काठमाडौं । पुराना सम्झौताहरु कार्यान्वयन नगर्ने तर नयाँ-नयाँ सम्झौता गरेर नेपाललाई संकटमाथि संकट थोपर्ने भारतीय षड्यन्त्र कोशी नदीमा पनि देखिएको छ । कोशी उच्चबाँध निर्माण गरी आफ्नो नदी जोड योजना सफल पार्ने सपना देखिरहेको भारतले कोशी नदीमा कायम रहेको व्यारेज सुरक्षाका लागि भने कुनै चासो देखाएको छैन । सन् १९६२ मा कोशी सम्झौता भएपछि त्यसको एक सय ९९ वर्षम्म व्यारेजको मर्मत गर्ने जिम्मा भारतको भए पनि त्यसको कार्यान्वयनमा भारतले वेवास्ता गरिरहेको छ । कोशी व्यारेज दिन प्रतिदिन जर्ीण्ा बन्दै गएपछि भारतले यसको मर्मतमा भन्दा अर्को व्यारेज निर्माणलाई प्राथमिकता दिएको छ । कोशी नदीको पानी नियन्त्रण गर्न भारतले अहिले आफ्नै सीमाभित्र पर्ने डलब-भवटियाही खण्डमा व्यारेज निर्माण गर्न थालेको समाचार छ । भारतले नेपाली भूमिलाई डुबान तथा बाढीको समस्यामा पारेर यहाँको जनजीवन तहसनहस पार्न र आफ्नो अभीष्ट पूरा गर्ने षड्यन्त्रमा लागेको सूत्रहरु बताउँछन् । उता कोशीमा व्यारेज निर्माणताका भाडामा लिएको १३ हजार नेपाली भूमिमध्ये कतिपयको अझै रकम नदिएको सम्बन्धित किसानहरुको गुनासो छ । त्यसो त भारतले झण्डै ५ करोड रुपैयाँ बराबरको मालपोत समेत तिरेको छैन ।
भारतले कुनै पनि नदी सम्झौताहरुको इमान्दारीपर्ूवक पालना गरेको छैन । यसको प्रत्यक्ष मार नेपाली जनताले खेपिरहेका छन् । हालै मात्र गण्डक बाँधका कारण पीडित बनेका नवलपरासीका बासिन्दाले सुरु गरेको आन्दोलनका कारण माग पूरा गर्ने सहमति भएको छ । तर सहमति भएको एक हप्ता वितिसक्दा पनि त्यसको कार्यान्वयन भएको छैन । आन्दोलनकारीहरुले सहमति कार्यान्वयन नभए कडा आन्दोलनको गर्ने हुँकार गरिसकेका छन् ।
भारतले निर्माण भैसकेको संरचनाको व्यवस्थापन गर्नेतिरभन्दा नयाँ नयाँ आयोजनाहरुमा हात हालेर नेपाललाई हैरानीमा पार्ने षड्यन्त्र सुरु गरेको छ । कोशी उच्चबाँध परियोजनामा निकै जोडतोडले लागेको भारतले नेपालको मोरङ, सुनसरी, सप्तरी र सिराहा जिल्लालाई जलमग्न बनाउने खतरा बढिरहँदा पनि कोशी व्यारेजको मर्मतमा वास्ता गरेको छैन । कोशी व्यारेजको आयु लगभग समाप्त भैसकेको छ । अहिले यसको भारवहन क्षमतामा पनि ह्रास आइरहेको विशेषज्ञहरु बताउँछन् । बाँधमा बालुवा थुप्रिएका कारण व्यारेजको सतह बढिरहेको छ । अहिले ४ लाख घनफिट पानी हुनासाथ खतराको घण्टी बज्न थाल्दछ । जवकि यसको पर्ूण्ा क्षमता भने ९ लाख घनफिट हो । पानीको उचाई बढ्दै जाँदा बाँधका ढोका खोल्ने विद्युतीय उपकरण समेत व्रि्रेका छन् । यसको मर्मत नहुँदा यसपालिको वषर्ाको सम्भावित खतराबाट सो क्षेत्रका बासिन्दाहरुमा अहिलेदेखि नै त्रास उत्पन्न भएको छ ।
कोशी व्यारेजमा आवश्यक मर्मत नहुँदा फुट्ने खतरा बढिरहेको छ । भारतले यसको मर्मतका लागि छुट्याउने बजेटमा व्यापक कटौती गरेको छ । आफ्नो सुरक्षाका लागि आफ्नै सीमामा व्यारेज निर्माण गर्ने भारतले कायम व्यारेजको उपयोगिता समाप्त भएर नै यसलाई वेवास्ता गरेको जानकारहरु बताउँछन् । कोशी सम्झौताबाटै नदीमाथि भारतको अग्राधिकार कायम रहेको हुँदा नेपाल डुबाएर भारतले आफ्नो भूमि रक्षा गर्नुका साथै विद्युत र पानीको पनि भरपूर उपयोग गर्नेछ ।
जनआन्दोलन-२ को सफलतापछि भारतीय चलखेल एकाएक बढेको छ । यहाँका राजनीतिक नेताहरुलाई धाम मारेरै नदीनाला हातपार्ने भारतीय दाउ अहिलेसम्म निकै सफल भैरहेको छ । माथिल्लो कर्ण्ााली र अरुण-३ हत्याउन भारतीय नेताहरुले गरेको चलखेलको सम्झना गर्नेहरु अझै कति महत्वपर्ूण्ा नदीनालामा भारतीय स्वामित्व स्थापित नहुन्जेलसम्म यो क्रम जारी रहने बताउँछन् । भारतको स्वार्थ नेपालको राजनीतिक स्थिरता र विकासभन्दा पनि यहाँको पानीमा एकलौटी हैकम जमाउने नै हो । लोकतन्त्र स्थापनापछि नेपालका शुभचिन्तकका रुपमा आफूलाई चिनाउन चाहने सीताराम येचुरीले जसरी माथिल्लो कर्ण्ााली र अरुण-३ जलविद्युत परियोजना भारतीय कम्पनीलाई दिलाउन सफल रहे त्यसै गरी अरु महत्वपर्ूण्ा आयोजनाहरुको अधिकार नजमाउँदासम्म भारतीय नेताहरुको नेपालप्रेम कायमै रहनेछ ।
नेपालसंग गहिरो र भावनात्मक विशेष सम्बन्ध भएको भारतले नेपालको मुख्य भूमि तर्राईलाई जलमग्न पारेर त्यहाँको जनजीवन तहसनहस पार्ने षड्यन्त्र बुनिरहेको छ । अहिले एक मधेस एक प्रदेशको नारासंग पनि यसलाई जोडेर हर्ेर्ने गरिन्छ । तर्राईका जनताको मुक्तिका लागि भनेर विखण्डनकारी नारा लगाइरहेका मधेसी नेताहरु तर्राईको समस्याप्रति खासै सरोकार राख्दैनन् । तर उनीहरुलाई राजनीतिक रुपमा स्वायत्तताको भने निकै चिन्ता छ । भारतका कारण तर्राईका जनताले डुबान समस्या भोग्दा मधेसी नेताहरुको मुखबाट वाफ निस्कदैन तर संविधानसभा बैठकमा भने एक मधेस एक प्रदेशको सुगा रटाइमा समग्र तर्राईको हितका कुरा गर्दछन् ।
गण्डक पीडितले जसरी आन्दोलन गरेर एउटा विजय प्राप्त गरे अब कोशी आसपासका बासिन्दाले पनि पानीमाथिको आफ्नो अधिकार स्थापित गर्न र व्यारेजको सुरक्षाका लागि आन्दोलनमा उत्रनुको विकल्प नरहेको सप्तरीका बासिन्दाहरुको भनाइ छ । बाँध फुटेमा र्सवाधिक डुबानमा पर्ने सप्तरीबासीहरु कोशी उच्चबाँधको पनि विरोधमा उत्रिएका छन् । कोशी उच्च बाँध निर्माण भयो भने त्यसबाट ४ लाख मानिस घरवारविहीन हुने र नेपालको पर्ूवाञ्चल क्षेत्रमा कुनै पनि बेला सुनामी भित्रिने विज्ञहरुले चेतावनी दिएका छन् । कोशी उच्च बाँधको स्थानीयस्तरमा जति नै विरोध भए पनि राजनीतिक तहले कानमा तेल हालेर बसेको छ ।