| Yugasambad.Com.Np | ||||
|
भारतको बलमिच्याइप्रति मधेशवादी दलहरु मौन Monday, 06.30.2008, 06:32pm (GMT5.5) काठमाडौं । भारतले अन्तर्रर्ााट्रय कानुनको ठाडो उल्लंघन गर्दै नेपालको सहमतिविना दशगजा मिचेर सप्तरी जिल्लाको छिन्नमस्ता गाविसको सीमावर्ती क्षेत्रमा ४ किलोमिटर लामो सडक युद्धस्तरमा निर्माण गरिरहेको र जिल्लाको सम्बद्ध निकायबाट केन्द्रमा सो अवैध निर्माणको जानकारी गराइएको भए पनि त्यसलाई रोक्न कुनै पहल नभएको जानकारी प्राप्त भएको छ । भारतले गत वर्षपनि सिराहा र सप्तरीको सीमावर्ती क्षेत्रमा दशगजा मिचेर ५ मिटर उचाइको १४ किलोमिटर बाँध बाँधेको थियो । यस्तो अवैध निर्माण रोक्न नेपाल सरकारले पहल नगरेकै कारण ती दुवै जिल्लाका हजारौं किसान डुबानको मारमा परेका छन् । भारतको मिचाहा नीतिको र्सवाधिक मार खेप्न तर्राईबासी नेपाली विवश भए पनि उनीहरुकै मतमा खडा भएका मधेसवादी दलहरु भने पीडित जनताका वास्तविक समस्याप्रति मौन रहने गरेका छन् । सरकारले विद्यार्थीलाई ढाट्यो ः आन्दोलनको चेतावनी काठमाडौं । सरकारले 'विद्यार्थीसंग एउटा सम्झौता गर्ने र व्यावसायीसंग अर्को सम्झौता गरी हजारौं विद्यार्थीलाई ढाँट्ने काम गरेको' भन्दै एमाले अखिल, नेविसंघ, अखिल -क्रान्तिकारी) लगायतका ८ विद्यार्थी संगठनले ९ असारमा भएको सहमति विपरीत यातायातको भाडादर तोकिएको विरुद्धमा आन्दोलनको चेतावनी दिएका छन् । अर्कातिर र्सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुटको सम्झौता भए पनि यातायात व्यायसायीले त्यति छुट नदिएको बताउँदै छुटसहितको भाडादर बसमा टाँस्न र छुट नदिनेलाई कार्यवाही गर्न पनि विद्यार्थीले माग गरेका छन् । |
||||