Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:00am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
गोर्खा भर्तीकेन्द्रको विवाद चर्किदैछ
Monday, 06.16.2008, 06:11pm (GMT+5.5)

काठमाडौं । 'गोर्खा भर्ती बन्द गर !' नेपालका सवै वामपन्थी दलहरुले पार्टर्ीीथापनाकालदेखि नै राख्दैआएको माग र भट्याउँदै आएको नारा हो । नेकपा माओवादीले संविधानसभाको निर्वाचनमा जारी गरेको प्रतिबद्धतापत्रमा समेत गोर्खा भर्तीकेन्द्र बन्द गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । माओवादीका नेताहरुले निर्वाचनपछि पनि गोर्खा भर्तीकेन्द्र बन्द गरिने भनाइ राख्दैआएका छन् । संविधानसभाको निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मत र स्थान वाम पार्टर्ीीले ल्याएका छन् । वाम दलहरु विभिन्न खेमामा विभक्त भए पनि गोर्खा भर्तीकेन्द्र बन्द गर्ने साझा नारा रहेको पृष्टभूमिमा यो मुद्दाको छिनोफानो अब कसरी हुन्छ भन्ने जिज्ञासा स्वतः जागृत भएको छ । संविधानसभामा वाम दलहरुको प्रष्ट बहुमत भएकाले गोर्खा भर्तीकेन्द्र बन्द गर्ने साझा र पुरानो माग पूरा गर्नसक्ने हैसियतमा कम्युनिष्ट दलहरु पुगेका छन् । वाम दलहरुले ६ दशकभन्दा लामो समयदेखि उठाएको यो साझा माग पूरा गर्न यथार्थमा ती दलहरु कति इमान्दार छन् भन्ने पारख गर्ने बेला आएको छ ।

प्राप्त जानकारी अनुसार गोर्खा भर्तीकेन्द्र बन्द गर्ने प्रतिवद्धताविरुद्ध भारतीय सेनाबाट निवृत्त भएका भूतपर्ूव गोर्खा सैनिकहरु संगठित भएर पर््रदर्शन गर्ने तयारीमा लागेका छन् । रुपन्देहीको भैरहवामा असार १२ गते विरोध पर््रदर्शन गर्ने कार्यक्रम उनीहरुले राखेका छन् । गोर्खा भर्ती रोक्न पाइन्न भन्ने उनीहरुको नारा छ । भैरहवाबाट सुरु हुने विरोध पर््रदर्शन नेपालका २२ जिल्लामा क्रमशः गर्दैजाने कार्यक्रम तय भएको ज्ञात हुनआएको छ । भनिन्छ ः भारतमा अहिले पनि ४० हजारको हाराहारीमा नेपाली नागरिकहरु भारतीय गोर्खा सैनिक सेवामा संलग्न छन् । भारतीय नै बनिसकेका गोर्खा सैनिकहरुको संख्या यसमा गाभिएको छैन । भारतीय पेन्सन खाने नेपाली भू.पू. गोर्खाहरुको संख्या पनि डेढ लाखभन्दा बढी छ । नेपाल भारत मानव विकास तथा मैत्री संघमा आवद्ध भू.पू. सैनिक प्रभागका अध्यक्ष कर्र्णोल डी.बी. राना, महासचिव क्याप्टेन टी.बी. गुरुङ र रुपन्देही शाखाका प्रमुख क्याप्टेन हस्तबहादुर गुरुङको नेतृत्व र सक्रियतामा विभिन्न २२ जिल्लाका भू.पू. भारतीय गोर्खा सैनिकहरु परिचालन गरी गोर्खा भर्तीकेन्द्र बन्द गराउने वाम पार्टर्ीीको साझा नाराविरुद्ध पर््रदर्शन गर्ने तयारी भैरहेको छ । यसको अगुवाई नेपाल भारत मानव विकास तथा मैत्री संघले गरिरहेको समेत खबरमा उल्लेख छ ।

जानकार सूत्रहरु भन्दछन्- भारतमा नेपालीहरुको संख्या पुगनपुग डेढ करोड छ । भारतीय सेनाबाट निवृत्त भएका भू.पू. गोर्खाहरुमध्ये ३ लाखभन्दा बढीको संख्याले उत्तराञ्चल र हिमाञ्चल प्रदेशमा स्थायी बसोबास गरी भारतीय नागरिकता लिएका छन् । त्यस्तै भारतका विभिन्न प्रान्तमा स्थायी बसोबास गरेर भारतीय नागरिक बनेका नेपालीभाषीहरु लाखौंको संख्यामा छन् । ती भारतीय नेपालीहरुले पनि गोर्खा भर्तीकेन्द्र बन्द गर्नुपर्ने र नेपालीहरुको सट्टा उनीहरुलाई नै सेनामा भर्ती गर्नुपर्ने माग राख्न थालेका छन् । भारतीय प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार श्यामशरणले पनि नेपालले प्रस्ताव गरे गोर्खा भर्तीकेन्द्र बन्द गर्न भारत सहमत हुने प्रतिक्रिया दिइसकेका छन् । भर्तीकेन्द्र बन्दको विरोधमा उत्रन लागेकाहरु यो बेला भर्तीकेन्द्र बन्द गर्ने कुरा उतैको इशारामा उठेको आरोप समेत लगाउँछन् । रोजगारी र व्रि्रेषणको स्रोतका रुपमा रहेको गोर्खा भर्तीकेन्द्र रोक्नका लागि वैकल्पिक रोजगारीको व्यवस्था सुनिश्चित हुनुपर्ने समेत उनीहरुको माग रहेको बताइन्छ ।

खबरसूत्रका अनुसार भारतीय सेनाबाट निवृत्त भू.पू. गोर्खाहरुले संयुक्त संर्घष्ा समिति बनाएर गोर्खा भर्ती बन्द विरुद्ध पर््रदर्शन गर्दै संर्घष्ामा उत्रने तयारी गरेकाले यो मुद्दाको छिनोफानो नेपालको सरकार, संविधानसभा र वाम दलहरुले कुन रुपमा गर्ने हुन् भन्नेतिर चासो बढ्न थालेको छ । नेपालीको श्रम र सीप नेपालकै समृद्धि र सुरक्षाका निम्ति उपयोग हुने वातावरण सिर्जना हुनर्ुपर्छ र त्यसका निम्ति आन्तरिक रोजगारीको अवसर सिर्जना गर्ने प्रतिवद्ध प्रयास हुनर्ुपर्छ भन्ने जनप्रतिक्रिया पनि आउन थालेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गण्डक पीडितहरुले नहर बन्द गरे (06.16.2008)
राजनीतिक अकर्मण्यता र दृष्टिहीनताको चरम पर््रदर्शनवेथिति र अक्षमता छताछुल्ल< (06.09.2008)
मुलुक निर्देशित समस्याको दलदलमा यतिसारो गर्ने दिने छुट कसले दियो ? (06.09.2008)
कता गए नागरिक अगुवाहरु ? (06.09.2008)
घरबाट निस्कनै गाह्रोतर्राईमा शान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर (06.09.2008)
घरबाट निस्कनै गाह्रो (06.09.2008)
राजदूत सुदको दौडधूप (06.09.2008)
सडक आन्दोलनका नगराहरु फेरि बज्न थालेसंसद्वादी दलहरुभित्र ठूलो भुइँचालो (06.02.2008)
शैक्षिक माफियाहरुको नांगो खेलपाठ्यपुस्तक भारतमा छापिंदै ः राष्ट्रिय पूँजीले (06.02.2008)
ग्य्राण्ड डिजाइन सफल भो ? (06.02.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]