Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:20am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
मधेसवाद कि लेण्डुपपथको अनुशरण ?
Monday, 07.07.2008, 06:53pm (GMT+5.5)

काठमाडौं । ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भएर गणतन्त्र कार्यान्वनय भएको एक महिना वितिसक्दा समेत राजनीतिक अस्थिरता साम्य हुने कुनै संकेत छैन । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच गत फागुनमा भएको सहमतिको बुँदालाई नै संविधानमा समावेश गर्नुपर्ने अडान मधेसी नेताहरुले राखेका कारण एक मधेस एक प्रदेशको माग र त्यसको विरोधले मुलुक संकटबाट महासंकटको बाटोतिर उन्मुख भैरहेको प्रतीत छ । तीन दल र मधेसवादी दलहरुबीच चरणवद्ध वार्तापछि मधेसी नेताहरुको माग घुमाउरो पारामा स्वीकार गर्दै संविधान संशोधनको पुरक विधेयक संविधानसभा व्यवस्थापिका संसद्मा पेश गर्ने निर्ण्र्ााभए पनि त्यसबाट मधेसी नेताहरु सन्तुष्ट हुन सकेको देखिएको छैन । उता नेपालका आदिवासी भूमिपुत्रहरुले सरकारको निर्ण्र्ाार मधेसवादीहरुको मागका विरुद्ध आन्दोलनको घोषणा गरिसकेका छन् । उनीहरुले तर्राईलाई जवर्जस्ती मधेस बनाउने विदेशी षड्यन्त्रमा सरकार र ठूला राजनीतिक दलहरु संलग्न रहेको आरोप समेत लगाएका छन् । भूमिपुत्रहरु मधेसवाद नेपाललाई विखण्डन गर्ने नियोजित षड्यन्त्र भएको बताइरहेका छन् ।

समाजवाद, पूँजीवाद, मार्क्सवाद, लेनिनवाद, माओवाद जस्ता विभिन्न वाद र विचारहरुको बीचबाट एकाएक जन्मिएको देश नै टुक्र्याउने मधेसवाद स्वतः प्रस्फुटित विचार नभएर निर्देशित रुपमा नेपाल विखण्डन गर्ने गर्ने राष्ट्रघाती विचार भएको नेपालको राजनीतिक-बौद्धिक क्षेत्रको ठहर छ । यसको पुष्टिका लागि ज-जसले आफूलाई मधेसवादी नेताको रुपमा प्रस्तुत गरिरहेका छन्, उनीहरुको विगत र वर्तमानलाई केलाएर हेरे पुग्ने उनीहरुको कथन छ । नेपालको राष्ट्रवादी आन्दोलनमा संलग्न हुनेहरु मधेसवाद लेण्डुप दोर्जेपथ वा महेन्द्र चौधरीपथको रिहर्सल भएको बताइरहेका छन् ।

तर्राईलाई छुट्टै राज्य बनाउनर्ुपर्छ भनेर सशस्त्र अभियान चलाउनेदेखि लिएर आत्मनिर्ण्र्ााो अधिकारसहित एक मधेस एक प्रदेशको नारा लगाउनेहरु मधेसवादी हुन् र छुट्टै राज्य वा आत्मनिर्ण्र्ााो अधिकारसहितको स्वायत्त राज्य नै मधेसवाद हो । मधेसवाद नेपालको राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतामा आक्रमण गर्ने सिद्धान्त हो । तीन दशक अघि जसरी सिक्किममाथि षड्यन्त्र भएको थियो अहिले नेपालमाथि त्यही षड्यन्त्रको पुनरावृत्ति भैरहेको छ । नेपाललाई भूटानीकरण हुँदै सिक्किमीकरणको बाटोतिर डोर्‍याउने ग्राण्ड डिजाइन नै मधेसवाद हो । यो तथ्यलाई सरकार र राजनीतिक दलहरुले बुझेर पनि बुझपचाइरहेका छन् । निदेशित सिद्धान्तलाई आत्मसात गर्दागर्दै लत्रक्कै परेका नेताहरुले यसलाई रोक्नसक्ने नैतिक हैसियत समेत गुमाइसकेको विश्लेषकहरुको ठहर छ ।

इतिहासकारहरुका अनुसार हिमाल-पहाड-तर्राई गरी तीन क्षेत्रमा विभाजित नेपालको भौगोलिक मानचित्रमा मधेसीहरु भारतको मध्य प्रदेशबाट आएर तर्राईमा बसोबास गरेका आगन्तुक नागरिक हुन् । नेपालको भूगोलमा मधेस कहीं पनि छैन । त्यसो त दबाब दिएपछि जसले जे माग्छ त्यही दिने विगतको सरकारको लफंगो चालाले पनि मधेसीहरुको हौसला बढेको हो । सरकारले झण्डै ५ महिना अघि त्यतिबेलाको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चासंग ८ बुँदे सहमति गरेर एक मधेस एक प्रदेश वा मधेस स्वायत्त प्रदेश स्वीकार्ने कबुल गरेकै कारण अहिलेको अवस्था सिर्जना भएको हो । त्यतिबेला सहमति जनाउने कतिपय दलका नेताहरु अहिले आफूलाई चोखो देखाउन मधेसवादको विरुद्धमा उभिएका छन् ।

एक मधेस एक प्रदेशको नाराले जुनरुपमा मुलुकको राजनीतिलाई थप अस्थिर र अन्योलग्रस्त बनाइरहेको छ यसको एकमात्र कारण भनेको बाहृय स्वार्थपर्ूर्तिको षड्यन्त्र नै हो । समग्र तर्राई -मधेसको) हित चाहने भनेर आफूलाई प्रस्तुत गर्ने नेताहरु तर्राईका जनताको बिल्लीबाँठ हुँदा चुइँक्कसम्म गर्न सक्दैनन् । तर्राईका जनता अर्थात् उनीहरुलाई भोट दिएर विजयी गराउनेहरु भारतको कारणले डुबानमा परेका छन्, उनीहरुको भूमि हरिएको छ, चेलिबेटीको इज्जत लुटिएको छ, भारतबाटै आएका डाँकाहरुले घरबार लुटेका छन्, सीमा मिचिएको छ त्यतापट्ट िमधेसवादीहरुको ध्यान कहिल्यै पनि गएको छैन । जसरी हुन्छ, जुनरुपमा हुन्छ, जस्तोसुुकै हथकण्डा अपनाएर भए पनि एक मधेस एक प्रदेश घोषणा गर्न लगाएर समग्र तर्राईको राजा बन्ने र नेपाललाई खण्डित गर्ने भूत सवार भएका कुलंघार नेताहरुले मधेसवादको साटो 'नेपालवाद'लाई आत्मसात गरेका छैनन् ।

अहिले नेपालको राष्ट्रियता अत्यन्त कमजोर अवस्थामा छ । निर्देशित सिद्धान्तलाई अँगाल्ने, उनीहरुकै आदेशको पर्खाइमा बस्ने गर्नाले राजनीतिक गतिरोध अन्त्य हुन सकेको छैन । व्यक्तिगत र सीमित वर्गको स्वार्थका कारण मुलुक नै टुक्र्याउने षड्यन्त्रका गन्ध हृवासहृवास्ती आइरहेको छ । यस्तोमा मधेसवाद वा पहाडवाद भन्दा पनि नेपालवादले प्राथमिकता पाउनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन । एकथरि विश्लेषकहरु अहिले जसरी मधेसवादीहरु सक्रिय भैरहेका छन्, त्यसलाई गहन रुपमा नलिने हो भने नेपालले कि त सिक्किमीकरण, कि त युगोस्लोभाकियाकरणको नियती भोग्नुपर्ने खतरा औंल्याइरहेका छन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
दैनिक १० लाखको लगानी बालुवामा खन्याएको पानी (07.07.2008)
अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ? (07.07.2008)
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर (06.30.2008)
गण्डकमा नेपाली किसानको विजयमाग पूरा नभए कडा आन्दोलन (06.30.2008)
र्सलाही र सुस्तामा सीमा मिचियो (06.30.2008)
कांग्रेसमा अस्तित्व रक्षाको संर्घष्ा (06.30.2008)
एमालेमा भुसको आगो (06.30.2008)
भारतको बलमिच्याइप्रति मधेशवादी दलहरु मौन (06.30.2008)
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध (06.24.2008)
भारतीय अतिक्रमणको मार खाँदैछ तर्राईलेधोती र टोपीमा विभाजन ल्याउने षड्यन्त्र (06.24.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]