Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:33am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
सम्झौता पालना नहुँदा पर्ूवाञ्चल खतरामा
तर्राईलाई तहसनहस गर्ने भारतको योजना
Monday, 07.07.2008, 06:55pm (GMT+5.5)

काठमाडौं । पुराना सम्झौताहरु कार्यान्वयन नगर्ने तर नयाँ-नयाँ सम्झौता गरेर नेपाललाई संकटमाथि संकट थोपर्ने भारतीय षड्यन्त्र कोशी नदीमा पनि देखिएको छ । कोशी उच्चबाँध निर्माण गरी आफ्नो नदी जोड योजना सफल पार्ने सपना देखिरहेको भारतले कोशी नदीमा कायम रहेको व्यारेज सुरक्षाका लागि भने कुनै चासो देखाएको छैन । सन् १९६२ मा कोशी सम्झौता भएपछि त्यसको एक सय ९९ वर्षम्म व्यारेजको मर्मत गर्ने जिम्मा भारतको भए पनि त्यसको कार्यान्वयनमा भारतले वेवास्ता गरिरहेको छ । कोशी व्यारेज दिन प्रतिदिन जर्ीण्ा बन्दै गएपछि भारतले यसको मर्मतमा भन्दा अर्को व्यारेज निर्माणलाई प्राथमिकता दिएको छ । कोशी नदीको पानी नियन्त्रण गर्न भारतले अहिले आफ्नै सीमाभित्र पर्ने डलब-भवटियाही खण्डमा व्यारेज निर्माण गर्न थालेको समाचार छ । भारतले नेपाली भूमिलाई डुबान तथा बाढीको समस्यामा पारेर यहाँको जनजीवन तहसनहस पार्न र आफ्नो अभीष्ट पूरा गर्ने षड्यन्त्रमा लागेको सूत्रहरु बताउँछन् । उता कोशीमा व्यारेज निर्माणताका भाडामा लिएको १३ हजार नेपाली भूमिमध्ये कतिपयको अझै रकम नदिएको सम्बन्धित किसानहरुको गुनासो छ । त्यसो त भारतले झण्डै ५ करोड रुपैयाँ बराबरको मालपोत समेत तिरेको छैन ।

भारतले कुनै पनि नदी सम्झौताहरुको इमान्दारीपर्ूवक पालना गरेको छैन । यसको प्रत्यक्ष मार नेपाली जनताले खेपिरहेका छन् । हालै मात्र गण्डक बाँधका कारण पीडित बनेका नवलपरासीका बासिन्दाले सुरु गरेको आन्दोलनका कारण माग पूरा गर्ने सहमति भएको छ । तर सहमति भएको एक हप्ता वितिसक्दा पनि त्यसको कार्यान्वयन भएको छैन । आन्दोलनकारीहरुले सहमति कार्यान्वयन नभए कडा आन्दोलनको गर्ने हुँकार गरिसकेका छन् ।

भारतले निर्माण भैसकेको संरचनाको व्यवस्थापन गर्नेतिरभन्दा नयाँ नयाँ आयोजनाहरुमा हात हालेर नेपाललाई हैरानीमा पार्ने षड्यन्त्र सुरु गरेको छ । कोशी उच्चबाँध परियोजनामा निकै जोडतोडले लागेको भारतले नेपालको मोरङ, सुनसरी, सप्तरी र सिराहा जिल्लालाई जलमग्न बनाउने खतरा बढिरहँदा पनि कोशी व्यारेजको मर्मतमा वास्ता गरेको छैन । कोशी व्यारेजको आयु लगभग समाप्त भैसकेको छ । अहिले यसको भारवहन क्षमतामा पनि ह्रास आइरहेको विशेषज्ञहरु बताउँछन् । बाँधमा बालुवा थुप्रिएका कारण व्यारेजको सतह बढिरहेको छ । अहिले ४ लाख घनफिट पानी हुनासाथ खतराको घण्टी बज्न थाल्दछ । जवकि यसको पर्ूण्ा क्षमता भने ९ लाख घनफिट हो । पानीको उचाई बढ्दै जाँदा बाँधका ढोका खोल्ने विद्युतीय उपकरण समेत व्रि्रेका छन् । यसको मर्मत नहुँदा यसपालिको वषर्ाको सम्भावित खतराबाट सो क्षेत्रका बासिन्दाहरुमा अहिलेदेखि नै त्रास उत्पन्न भएको छ ।

कोशी व्यारेजमा आवश्यक मर्मत नहुँदा फुट्ने खतरा बढिरहेको छ । भारतले यसको मर्मतका लागि छुट्याउने बजेटमा व्यापक कटौती गरेको छ । आफ्नो सुरक्षाका लागि आफ्नै सीमामा व्यारेज निर्माण गर्ने भारतले कायम व्यारेजको उपयोगिता समाप्त भएर नै यसलाई वेवास्ता गरेको जानकारहरु बताउँछन् । कोशी सम्झौताबाटै नदीमाथि भारतको अग्राधिकार कायम रहेको हुँदा नेपाल डुबाएर भारतले आफ्नो भूमि रक्षा गर्नुका साथै विद्युत र पानीको पनि भरपूर उपयोग गर्नेछ ।

जनआन्दोलन-२ को सफलतापछि भारतीय चलखेल एकाएक बढेको छ । यहाँका राजनीतिक नेताहरुलाई धाम मारेरै नदीनाला हातपार्ने भारतीय दाउ अहिलेसम्म निकै सफल भैरहेको छ । माथिल्लो कर्ण्ााली र अरुण-३ हत्याउन भारतीय नेताहरुले गरेको चलखेलको सम्झना गर्नेहरु अझै कति महत्वपर्ूण्ा नदीनालामा भारतीय स्वामित्व स्थापित नहुन्जेलसम्म यो क्रम जारी रहने बताउँछन् । भारतको स्वार्थ नेपालको राजनीतिक स्थिरता र विकासभन्दा पनि यहाँको पानीमा एकलौटी हैकम जमाउने नै हो । लोकतन्त्र स्थापनापछि नेपालका शुभचिन्तकका रुपमा आफूलाई चिनाउन चाहने सीताराम येचुरीले जसरी माथिल्लो कर्ण्ााली र अरुण-३ जलविद्युत परियोजना भारतीय कम्पनीलाई दिलाउन सफल रहे त्यसै गरी अरु महत्वपर्ूण्ा आयोजनाहरुको अधिकार नजमाउँदासम्म भारतीय नेताहरुको नेपालप्रेम कायमै रहनेछ ।

नेपालसंग गहिरो र भावनात्मक विशेष सम्बन्ध भएको भारतले नेपालको मुख्य भूमि तर्राईलाई जलमग्न पारेर त्यहाँको जनजीवन तहसनहस पार्ने षड्यन्त्र बुनिरहेको छ । अहिले एक मधेस एक प्रदेशको नारासंग पनि यसलाई जोडेर हर्ेर्ने गरिन्छ । तर्राईका जनताको मुक्तिका लागि भनेर विखण्डनकारी नारा लगाइरहेका मधेसी नेताहरु तर्राईको समस्याप्रति खासै सरोकार राख्दैनन् । तर उनीहरुलाई राजनीतिक रुपमा स्वायत्तताको भने निकै चिन्ता छ । भारतका कारण तर्राईका जनताले डुबान समस्या भोग्दा मधेसी नेताहरुको मुखबाट वाफ निस्कदैन तर संविधानसभा बैठकमा भने एक मधेस एक प्रदेशको सुगा रटाइमा समग्र तर्राईको हितका कुरा गर्दछन् ।

गण्डक पीडितले जसरी आन्दोलन गरेर एउटा विजय प्राप्त गरे अब कोशी आसपासका बासिन्दाले पनि पानीमाथिको आफ्नो अधिकार स्थापित गर्न र व्यारेजको सुरक्षाका लागि आन्दोलनमा उत्रनुको विकल्प नरहेको सप्तरीका बासिन्दाहरुको भनाइ छ । बाँध फुटेमा र्सवाधिक डुबानमा पर्ने सप्तरीबासीहरु कोशी उच्चबाँधको पनि विरोधमा उत्रिएका छन् । कोशी उच्च बाँध निर्माण भयो भने त्यसबाट ४ लाख मानिस घरवारविहीन हुने र नेपालको पर्ूवाञ्चल क्षेत्रमा कुनै पनि बेला सुनामी भित्रिने विज्ञहरुले चेतावनी दिएका छन् । कोशी उच्च बाँधको स्थानीयस्तरमा जति नै विरोध भए पनि राजनीतिक तहले कानमा तेल हालेर बसेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
मधेसवाद कि लेण्डुपपथको अनुशरण ? (07.07.2008)
दैनिक १० लाखको लगानी बालुवामा खन्याएको पानी (07.07.2008)
अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ? (07.07.2008)
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर (06.30.2008)
गण्डकमा नेपाली किसानको विजयमाग पूरा नभए कडा आन्दोलन (06.30.2008)
र्सलाही र सुस्तामा सीमा मिचियो (06.30.2008)
कांग्रेसमा अस्तित्व रक्षाको संर्घष्ा (06.30.2008)
एमालेमा भुसको आगो (06.30.2008)
भारतको बलमिच्याइप्रति मधेशवादी दलहरु मौन (06.30.2008)
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध (06.24.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]