काठमाडौं । संविधानसभा निर्वाचनबाट तेस्रो ठूलो शक्तिको रुपमा दर्ज भएको नेकपा एमालेको भाग्य एकाएक चम्किने भएको छ । नेकपा माओवादीसंग भएको राजनीतिक सहमतिले एमालेलाई राष्ट्रको सर्वोच्च पद -राष्ट्रपति) प्रदान गर्ने दर्ुइ दलबीचको सहमतिले एमालेको त्यो भाग्यमानी नेता को हुने होला भन्ने जनमानसमा कौतुहलता जागेको छ । एमालेका केही नेताहरु पर्ूव महासचिव माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्नेमा जोड दिइरहेका छन् भने माओवादी लगायतका अन्य नेताहरु साहना प्रधानलाई र्समर्थन गरिरहेका छन् ।
पर्ूव महासचिव नेपाल संविधानसभा निर्वाचनमा दर्ुइ क्षेत्रबाट पराजित हुनुभएको हुनाले उहाँको सम्भावना कम भए पनि राजनीतिक सहमतिका आधारमा पद बाँडफाड हुनेहुँदा उहाँकै भाग्य चम्किन पनि बेर छैन । उता साहना प्रधानलाई राष्ट्रपति बनाउनुपर्नेमा सवैजसो राजनीतिक दलका महिला नेतृहरुको जोड रहेको छ । साहना प्रधानलाई राष्ट्रपतिमा सहमति जनाउने हो भने त्यसले जातीय र लैंगिक समानता समेत देखाउने अवसर मिल्ने उनीहरुको तर्क छ । उता माधव कुमार नेपाललाई पनि उहाँले शान्ति प्रक्रियालाई सफल बनाउन खेल्नुभएको भूमिकाको पुरस्कार स्वरुप २६ जनाभित्र मनोनित गरेर राष्ट्रपति बनाउनुपर्ने एमाले नेताहरुको धारणा रहेको छ ।
त्यसो त पर्ूव महासचिव नेपालले आफू जनताबाट अनुमोदित नभएको भन्दै मनोनयनमा नबस्ने अडान लिनुभएको भए पनि राष्ट्रपतिकै प्रस्ताव आएपछि उहाँमा पनि लोभ पलाएको देखिन्छ । तर पनि उहाँले यस विषयमा मुख भने खोल्नुभएको छैन । उता साहना प्रधानसंगै सुवास नेम्वाङको नाम पनि चर्चाको शिखरमा छ । मधेसी समुदायबाट राष्ट्रपतिको प्रस्ताव गरिएका रामराजाप्रस्ाद सिंहको नाम पन चिर्चा प्रसंगबाट हटिसकेको भने छैन ।
गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति बन्ने सपना देख्नुभएका गिरिजाप्रसाद कोइरालाको भने स्वप्नभंग भैसकेको छ । एमाले र माओवादीको सहमतिमा कांग्रेसलाई सभाध्यक्षको पद दिने निर्ण्र्ाागरिएको छ । दर्ुइ दलबीचको सहमतिपछि नेपाली कांग्रेस सरकारमा सामेल नभई प्रतिपक्षमा बस्ने संकेत गरिसकेको छ । शर्ीष्ा दलहरु अन्तरिम संविधानमा सरकार गठन, विघटन र राष्ट्रपतिको चयन सामान्य बहुमतबाट गर्ने गरी संशोधन गर्न सहमति भैसकेको अवस्थामा एमाले र माओवादीबाट मात्रै सामान्य बहुमत पुग्छ । यसमा अरु वाम दलहरुको संख्या जोड्दा सुविधाजनक बहुमतको अवस्था कायम रहन्छ ।