Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:47pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
राजनीतिक कसरतहरु परिणामहीन
जननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन

Monday, 06.16.2008, 06:16pm (GMT+5.5)

काठमाडौं । जनमतको घोर उपेक्षा गर्दै ठूला राजनीतिक दलहरु सत्ता संर्घष्ामा नराम्रोसंग होमिएका छन् । संविधानसभाको चौथो बैठक भोलि डाकिएको छ तर व्यवस्थापिकालाई सरकारले दिनुपर्ने काम नै तोकिएको छैन । तीन ठूला दलका नेताहरुबीच चलेको सत्ता संर्घष्ाले राजनीतिक गतिरोधलाई उत्कर्षा पुर्‍याएको छ । अन्योल र अनिश्चितता यथावत् छ । देश अनिर्ण्र्ााो बन्दी बनेको छ । र्सार्वभौम जनताको अभिमतबाट स्थापित भएको संविधानसभालाई घोर उपेक्षा गरेर ठूला दलहरु कोठे बैठक गर्दै सिंगौरी खेलिरहेका छन् । संविधानसभाको निर्वाचन सम्पन्न नहुँदासम्म र्'र्सवमान्य'को हैसियतमा रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्वाचनमा आफ्नो दल पछिपर्दाको अवस्थामा पनि लोकलज्जा र प्रजातान्त्रिक मूल्य मान्यताको ख्यालै नगरी भकारो ओगटेर पतनोन्मुखी संस्कार पर््रदर्शन गर्दै सरकार गठनको प्रक्रियालाई नै अवरुद्ध पार्न क्रियाशील रहेको जगजाहेर छ । निर्वाचनमा अग्रता हाँसिल गरेको नेकपा माओवादीलाई सरकार गठन गर्ने अवसर दिनु अगाडि नै राष्ट्रपति बन्नका निम्ति चर्को मेलतोलमा लागेर प्रधानमन्त्री कोइरालाले खडा गरेको अवरोध हटाउन माओवादी, एमाले र अरु दलहरु पनि प्रभावी देखिएका छैनन् । कांग्रेस-माओवादी, कांग्रेस-एमाले-माओवादीबीचका द्विपक्षीय, त्रिपक्षीय वार्ताहरु पनि निष्कर्षीन बन्दैआएका छन् । दर्ुइ दल, तीन दल, बाह्र दल, पच्चीस दलबीचका राजनीतिक कसरतहरु पनि परिणामहीन बनिरहेका छन् । सहमति र समायोजनका लागि निर्ण्ाायक मार्गदर्शनको हस्तक्षेपकारी भूमिका खेल्दैआएको भारतीय कूटनीतिक नियोगले गोप्य मन्त्रणा अभियानलाई द्रुतगतिमा चलाउँदै आएको भए पनि त्यसको पनि कुनै नतिजा आएको छैन । राजनीतिक रमिता र रन्थमोलको यो स्थितिले संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको नेपाललाई कुनै दृष्टि र दिशा दिनसक्ने अपेक्षा क्षीण हुनथालेको छ । विगतमा दरबारतिर देखाएर चलखेल र षड्यन्त्रको कल्पित भूत खडा गरेर आफ्नो अकमर्ण्यता ढाकछोप गर्नेहरुलाई राजतन्त्रको अवशान र पर्ूवराजाले शालिनतापर्ूवक नारायणहिटी दरबार परित्याग गरेपछि लाज छोप्ने एउटा उपाय पनि हराएको छ । सत्ताकै निम्ति लुछाचुँडी गरिरहने कुसंस्कारले राजनीतिक प्रदूषण झनै बढाएको छ । प्रधानमन्त्री कोइरालाले असार ४ गतेसम्म नयाँ सरकार बन्नसक्ने गरी बाटो खोल्न दिएको वचन पनि पालना हुने छाँट आजसम्म देखिएको छैन । सात मन्त्रीको राजीनामा खल्तीमा हालेर गिरिजालाई गलाउन बालुवाटार प्रवेश गरेका माओवादी नेताद्वय अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टर्राई आफैं ठण्डा बनेर फर्केपछि अस्पष्टता र अन्योल झनै बढेको छ । तत्काल सम्बोधन गर्नुपर्ने जनसरोकारका मुद्दाहरु दिन प्रतिदिन जटिल बन्दै गएका छन् । नेपाली जनताले नयाँ नेपालमा प्रवेश गरेको कुनै अनुभूति गर्न पाएका छैनन् ।

राजनीतिक विश्लेषकहरु भन्दछन्- जननिर्वाचित संविधानसभा स्थापित भैसकेपछि राजनीतिक निकास त्यहीं भित्रबाट खोजिनु पर्दछ । लोकतान्त्रिक संस्कार वरण गर्न सकेमात्र राजनीतिक मूलप्रवाह स्वस्थ हुनसक्छ । सत्ताको छिनाझपटीमा लागेका दलहरुले जननिर्वाचित सर्वोच्च निकाय संविधानसभाको मानमर्दन गर्दै राजनीतिक गतिरोध हटाउन बन्द कोठाहरुमा अपारदर्शी खेलहरु खेलिरहेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभाध्यक्षको चयन संविधानसभाको बैठकभित्रै पारदर्शी ढंगले गर्नुपर्नेमा त्यो सर्वोच्च वैधानिक निकायलाई अन्धकारमा राखेर अन्तैबाट निकास खोज्नु राजनीतिक षड्यन्त्रलाई नै मलजल गर्नु हो । राष्ट्रका जे समस्या छन् ती जननिर्वाचित सर्वोच्च निकाय- संविधानसभाभित्रैबाट केलाउनु पर्छ र त्यही भित्रैबाट समाधानको बाटो पहिल्याउनर्ुपर्छ । जनप्रतिनिधिहरुबीच खुला छलफल हुँदा निकासका बाटाहरु त्यहीबाट निस्कन सक्छन् । देश अहिले राष्ट्रप्रमुखविहीन, सरकारविहीन, सभानायकविहीन हुनु र राजनीतिक गतिरोधको स्थितिले निरन्तरता पाउनु संविधानसभालाई लाहाछापका रुपमा मात्र उपयोग गर्ने गैरप्रजातान्त्रिक हरकत र षड्यन्त्रकै परिणाम हो । जननिर्वाचित संविधानसभालाई संविधान संशोधन गर्ने, राष्ट्रपति चयन गर्ने, प्रधानमन्त्री छान्ने, सभाध्यक्ष चुन्ने वैधानिक अधिकार छ । तर र्सार्वभौम जनताको प्रतिनिधिमूलक निर्वाचित निकायको अधिकारलाई ओझेलमा पारेर कोठेबैठक, लैनचउर र दिल्लीमा राष्ट्रपति र प्रधानमन्त्री चयनका निम्ति रणनीतिक खेलहरु चल्नु र्सार्वभौम नेपाली जनताको ठूलो अपमान हो । सके बहुमतको नभए निर्वाचनमा अग्रता हाँसिल गरेको दलले सरकार गठन गर्नु प्रजातान्त्रिक राज्य प्रणालीको स्थापित मान्यता नै हो । तर नेपालमा निर्वाचन सम्पन्न भएको दर्ुइ महिनाभन्दा बढी समय गुज्रिसक्दा पनि जननिर्वाचित सरकार गठनको प्रक्रिया समेत थालनी नहुनु ठाडै बेइमानी हो । जनताको अभिमतबाट पराजित बेइमानहरुभित्र लुकेको सत्तालिप्साको यति नांगो उदाहरण सायदै अन्त भेटिनसक्छ । वास्तवमा यो प्रजातान्त्रिक आवरणभित्र लुकेको अधिनायकवादी प्रवृत्ति नै हो र नेपालमा प्रजातन्त्रको संस्थागत र संस्कारगत विकासमा अवरोध खडा गर्ने छद्म तत्व पनि त्यही नै हो । लोकतान्त्रिक अभ्यासको भावी दिशा त्यति सुगम नभएको यथेष्ट संकेत यस्तै प्रवृत्तिले गरेको छ । पराजित पार्टर्ीी नेता गिरिजाप्रसाद कोइरालालाई अझै पनि उपयोग गरेर समानान्तर शक्तिकेन्द्र स्थापित गर्ने र सत्ता संचालनको अवस्थामा पुग्न दिनबाट रोक्नै नसक्ने हैसियतमा पुगेको माओवादीलाई मौकापर्दा राम्रैसंग छिर्की हान्नसक्ने अवस्थामा त्यो शक्तिकेन्द्रलाई पुर्‍याउने षड्यन्त्रपर्ूण्ा खेलहरु अहिले अन्तरप्रवाहमा छन् । सायद त्यो तत्वज्ञान प्राप्त गरेर नै नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले आफू घेराउमा परेको पीडा र्सार्वजनिक गर्नुपरेको हो । तर यस्तो स्थिति कति दिनसम्म - यो अहिलेको अनुत्तरित प्रश्न हो ।

नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले आफ्नो नेतृत्वमा तत्काल सरकार नबने मुलुकमा अनर्थ हुने हुँकार गर्नुभएको छ । अनर्थ त अहिले पनि भएको छ । जनताले मतदान गरेको दर्ुइ महिना एकहप्ता भैसक्यो । वैशाखको पहिलो हप्ता नै गठन हुनुपर्ने जननिर्वाचित सरकार असारको पहिलो हप्ता पनि बनेको छैन । जनताले तिरस्कार गरेका 'हरुवा'हरु अहिले पनि मन्त्री भएर झण्डा हल्लाउँदै राज्यकोष दुरुपयोग गरेर फुइफाइ गरिरहेका छन् । भुइफुट्टाहरुको राज चलिरहेको छ । सकभर चुनाव टार्ने, जनताको अभिमत लिन डराउने तर सत्ताको स्वाद भने चाखिरहने जमात जहिले पनि षड्यन्त्रको पछिलाग्छ । के के बखेडा झिकेर हुन्छ कि, शर्त थुपारेर हुन्छ वा बाहृयशक्तिलाई हार गुहारेर हुन्छ कि सत्तामा अडिरहन पाए हुन्थ्यो भन्नेहरु नै अहिले माओवादीलाई बाटो छेक्ने र थेचार्ने षड्यन्त्रमा लागेका छन् । जनमुक्ति सेना र वाईसीएलको विघटनको मुद्दा पनि त्यसैको उपज हो । माओवादीले षड्यन्त्रका यी पाटाहरुलाई कसरी उर्घार्छ - सरकार गठनदेखि लिएर संविधान लेखन प्रक्रियाको थालनी त्यसैमा भर्रपर्छ । नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले आफूले सरकार बनाएमा एक वर्षभत्रै संविधान निर्माण गरिसक्ने अठोट व्यक्त गर्नुभएको छ । संविधान चाँडो बने चाँडै चुनावमा जानर्ुपर्छ भन्ने भय पराजित मानसिकता बोकेका अरु पार्टर्ीी नेताहरुमा प्रवेश गरिसकेको छ । माओवादीमा भने चाँडो संविधान बनाएर चाँडो चुनावमा जाँदा प्रष्ट बहुमत आउने विश्वास बढेर गएको देखिन्छ । अस्पष्टता र अन्योलको वातावरणलाई निरन्तरता दिएर त्यस्तै वातावरणबाट लाभ उठाउने अवाञ्छित खेलहरुको परिणाम नै निकासविहीनताको स्थिति हो । नेकपा माओवादीका सामु यो अवस्था चुनौतीपर्ूण्ा छ ।

राजनीतिक संवादसूत्रहरु भन्दछन्- नेपाली कांग्रेसले अगाडि सारेको सात शर्त माओवादीका लागि गलपासो बनाउने सोचमा कांग्रेसीहरु छन् । माओवादी जनसेना यथावत् राखेर प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिने अडानमा कांग्रेस देखिएको छ । प्रधानमन्त्रीको मातहतमा 'दर्ुइ सेना'को अस्तित्व स्वीकार्य नहुने कांग्रेसीहरुको भनाइ छ । सेना समायोजनको मुद्दा भने यथावत छ । गिरिजालाई राष्ट्रपति बनाउने सहमतिमा मात्र पनि कांग्रेसले सात शर्त नछोड्ने भनिन्छ । भारतको उपयोगमा आफूलाई वेलगाम छोडेका प्रधानमन्त्री गिरिजा स्वयं नै भारत आफ्नो विपक्षमा गएको र नेपाललाई सिक्किमको नियतीमा पुर्‍याउने चाल चलेको गुनासो सीमित राजनीतिक व्यक्तिहरुबीच गर्न थालेका छन् । राजनीतिक षड्यन्त्रका अनेक पाटाहरु चलेका छन् । बाहृयशक्तिले कुन शक्ति र कुन व्यक्तिलाई कतिबेला कुन रुपमा उपयोग गर्ने हो भन्ने शंका ठूला दलहरुका नेतागणहरुभित्रै झ्याँगिएको छ । संविधानसभामा २६ जना सभासद्को मनोनयन हुन नसक्नु र संविधानसभाले पर्ूण्ाता प्राप्त गर्न नसक्नुको पछाडि पनि विदेशी हस्तक्षेप हावी छ । आफ्ना मान्छेहरुलाई मनोनित गराउने चर्को दवाबकै कारण भागवण्डा पछि पनि मनोनयन प्रक्रिया रोकिएको हो । हस्तक्षेपको क्षेत्र विस्तार भएर अदालतसम्म पनि पुगेको छ । प्रशासनिक निकायहरुभित्र पनि यो महारोग फैलिसकेको भुक्तभोगी जानकार सूत्रहरु बताउँछन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
युगसम्वाद २१ औं वर्षा (06.16.2008)
नेपाललाई कुरुक्षेत्र बनाउने षड्यन्त्रउत्तरी क्षेत्रमा चीनविरोधी (06.16.2008)
गोर्खा भर्तीकेन्द्रको विवाद चर्किदैछ (06.16.2008)
गण्डक पीडितहरुले नहर बन्द गरे (06.16.2008)
राजनीतिक अकर्मण्यता र दृष्टिहीनताको चरम पर््रदर्शनवेथिति र अक्षमता छताछुल्ल< (06.09.2008)
कता गए नागरिक अगुवाहरु ? (06.09.2008)
मुलुक निर्देशित समस्याको दलदलमा यतिसारो गर्ने दिने छुट कसले दियो ? (06.09.2008)
घरबाट निस्कनै गाह्रोतर्राईमा शान्ति सुरक्षाको स्थिति अत्यन्त कमजोर (06.09.2008)
घरबाट निस्कनै गाह्रो (06.09.2008)
राजदूत सुदको दौडधूप (06.09.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 
::| Hot News
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन

© Neeraz.Com 2007
[Top Page]