Yugasambad.Com.Np

वीपी कोइराला ः नाममात्रको सम्झना
Monday, 07.21.2008, 05:42pm (GMT5.5)

काठमाडौ । मुलुक अभूतपर्ूव राजनीतिक संकटको दिशातिर मोडिएको बेला राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका लागि विशिष्ट योगदान दिनुभएका दिवंगत नेता विश्वेश्वरप्रसाद कोइरालाको २६ औं स्मृति दिवस हिजो देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । वीपीको सम्झना गर्ने क्रममा नेपाली कांग्रेसले राजधानीदेखि जिल्लामा अन्तक्रिर्या, वृक्षरोपण, विचारगोष्ठी लगायतका कार्यक्रम गर्‍यो तर उहाँका विचारहरु पालना गर्ने र मुलुक जोगाउनेतिर भने कुनै प्रयासको थालनी भएन । वीपीको नाम कांग्रेसका लागि अहिले पनि सत्तारोहणको एउटा औजार मात्र बनिरहेको छ ।

समाजवादी राजनीति र अराजकतावादी साहित्यका उन्नायक वीपी कोइरालाले १०४ वर्षो राणा शासनको अन्त्य गरेर नेपालमा प्रजातन्त्र स्थापनार्थ पुर्‍याउनुभएको योगदान जहिले पनि स्मरणीय छ । २०१७ सालको राजनीतिक परिवर्तनपछि निर्वासनमा जानुभएका वीपीले २०३३ सालमा 'मुलुकको राष्ट्रियता संकटमा परेको र बाहृय हस्तक्षेप बढेको' भन्दै राष्ट्रिय मेलमिलापको नीतिसहित आफूमाथि लागेको मृत्युदण्डको फैसलाको समेत पर्वाह नगरी स्वदेश र्फकनुभएको थियो । वीपी मुलुकभित्रको राजनीतिक समस्याहरु यही बसेर समाधान गर्न सकिन्छ भन्दै स्वदेश र्फकनुभएको थियो । तर, अहिले उहाँले खनेको मूल बाटोबाट नेपाली कांग्रेस धेरै टाढा पुगिसकेको छ ।

नेपाली कांग्रेसले आज उहाँको सिद्धान्त र विचारलाई सत्ताभोग गर्ने औजारको रुपमा मात्र उपयोग गर्दैआएको छ । वीपीले नै स्थापना गर्नुभएको नेपाली कांग्रेस उहाँका विचार र चाहनाविपरीत मुलुकलाई कमजोर बनाउने र सत्तास्वार्थमा डुबिरहने र विदेशी हस्तक्षेप निम्त्याउने सूत्र बन्दैगएको छ ।

'जब संकट आर्इपर्छ, तब धरतीको एक मुठ्ठी माटो हातमा लिएर मनमा प्रश्न गर्दा जवाफ आफँै पाउन सकिनेछ' भन्ने बी.पी.को राष्ट्रवादी चिन्तन थियो । उहाँका अनुयायीहरुले वीपीको राष्ट्रवादी चिन्तनलाई कुल्चेर मुलुकलाई विखण्डनको संघारतिर धकेलिरहेका छन् । यसतर्फवीपीका सच्चा अनुयायीहरुले सजग भएर राष्ट्रवादी अभियान नै छ्ड्नुपर्ने बेला आएको छ ।

बी.पी.को राष्ट्रिय मेलमिलाप नीति जहिले पनि मुलुकका लागि आवश्यक सिद्धान्त हो । राष्ट्रिय मेलमिलापकै अभावले गर्दा मुलुक विखण्डनको संघारमा पुगेको हो । वीपीको भनाइ थियो- 'देशले धेरै समस्याहरुको सामना गरिरहेछ । त्यसको समाधान गर्न बुद्धिमत्तापर्ूण्ा नेतृत्व चाहिन्छ, जसले व्यक्ति र समूहबीचको राजनीतिक मतभेद अन्त्य गरी राष्ट्रिय एकता कायम गर्न सकोस् ।' अहिले देश संकटमा छ, संकट चर्कंदै गएको छ । राष्ट्रिय अस्तित्व नै समाप्त हुने किसिमका गतिविधिहरु भैरहेका छन् । राजनीतिक विश्लेषक, वुद्धिजीवी र राष्ट्रवादीहरुले नेपालको भविष्य खतरामा पर्दैगएको औंल्याइरहेका छन् ।

"स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशमुखी प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ ।" भन्ने विचार प्रकट गर्नुहुने विश्वेश्वर कोइरालाले राष्ट्रियता संकटमा परेको बेला मेलमिलापको नीतिलाई नै अगाल्नुभएको हो । त्यो प्रसंग अहिले सर्न्दर्भभन्दा धेरै टाढा पुगिसकेको छ । वीपीकै शब्दावलीमा भन्ने हो भने- अहिलेको राष्ट्रिय संकटको घडीमा विगतका अप्रिय विवाद र मतभिन्नतालाई बिर्सर्ेेएकताको सूत्रमा राजनीतिक दलहरु बाँधिनुपर्ने अवस्था आएको छ ।'