Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:32am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
दिल्लीको प्रभाव के पर्ला ?
Monday, 07.21.2008, 05:38pm (GMT+5.5)

काठमाडौं । भारतमा सुरु भएको सत्ता समीकरणको पछिल्लो खेलले नेपालको आन्तरिक राजनीतिमा के कस्तो प्रभाव पार्ने हो भन्नेबारे राजनीतिक बौद्धिक क्षेत्रमा तीब्र उत्कण्ठा जागृत भएको छ । कांग्रेस नेतृत्वको संयुक्त राष्ट्रिय प्रगतिशील गठबन्धन सरकारबाट वाममोर्चा, बहुजन समाजवादी लगायतका केही दलहरुले र्समर्थन फिर्ता लिएपछि कांग्रेस सरकार गिर्ने अवस्थामा पुगेको छ । सरकार जोगाउन सांसद खरीद-विक्रीको ठूलो कसरत भैरहेको समाचार पनि प्रकाशमा आइरहेका छन् । सरकारले आज संसद्मा विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्दैछ भने दर्ुइ दिनपछि मतदान हुने भएको छ । विपक्षी दलहरु सोनिया गान्धीको मनमोहन सरकारलाई विश्वासको मत हाँसिल गर्न नदिन एकजुट भएका छन् । गणितीय खेलमा कांग्रेस सरकार अहिलेसम्म पछाडि नै परेको समाचार विवरण आइरहेकाले भारतमा केन्द्रीय सत्ता परिवर्तन हुँदा नेपालमा पर्नसक्ने प्रभावबारे उत्सुकता बढेको हो ।

सीमावर्ती क्षेत्रमा आतंक
काठमाडौं । नवलपरासी जिल्लाका सीमावर्ती क्षेत्रका गाउँहरुमा केही दिनयतादेखि भारतका प्रहरीहरु हतियारसहित प्रवेश गरेर घुमफिर गरी र्फकने गरेका छन् । नियमित रुपमा देखिन थालेको यस्तो गतिविधिले जनमानसमा आतंक सिर्जना भएको छ तापनि यस्तो निषेधित गतिविधि रोक्न नेपालको प्रहरी र प्रशासनले कुनै चासो नदेखाएको पीडित जनताले बताएका छन् । गण्डक नहरले सिर्जना गरेको डुवान समस्या र पानीको उपभोग अधिकारबारे केही अगाडि आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई मनोवैज्ञानिक रुपले आतंकित पार्न सुनियोजित रुपमा भारतका वर्दीधारी प्रहरीहरु हतियारसहित पस्नेगरेको आशंका पीडित जनताले गरेका छन् । र्सार्वभौम मुलुकको सीमाभित्र यसरी विदेशी सुरक्षाकर्मीले चलखेल गर्न पाउने कुनै अधिकार छैन । भारतको हस्तक्षेपकारी मिचाहा नीतिबारे नेपालको सरकार र प्रशासनिक निकायहरु भने प्रतिक्रियाहीन र मौन रहेको स्थानीय जनताको भनाइ छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी (07.07.2008)
सम्झौता पालना नहुँदा पर्ूवाञ्चल खतरामा तर्राईलाई तहसनहस गर्ने भारतको योजना (07.07.2008)
मधेसवाद कि लेण्डुपपथको अनुशरण ? (07.07.2008)
दैनिक १० लाखको लगानी बालुवामा खन्याएको पानी (07.07.2008)
अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ? (07.07.2008)
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर (06.30.2008)
गण्डकमा नेपाली किसानको विजयमाग पूरा नभए कडा आन्दोलन (06.30.2008)
र्सलाही र सुस्तामा सीमा मिचियो (06.30.2008)
कांग्रेसमा अस्तित्व रक्षाको संर्घष्ा (06.30.2008)
एमालेमा भुसको आगो (06.30.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]