हराभरा भएको भारतीय खेत हर्ेर्दै बसिरहनुको साटो अब आफ्नो अधिकार लिन संर्घष्ामा उत्रेकेा बताउँछन् । आन्दोलनमा उत्रिएका एक किसान भन्छन्- "आफ्नै घर-आँगनबाट नहर बगेको छ, त्यो नहरको पानीले भारतको ठूलो क्षेत्रमा सिँचाइ भएको छ तर हामी भने नहरको पानी प्रयोग गर्नबाट बन्चित छौ, गण्डक बाँध र नहरको पानी नेपालीका लागि प्रयोगविहीन छ । बरु त्यसबाट पटकपटक नेपालीहरूले जमिन र बालीनाली गुमाउनुमात्र परेकोले त्यो नेपालीका लागि अभिशाप मात्र भएको छ ।"
नेपाली पक्षले नहर बन्द गरेपछि त्यसको विरोधमा भारतमा चर्को प्रतिक्रिया उत्पन्न भएको छ । त्यहाँका किसानले धान रोपाइँको समयमा पानी नपाएपछि सरकारलाई अल्टिमेटम दिँदै नेपाली पक्षको समस्या समाधानका लागि तत्काल पहल गर्ने माग गरेका छन् ।
गण्डक नहरको पानी बन्द भएपछि भारतका महाराजगन्ज, देवरिया, गोरखपुर र कुशीनगर जिल्लाका लाखौँ किसान प्रभावित भएका छन् । सो नहरबाट भारतले प्रतिसेकेन्ड ३३ हजार क्युसेक पानी प्रयोग गर्दैआएको थियो ।
गण्डक पीडित बासिन्दाहरु आन्दोलनको निर्ण्ाायक चरणमा पुग्दा पनि सरकारले कानमा तेल हालेर बसेको छ । दर्ुइ देशबीचको सम्बन्धमा नै नकारात्मक असर पुग्नसक्ने यो समस्याको समाधान गर्न न भारत सरकार तत्पर देखिएको छ न त नेपाल सरकार नै । समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको भन्दै आन्दोलनकारीहरुले दुवै देशका मन्त्रीको पुत्लासमेत जलाएका छन् ।