नेपाललाई कुरुक्षेत्र बनाउने षड्यन्त्र उत्तरी क्षेत्रमा चीनविरोधी
Monday, 06.16.2008, 06:12pm (GMT+5.5)
काठमाडौं । नेपालभूमि उत्तरको छिमेकी मित्रराष्ट्र चीनविरुद्ध उपयोग गर्ने षड्यन्त्रले हाँगा फैलाउन थालेको छ । केही समय पहिलेसम्म राजधानी काठमाडौंमा हुने गरेको चीन विरोधी गतिविधि क्रमिकरुपमा नेपाल चीन सीमावर्ती क्षेत्रका उत्तरी जिल्लाहरुमा फैलिन थालेको छ । नेपाल एक चीनको नीतिमा सधैं अडिग देखिएको भए पनि केही समययतादेखि नेपाल भूमिभित्र चीन विरोधी गतिविधि मौलाएकोमा कुनै शंका छैन । नेपालका कुनै पनि बेलाका सरकार र कुनै पनि राजनीतिक दलले एक चीनको नीतिमा अडान देखाउने गरेका भए पनि स्वतन्त्र तिब्बतका नाममा हुने चीनविरोधी पृथकतावादी गतिविधिलाई पर्ूण्ा नियन्त्रण गर्ने चासो नदेखाएको घटनाको विकासक्रमले नै देखाएको छ । गैरनेपाली, नागरिकताको खुला विक्री वितरणबाट बनेका नवनेपाली र वेरोजगार युवा नेपालीहरु समेतलाई उपयोग गरेर चीनविरोधी पर््रदर्शनलाई राजधानी काठमाडौंबाट पर्ूर्वी हिमाली जिल्ला संखुवासभाको सीमा क्षेत्रमाा समेत विस्तार गरिएको समाचार विवरणबाट नै पुष्टि भएको छ । वेरोजगार युवाहरुलाई मासिक भा.रु. १४ हजारको तलब दिएर सीमावर्ती जिल्लाहरुमा चीनविरोधी गतिविधि गर्न खटाइएको जानकारी संचारमाध्यमबाट खुलस्त हुन थालेका छन् । नेपालभूमि चीनविरुद्ध उपयोग गर्ने षड्यन्त्रले यसरी नै विस्तार पायो भने नेपाल र चीनबीच रहेको भरपर्दो र विश्वस्तपर्ूण्ा सम्बन्धमा आँच आउने निश्चित प्रायः भएकाले त्यस्तो अवाञ्छित गतिविधिले अन्ततः नेपालको हितमा ठूलो प्रहार गर्ने भएकाले बौद्धिक जनमानसमा चासो र चिन्ता दुवै बढ्न थालेको छ ।
सन् १९५९ देखि भारतमा निर्वासित भएर बसेका चीनको स्वशासित प्रदेशका पर्ूवशासक तथा धार्मिक नेता दलाई लामाको निर्देशनमा केही समय अगाडि तिब्बतको राजधानी ल्हासामा हिंसात्मक दंगा भड्किएको जगजाहेर नै छ । चीन ओलम्पिक खेलको पर्ूण्ा तयारीमा जुटेको बेला चीनलाई बद्नाम गर्ने उद्देश्य राखेर नै नियोजित रुपमा स्वतन्त्र तिब्बतको नाममा हिंसात्मक व्रि्रोह मच्चाउने धृष्टता भएको हो । आधुनिक चीनले गरेको विकास र आर्थिक-राजनीतिक महाशक्तिको रुपमा उदयिमान भएको चीनका विरुद्ध पश्चिमा शक्तिहरुले दलाई लामा र भारतलाई उपयोग गरी अभियान छेडेको यथार्थ र्छलङ्ग भैसकेको छ । धार्मिक नेता दलाई लामाले स्वतन्त्र तिब्बत होइन- स्वायत्त तिब्बत भनिरहे पनि र चीनमा हुने ओलम्पिक खेलको र्समर्थन गर्दै आए पनि 'स्वतन्त्र तिब्बत' र चीनविरोधी अभियानमा उनकै व्यक्तित्वको र्सवाधिक प्रयोग भएको छ । सामन्तवाद र धर्मान्धता विरोधी देखाएर प्रजातन्त्र र धर्म निरपेक्षताको नारा उराल्नेहरु नै स्वतन्त्र तिब्बतको कथित नारा दिएर सामन्तवाद र धर्मसापेक्ष राज्यको वकालत गरेर चीन टुक्र्याउने अभीष्टको खेल खेलिरहेका छन् । यस्तो षड्यन्त्रकारी रणनीतिक खेलमा नेपालभूमिको प्रयोग बढ्दै जानु नेपाल-चीन मैत्री सम्बन्धविरुद्धको खेल नै हो । नेपालले यस्ता अवाञ्छित गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिन दर्ुइ जीब्रे नीति त्याग्नर्ैपर्छ । भारत र पश्चिमालाई चित्त बुझाउन चीनविरोधी गतिविधि पनि बढाउन दिने अनि हामी एक चीनको नीतिमा अडिग छौं भन्दै चीनसंगको सम्बन्ध सुदृढ पार्ने कसम पनि खाइरहने गर्दा विश्वासको सम्बन्ध शंकाको घेरामा परिसकेको छ । नेपालविरुद्ध आक्रोशित नहुने र मौन रहने चीनले केही समय अगाडि मात्र नेपाल सरकारले चीन विरोधी गतिविधि नारोके चुप लागेर नबस्ने कडा प्रतिक्रिया दिइसकेको छ । त्यसपछि पनि चीन विरोधी पर््रदर्शनले उत्तरी सीमावर्ती क्षेत्रमा विस्तार पाउनु दुःखद् कुरा हो । नेपालभूमि विदेशी चलखेलको यसरी नै केन्द्रविन्दु बन्दै गयो भने त्यसको दूरगामी असर नराम्रो पर्ने निश्चित भएकाले देशभक्त नेपालीहरु चिन्तित हुन थालेका छन् ।
नेपालले परिवर्तिन आजको सर्न्दर्भमा पनि छिमेकी मित्र देशहरुप्रतिको सम्बन्धमा सन्तुलन राख्न सकेन भने र नेपालभूमि अवाञ्छित गतिविधि गर्न छुट दियो भने नेपालभूमि चीन विरुद्ध स्वततन्त्र तिब्बतको कथित अभियानका लागि उर्वर बन्ने र यसले नेपालको स्थायित्व, शान्ति, प्रगति र मैत्री सम्बन्धलाई खलबल्याउने आशंका बढेको छ । चीनसित सीमा जोडिएका ताप्लेजुङ, संखुवासभा, दोलखा, मुस्ताङ, डोल्पा, दार्चुला लगायतका उत्तरी जिल्लामा दलाई लामाका धार्मिक सेना खडा गरी वितण्डा मच्चाउने काम हुन थालेको समाचारसूत्रहरु बताउँछन् । नेपाल कुरुक्षेत्र बन्ने आशंका बढेको छ ।
|