Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 04:42am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
भारतीय अतिक्रमणको मार खाँदैछ तर्राईले
धोती र टोपीमा विभाजन ल्याउने षड्यन्त्र
Tuesday, 06.24.2008, 09:47am (GMT+5.5)

काठमाडौं । नेपालको राष्ट्रिय पहिचानको एउटा अंग बनेको तर्राईका बासिन्दाहरु भारतीय हस्तक्षेप र खेलको र्सवाधिक मारमा परिरहेका छन् । हिमाल, पहाड र तर्राईमा विभाजित नेपालको भौगोलिक स्वरुपमा तर्राई भारतीय हस्तक्षेपको चौतर्फी मारमा परेका तर्राईका सीमान्तकृत जनतामा राष्ट्रिय भावना ओतप्रोत भए पनि उनीहरुको राजधानीसम्म पहुँच छैन । उनीहरुको प्रतिनिधित्व गर्ने कतिपय नेताहरुलाई पनि भारतले कब्जामा लिने गरेको छ । कतिसम्म भने केही नेताहरुको स्वार्थी खेलकै कारण सिंगो तर्राईबासी अहिले पीडित बनिरहेका छन् । उनीहरु दोहोरो मारमा छन् । सीमापार जाँदा नेपाली भनेर हेपिनर्ुपर्छ भने राजधानीतिर आउँदा भारतीय दलाल भनेर पीडादायी आरोप खेप्नुपर्ने अवस्था छ ।

नेपालको राष्ट्रियताको कुरा गर्दा धोती र टोपीको प्रसंग विगतदेखि नै आउने गरेको छ । राष्ट्रियताको संरक्षण र सर्म्वर्द्धका नाममा टोपीले धोतीलाई अपमानित गर्ने गरी 'अराष्ट्रिय' वा 'भारतीय दलाल'को रुपमा चित्रित गर्ने गरिएको छ । तर स्मरणीय कुरा के छ भने नेपालको शासनसत्तामा लामो समयदेखि हावी हुँदैआएका टोपीधारीहरुकै कारण राष्ट्रियता खतरामा परिरहेको छ । भारतसंग गरिएका सम्पर्ूण्ा असमान र राष्ट्रघाती सन्धि-सम्झौताहरु टोपीधारीले नै गरेका हुन् । टोपीधारीको राष्ट्रघाती कदमले धोतीधारी राष्ट्रवादीहरु पेलिनुपरेको छ । त्यसो त सोझा सिधा तर्राईबासीलाई आधार बनाएर राजनीति गर्ने धोतीधारीहरु नेपाली राष्ट्रियताको सवालमा कमजोर नै देखिएका छन् । उनीहरुले तर्राईबासी जनताले राष्ट्रियताको जगर्ेनामा गरेका आन्दोलनहरुमा मौन रहने गरेका छन् । गण्डक पीडित आन्दोलन होस् वा सुस्ता बचाउ आन्दोलन त्यहाँ कुनै टोपीधारी होइन धोतीधारी नेपाली नै आन्दोलित भएका थिए । त्यहाँ धोतीधारी नै सक्रियरुपमा आफ्नो हक अधिकार स्थापनाका लागि संर्घष्ामा डटेका थिए । तर तर्राईका जनताको मुक्तिका लागि लडिरहने भनेर प्रचारित नेताहरुको त्यो आन्दोलनप्रति न सहानुभूति देखियो न त र्समर्थन नै । नेताहरुको यही कारणले भारतले नेपाली-नेपालीबीच राष्ट्रियताको विभाजन गर्न सफल भयो । भारतीय षड्यन्त्रकै कारण धोती र टोपीबीच द्वन्द्व उत्पन्न गर्ने काम भयो ।

नेपाली राष्ट्रियताको जगर्ेना गर्ने सवालमा जति टोपीधारीलाई चिन्ता छ, त्यती नै धोतीधारीलाई रहेको मात्र होइन अझ बढी चिन्ता र चासो छ । कारण स्पष्ट छ- भारतले नेपालमाथि हस्तक्षेप गर्‍यो भने त्यसको पहिलो शिकार तर्राईबासी नै हुनेछन् । तर्राईबासी नेपालीहरु भारतीय अतिक्रमणको पहिलो शिकार आफूहरु हुने भन्दै राष्ट्रियताको सवालमा एकजुट हुन आग्रह गरिरहेका छन् । तर्राईका केही स्वार्थी नेताहरुलाई उपयोग गरेर भारतले षड्यन्त्रको तानाबाना बुन्ने गरेको समाचार विवरणहरु पनि प्रकाशमा आएकै हुन् । तर्राईका सच्चा देशभक्तहरुको पीडा कम दर्दनाक छैन । उनीहरु आफ्नो पहिचान जोगाउन नसकिने अवस्थामा पुगेको दर्दनाक अभिव्यक्ति दिन थालेका छन् ।

तर्राईबासी नेपालीहरुको भाषा, रहनसहन भारतीयसंग मिल्ने हुनाले उनीहरुलाई भारतनिकट भनेर समेत आरोप लगाउने गरिएको छ । तर वास्तविकता त्यस्तो छैन । नेपालमा भारतीय हैकम र चलखेलको पहिलो मार तर्राई नै पर्नेगरेको छ । भारतीय हस्तक्षेप र अतिक्रमणकै कारण सीमावर्ती क्षेत्रमा नेपालीहरुले बेलाबेलामा नराम्रो दुःख पाउने गरेका छन् । सीमा सुरक्षार्थ बसेका एसएसबी फोर्सले नेपालीहरुलाई लुट्ने, उनीहरुकै बलमा नेपाली भूमि अतिक्रमण गर्ने र नेपाली चेलीहरुको अस्मितामाथि नै धावा बोल्ने गरेको घटनाहरु सामान्य जस्तै हुन थालेको छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको यो सुखद् अवसरमा तर्राईका विभिन्न माग र नाराहरु छरिएका छन् । एक मधेस एक प्रदेशदेखि लिएर विभिन्न जाति र समुदायले उठाएका विषयहरु पनि अहिले बहसमा छन् । यति हुँदाहुँदै तर्राईको मूलभूत समस्या भनेको राष्ट्रियताको जगर्ेना नै हो ।

लोकतन्त्र प्राप्तिपछि नेपालको राजनीतिमा भारतीय चलखेल जसरी बढ्यो सोही अनुपातमा तर्राईबासीहरुको सुरक्षाको चिन्ता बढिरहेको छ । सीमा क्षेत्रमा चरिरहेका गाई भैंसी लुट्नेदेखि चेलीबेटीमाथि हातपात गर्ने र नेपाली सीमाभित्र पसेर बलात्कारको प्रयास गर्ने दुस्साह भारतीयहरुले गरिरहेका छन् । अहिले भारतबाट सवैभन्दा बढी असुरक्षित कोही छ भने त्यो तर्राईबासी नै हुन् । भारतीय हस्तक्षेपको पहिलो मार तर्राईले नै खेप्नुपरेको छ ।

'भारतीय सीमा रक्षकहरु नेपाली भूमिमा प्रवेश गरेपछि त्यहाँका बासिन्दामा कोलाहल सुरु हुन्छ । आफ्नो छोरी चेलीको इज्जत बचाउन हामीलाई निकै गाह्रो परिरहेको छ ।' केही समय अघि राजधानीमा आयोजित एउटा कार्यक्रममा एकजना नेताले यस्तै क्रन्दन सुनाए ।

भारतीय हस्तक्षेप राजनीतिक, वैचारिक रुपमा मात्र होइन भौगोलिक रुपमा पनि त्यत्तिकै बढिरहेको छ । हरेक वर्षो वषर्ायाम सुरु भएपछि भारतकै कारणले नेपालका कतिपय जिल्ला जलमग्न हुने गरेका छन् । बाँके, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुमा भारतले एकतर्फी रुपमा बनाएका बाँधका कारण नेपाली भूमि जलमग्न हुने गरेको छ । बाँधकै कारण बाढीको चपेटामा परेर वर्षोनी कैयौं मानिसले ज्यान गमाउनु परेको छ भने करोडौंको धनमाल क्षति हुने गरेको छ ।

भारतीय दादागिरी र हेपाहा प्रवृत्तिको जनस्तरबाट जति विरोध हुने गरेको छ त्यसको अनुपातमा राजनीतिक नेतृत्वहरुले गर्ने हिम्मत गर्न सकेका छैनन् ।

भारतले एकतर्फी रुपमा बनाएका बाँधहरुका कारण भोग्नुपरेको बाढी र डुबान समस्या, भारतबाट भएको आपराधिक समूहको घूसपैठका कारण बढेको असुरक्षा, राजनीतिक रुपमा लाग्ने गरेका आरोप अनि आफनो अस्मिता जोगाउन संर्घष्ा गरिरहेको तर्राईलाई जोगाउने र आफ्नो गौरवशाली पहिचान बाचउन अहिले हम्मे हम्मे परेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
गण्डक पीडितहरुको आन्दोलन देशव्यापी हुने (06.24.2008)
र्सार्वभौम संविधानसभा अतिक्रमित (06.24.2008)
को होला एमालेको भाग्यमानी ? (06.24.2008)
एसएलसीले रर्ेकर्ड तोड्यो (06.24.2008)
गोर्खा भर्ती ः २३ अर्बको प्रलोभन (06.24.2008)
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन (06.16.2008)
गण्डकमा भारतीय अत्याचारविरुद्ध आन्दोलनराष्ट्रघाती सम्झौता खारेज गर्न दबाब (06.16.2008)
युगसम्वाद २१ औं वर्षा (06.16.2008)
नेपाललाई कुरुक्षेत्र बनाउने षड्यन्त्रउत्तरी क्षेत्रमा चीनविरोधी (06.16.2008)
गोर्खा भर्तीकेन्द्रको विवाद चर्किदैछ (06.16.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]