काठमाडौं । पञ्चायतकालभरि र बहुदलको केही वर्षम्म आफूलाई राष्ट्रवादी शक्तिको रुपमा उभ्याएर जनताको मन जितेको नेकपा एमाले हालका दिनमा त्यो विचार पनि बोक्ने तर चाहिएको बेला उपयोग गर्न नसक्ने पार्टर्ीीे रुपमा चिनिएको छ । पछिल्लो पटक भएको राजनीतिक समीकरणमा पनि यस्तै देखिएको छ ।
सधैं अरुको उपयोगमा आउने नेकपा एमालेले ढिलै भए पनि एक मधेस एक प्रदेशलाई अस्वीकार गर्ने घोषणा गरेको एक साता बित्न नपाउँदै सोही माग राख्ने दलहरुसंग सहकार्य गर्न पुगेको छ । त्यसो त कांग्रेस, एमाले र फोरमबीच भएको सहमतिमा एक मधेस एक प्रदेशका विषयमा के भयो भन्ने कुरा र्सार्वजनिक भएको छैन । माओवादीले अन्तिम समयमा आएर दिएको धोकाले तिल्मिलाएको एमाले जसरी पनि माओवादीलाई तह लगाउने धूनले नयाँ समीकरणमा पुगेको भए पनि भोलिका दिनमा यो सहमतिले राष्ट्रघातलाई मलजल गर्दैन भनेर भन्न सकिने अवस्था भने छैन ।
'अघि .... जानिन पछि ..... मानिन' भनेजस्तै जे जसरी भए पनि चैत्र २८ गते संविधानसभाको निर्वाचन सम्पन्न गर्ने नाममा मधेसीहरुसंग भएको राष्ट्रघाती सम्झौताले तत्कालका लागि सवैलाई राहत दिएको भए पनि अहिले त्यो विषय नेताहरुका लागि 'काउछो' बन्न पुगेको छ । अझ अहिले त उनीहरुसंगको सहकार्यले यो विषय झन जटिल बन्न पुगेको छ । काउछोको रुपमा हरेक क्षण चिलाइरहने एक मधेस एक प्रदेशको माग र आन्दोलनले अझै कति उग्ररुप पर््रदर्शन गर्ने हो त्यसको कुनै टुंगो नभए पनि शर्ीष्ा वामपन्थी दलहरुमा ढिलै भए पनि चेत खुलेको अनुभूति जनताले गर्न पाउँदा नपाउँदै शर्ीष्ा दर्ुइ दलले मधेसी नेताहरुसंगै सहकार्यको भीख मागेर आफूहरुलाई उदांग चाहिं बनाएकै हुन् ।
नेपालमा जे भैरहेको छ त्यो नेपाली जनताको चाहनाले भन्दा पनि बाहिरी इशारा र निर्देशनबाट बढी परिचालित छ । एमाले र माओवादी नेताहरुले एक मधेस एक प्रदेश राष्ट्रघात हो भन्ने कुरा यति ढिलो थाहा पाउनु नेताहरुको अल्पज्ञान नभएर उनीहरुको वाध्यता हो । बेलाबेलामा भैरहने निर्देशन र दबाबलाई झेल्न नसक्ने नेताहरुले तत्कालको अप्ठेरो सल्टाउन राष्ट्रलाई दर्ीघकालीन सकसमा ठेलिदिन्छन् । यहाँ विचारणीय कुरा के छ भने हिजो महाकाली सन्धि हुँदा पनि रातारात सहमति जनाएर एमालेले यस्तै चरित्र पर््रदर्शन गरेको थियो ।
सरकारमा नपुगेको र क्रान्तिकारी नाराहरु लगाउन नछाडेको नेकपा माओवादीलाई यतिखेर राष्ट्रियता बचाउने र मुलुकलाई समृद्धिको बाटोतिर डोर्याउने अवसर प्राप्त भए पनि उनीहरुकै अहंकारले त्यो सम्भावना टुट्दै छ । जनताको अपेक्षा माओवादीको सरकार गठनसंगै नेपाल भारतबीचका अनगिन्ती समस्या र राजनीतिक अस्थिरताका जडहरुलाई चिरेर अघि बढ्छन् भन्ने विश्वास पनि खण्डित भएको छ । विगतमा भारतविरुद्ध बंकरयुद्ध गर्ने घोषणा गरेका माओवादी नेताहरु बेलाबेलामा सुटुक्क लैनचउर छिर्दा भने नेपाली जनतामा कताकता अविश्वास पलाइरहेको सर्न्दर्भमा राष्ट्रपतिको निर्वाचनका लागि रातारात भएको खेलले त्यो विश्वासलाई भत्काएको छ ।
मधेसी नेताहरुसंग विगतमा भएको सहमतिलाई संविधानसभा निर्वाचन जसरी पनि सम्पन्न गर्नुपर्ने एउटा कडीका रुपमा लिइएको भए पनि अहिले त्यो सवैका लागि गलपासो बनेकोमा दर्ुइमत छैन । शर्ीष्ा नेताहरु मधेसी नेताहरुको राष्ट्र विखण्डन गर्ने हुँकारलाई समेत टुलुटुलु चुपचाप सुनेर मात्र बस्ने गरेका छन् । संविधानसभा बैठकमै ती नेताहरुले आफूहरुको माग पूरा नभए देश टुक्रिने धम्की दिंदा कसैले प्रतिकारका एक शब्द पनि बोल्ने हिम्मत गरेनन् । तर अहिले तिनै नेताहरुलाई उनीहरुको राजनीतिक महत्वकांक्षाका विषयमा कुनै टुंगो नलगाई एकाएक समीकरणमा जानुले पनि अनेक प्रश्नहरु जन्माएको छ ।