काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाले २०३३ साल पुस १६ गते भारतको निर्वासन परित्याग गर्दै स्वदेश भित्रिंदा देशवासीका नाममा एक वक्तव्य जारी गर्दै भन्नुभएको थियो- "आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमूख हुने प्रवृत्तिको बोलवाला छ, यस्तो स्थितिमा सवभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ ।" मुलुक अहिले यस्तै अवस्थामा गुज्रिरहेको छ ।
राष्ट्रियता, राष्ट्रिय एकता र अखण्डताप्रति सचेत वीपी कोइरालाको सो भनाइको उपेक्षा गर्दै सत्तास्वार्थ बाहेक अरु केही नहर्ेर्ने संस्कार निर्माण गर्नपुगेको नेपाली कांग्रेस यतिखेर अस्तित्वरक्षाको संर्घष्ामा रहेको यसका प्रतिवद्ध र निष्ठावान नेता-कार्यकर्ताहरुले बताउन थालेका छन् । कांग्रेसको नेतृत्वले गरेको गलत राजनीतिक विश्लेषणका कारण कांग्रेसको यो अवस्था भएको रप्रधानमन्त्री तथा पार्टर्ीीभापति गिरिजाप्रसाद कोइरालाको अकर्मण्यता नै यसको एकमात्र जिम्मेवार रहेको उनीहरुको आरोप छ ।
आफूलाई जसरी पनि सत्ता र शक्तिमा उभ्याइरहन रुचाउने गिरिजाप्रसाद कोइरालाले जननेता वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई अपव्याख्या गर्दै अघि बढेका कारण कांग्रेस दर्ुदशाको निकट पुगेको निष्कर्षा पार्टर्ीी सिद्धान्तनिष्ठ कार्यकर्ताहरु पुगेका छन् । कोइरालाले पार्टर्ीीे मूल सिद्धान्त राष्ट्रिय मेलमिलाप सहितको प्रजातान्त्रिक समाजवादलाई लत्याएर अरुकै राजनीतिक नाराको भरिया बनेका कारण कांग्रेसका लागि आगामी दिन अनिष्टकारी, अन्योलपर्ूण्ा र पतनोन्मूखी सावित हुने आशंका कांग्रेसी वृत्तमा झ्याँगिएको छ । त्यसो त कांग्रेसका कतिपय प्रतिवद्ध नेताहरुले वीपी र गणेशमानले अंगिकार गनर्ुर्ुुको राष्ट्रिय मेलमिलापको नीति छाड्न नहुने बताइरहँदा उनीहरुलाई पार्टर्ीीत्रै अल्पमतमा पार्ने काम समेत भयो । एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले बारम्बार त्यो मार्ग नछोड्न गरेको आग्रहलाई समेत कोइरालाले सुन्नुभएन । विभाजित कांग्रेस एक भएपछि निकै उत्साहित हुनुभएका भट्टर्राईले नेपाली कांग्रेसले गणतन्त्रमा जाने घोषणा गरेपछि त्यसै दिन कांग्रेस बचाउन इमान्दार कार्यकर्ताहरुलाई आव्हान गर्दै पार्टर्ीीरित्याग गर्नुभएको थियो । ठीक यसै गरी जनआन्दोलन २०४६ का नायक गणेशमान सिंहले पनि जीवनको उत्तर्रार्द्धमा पार्टर्ीीत्र हावी भएको अप्रजातान्त्रिक शैली र संस्कारबाट रुष्ट हुँदै पार्टर्ीीरित्याग गर्नुभएको थियो ।
विश्वका सामु लोकतन्त्रवादी नेताको छवि बनाए पनि व्यवहारमा अधिनायकवादी बनेका कोइरालाको सत्ता मोहका कारण संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेस अस्तित्व संकटको गम्भीर मोडमा पुगेको हो । कुनै समय नेपाली कांग्रेसको महामन्त्री समेत रहिसक्नुभएका राजनीतिक विश्लेषक विश्वबन्धु थापाले केही समयअघि 'कांग्रेसको आगामी दिन अहिलेको राष्ट्रिय प्रजातन्त्र पार्टर्ीीे जस्तै रहने' भनेर गरेको भविष्यवाणी अहिले सत्यमा परिणत हुँदैगैरहेको छ । वामपन्थीहरुको बहुमत रहेको संविधानसभामा उनीहरुको एकताले कांग्रेसलाई यता न उताको अवस्थामा पुर्याइदिएको छ । संविधानसभा निर्वाचनबाट दोस्रो शक्तिमा झरेको कांग्रेसलाई अब बचेखुचेको शाख जोगाउन पनि हम्मे परेको छ । एमाले र माओवादीको सम्भाव्य गठबन्धनले कांग्रेसको भविष्यलाई अझ अन्धकारतिर धकेल्ने निश्चित प्रायः नै छ । कांग्रेसभित्रको यथास्थितिवादी-सामन्तवादी सोचले कोइराला र सत्ता स्वार्थबाहेक अन्यत्र ध्यान नदिने उनको भृत्यमण्डलीको भविष्य संकटमा पर्दैगएको छ ।
गिरिजाप्रसाद कोइरालाको सिद्धान्तविहीन एवं सत्तापरस्त अदूरदर्शी नेतृत्वका कारण उहाँसंगै कांग्रेसको इतिहास धुलोमा मिसिन पुगेको छ । स्व. विश्वेश्वरप्रसाद कोइरालाले स्थापित गर्नुभएको राष्ट्रिय मेलमिलापको नीतिलाई लत्याएर अरुकै नाराको पछिलाग्यो भने कांग्रेसको पतन निश्चित छ भन्दै चिन्ता व्यक्त गर्ने नेता कृष्णप्रसाद भट्टर्राईको कथन समयको अन्तरालमा सही सावित हुँदैगएको छ । कोइरालाको सत्ता स्वार्थ र गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनेर कर्ीर्तिमान कायम गर्ने मोहले जसरी राजतन्त्रलाई इतिहासको पानामा सीमित हुनुपुग्यो त्यसरी नै नेपाली कांग्रेस पनि भविष्यमा इतिहासकै पानामा मात्र सीमित हुने दिन आएमा कुनै आर्श्चर्य हुनेछैन । मुलुकमा वामपन्थीहरुको एकता कायम भएको अवस्थामा नेपाली कांग्रेस अब निरीहतापर्ूवक विपक्षीको कर्ुर्सर्ीी बस्नुको विकल्प छैन । अन्ततः विश्वेश्वरप्रसाद कोइरालाबाट 'हवल्दार'को उपाधि पाएका गिरिजाप्रसाद कोइरालाले आफ्नो अस्तित्व बचाउन अरुको अस्तित्व समाप्त पार्ने गलत नीति अख्तियार गरेकै कारण नेपाली कांग्रेस निरीह अवस्थामा पुगेको हो । सत्ता र क्षणिक सन्तुष्टिका लागि जस्तोसुकै कदम चाल्न पछिनपर्ने कोइरालाले यसअघि आफ्ना सहकर्मी गणेशमान सिंह, कृष्णप्रसाद भट्टर्रार्इर्र्लगायतका निष्ठावान नेताहरुलाई पार्टर्ीी टिक्नसक्ने वातावरण नै तयार हुन नदिनुभएको धेरैको मानसपटलमा अझै ताजै छ । मुलुकमा वृहत प्रजातान्त्रिक एकता आवश्यक रहेको बताउँदै गैरवाम दलहरुको त्यो मोर्चा गठनका लागि कोइरालालाई गरेको आग्रहको समेत वेवास्ता गरेर उहाँले पार्टर्ीीई अहिलेको नियति भोग्न विवश बनाउनुभयो ।