काठमाडौं । संविधानसभाभित्र बहुमतमा रहेका वामपन्थी दलहरु सहकार्यको अन्तिम विन्दुमा आइपुग्न लाग्दा नेकपा एमालेभित्र तीब्र विवाद देखापरेको छ । माओवादीसंग सहकार्य गर्ने विषयलाई लिएर पार्टर्ीी नेताहरुबीचमै मतमतान्तर घनिभूत भएको सम्बद्ध सूत्रहरु बताउँछन् । अहिले एमाले र माओवादीबीच राष्ट्रपतिको विषयमा चर्को मतभेद उत्पन्न भएको बताइन्छ । एमालेबाट राष्ट्रपति बन्ने तर त्यो माओवादीले भनेको व्यक्ति हुनुपर्ने माग माओवादी नेताहरुले गरेपछि एमाले नेतृत्व यतिबेला तरंगित भएको हो । माओवादीको पुच्छर समातेर वैतरणी पार्रगर्न सकिन्न भन्दै नेकपा एमालेभित्रका केही नेताहरु असहमतिको खाडल गहिरो पार्न लागिपरेका छन् । एमालेभित्रको आरोप-प्रत्यारोप भुसको आगोसरि सल्कँदै गएको छ । यसले वामपन्थीहरुबीच मोर्चाबन्दी गरी बहुमतको सरकार बनाउने प्रयासलाई कुन दिशातिर धकेल्ने हो भन्ने शंका खडा भएको छ । माओवादीसंग सहकार्य गर्नुपर्ने अपरिहार्यता स्वीकार गर्नुभएका एमाले महासचिव झलनाथ खनालले समेत आन्तरिक विरोधको सामना गर्नुपरेको निकष्टस्थ सूत्रहरु बताउँछन् ।
नेकपा एमालेभित्र माओवादी विरुद्ध मोर्चा कसेर बस्नुभएका प्रभावशाली नेता केपी ओलीले सत्ता साझेदारी र सहकार्यलाई तिरस्कार गर्ने दाउपेच चलाइरहनुभएको छ भने सधैं कांग्रेसको पछि लागेर पार्टर्ीी आफ्नो शाख जोगाउन नसकेकाले वामएकताकै बाटोमा पार्टर्ीीई हिंडाउनर्ुपर्छ भन्ने मत पनि पार्टर्ीीत्र दह्रो छ । एमालेभित्र गुटगत चलखेलहरु अहिले पनि उत्कर्षा छन् । मुलुकलाई राजनीतिक गतिरोधको स्थितिबाट मुक्त गर्न एमालेले दह्रो राजनीतिक भूमिका खेल्न सक्छ भन्ने मत पनि पार्टर्ीीत्र बलियो छ । माओवादी र एमालेबीच राजनीतिक समझदारी र सहकार्यको विश्वास स्थापित भएमा नेपाली कांग्रेस सत्तावृत्तबाट सजिलै बाहिरिनसक्ने र भारतीय हस्तक्षेप न्यूनीकरण गर्न पनि वातावरण बन्नसक्ने अपेक्षा राष्ट्रियताप्रति सम्वेदनशील एमाले कार्यकर्ताहरुले राखेको बताइन्छ ।
उता ओली पक्षधरहरु भने माओवादीको 'उपयोग गर र मिल्काउ'को रणनीतिक जालोमा फस्नुहुन्न भन्दै कांग्रेससितको वषौर्ैंदेखिको सहयात्रालाई कुनै न कुनै रुपमा निरन्तरता दिनुपर्ने सोचमा डुबेका छन् । गिरिजाप्रस्ाद कोइरालालाई राष्ट्रपति बनाउने भित्री खेलमा केपी ओलीको संलग्नताबारे पनि चर्चा सुनिन थालेको छ । माओवादीको त्रास देखाएर कांग्रेसको तावेदारी गर्ने यस्तो शैलीलाई भने एमालेका बहुसंख्यक कार्यकर्ताहरुले उचित मानेका छैनन् ।
माओवादीको प्रयोगवादी नीतिमा एमाले फस्न लागेको आशंका खडा गरेर वाम दलहरुबीचको सम्भाव्य मोर्चावन्दी र सहकार्यलाई निर्ण्ाायक विन्दुमा पुग्न नदिन एमालेभित्र ठूलै खेल चलेको छ । माओवादीले राष्ट्रपतिमा साहना प्रधानको नाम स्वीकृत गरेको र पर्ूव महासचिव माधवकुमार नेपालको नाममा असहमति जनाएको प्रसंगले पनि ओली पक्षलाई माओवादीविरुद्ध खेल्न थप बल मिलेको छ ।
एमालेभित्रै पनि यतिखेर राष्ट्रपतिका लागि माधव कुमार नेपालको नाम र्सवसम्मत हुन सकेको छैन । एमालेभित्रैबाट रबरछाप राष्ट्रपति चयन गर्ने माओवादीको चाहना रहेको आशंका पार्टर्ीीत्र झ्याँगिएको छ । संविधानसभा निर्वाचनमा दर्ुइदर्ुइ क्षेत्रबाट पराजित हुनुभएका नेपाललाई नैतिकताको आधारमा समेत राष्ट्रपतिको जिम्मेवारी लिने हक नरहेको टिप्पणी एमालेकै नेताहरु समेत गर्दछन् ।