Yugasambad.Com.Np
National Weekly
 
Thursday, 08.28.2008, 05:57pm (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ ; प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका ; राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट ; माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी ; माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Poll
माओवादीको नेतृत्वमा सरकार गठन होला ?
हुन्छ
हुदैन
भन्न सकिन्न
 
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति
Monday, 07.21.2008, 05:43pm (GMT+5.5)

काठमाडौं । अनेक दाउपेच र खेलकाबीच राष्ट्रपतिको निर्वाचन सम्पन्न भएर गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा नेपाली कांग्रेसका नेता डा. रामवरण यादव निर्वाचित हुनुभएको छ । यादवले नेकपा माओवादीबाट प्रस्तावित उम्मेदवार रामराजाप्रसाद सिंहलाई २८ मतले पराजित गर्नुभएको हो । यादवको पक्षमा तीन सय आठ मत परेको थियो भने सिंहको पक्षमा दर्ुइ सय ८० मत मात्र परेको थियो । कुल पाँच सय ९० मत खसेकोमा दर्ुइ मत बदर भएको थियो भने राप्रपा नेपालले निर्वाचन बहिष्कार गरेको थियो । यसअघि गत शनिवार भएको निर्वाचनमा उपराष्ट्रपति पदका लागि मधेसी जनअधिकार फोरमका उम्मेदवार पर्ूव न्यायाधीश परमानन्द झा निर्वाचित भैसक्नुभएको छ ।

राजनीतिक विश्लेषकहरुका अनुसार- राष्ट्रपतिको निर्वाचन प्रकरणमा प्रमुख राजनीतिक दलहरुबीच उत्पन्न कटुताले मुलुकको भावी राजनीतिक दिशा अनिष्ट सूचक बन्नसक्ने आशंका भने खडा भएको छ । शान्ति प्रक्रिया र संविधान लेखनकार्य तार्किक निष्कर्षा नपुग्दासम्म सहमतीय राजनीतिक अभ्यास अपरिहार्य रहेको वास्तविकतालाई उपेक्षा गरेर प्रमुख राजनीतिक दलहरु सत्ता समीकरणको गणितीय खेलमा सामेल हुन पुगेकाले नेपालको समग्र राजनीति अविश्वास र आशंकाले धुमिल भैरहेको छ । अब सात दलीय गठबन्धनको अवशेष पनि बाँकी नरहेको प्रतीत छ । संविधानसभाको निर्वाचनमा अग्रता हाँसिल गरेको नेकपा माओवादीलाई सहजै सत्ता नसुम्पिने मानसिकताले सिर्जना गरेका समस्याहरुबाटै विश्वासको संकट खडा भएको जगजाहेर छ । राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचनमा बाह्रवर्षो संसदीय अभ्यासलाई फोहोरी खेलमा परिणत गर्नेखालका अभ्यासहरु पुनर्जागृत भएर आए । विगतमा संसद्लाई जस्तै अहिले व्यवस्थापिका संसद् समेत रहेको संविधानसभालाई परेड खेल्ने मैदान र क्रय-विक्रयको थलो बनाउने अशुभ संकेतहरु यथेष्ट मात्रामा देखिए । यस्तै गतिले भविष्यमा राम्रो संविधान बन्नसक्ने सम्भावनाबारे शंका उठेको छ । संविधानसभा ठूला दलहरुको लाचार छायाँ सिवाय केही बनेको जनअनुभूति छैन । संविधानसभा गठन भएको तीन-तीन महिना बितिसक्दा पनि जननिर्वाचित सरकार बन्न नसक्नु र संविधान लेखन प्रक्रियाको थालनी नै अकल्पनीय बन्नु भावी दिनका लागि अशुभ संकेत नै हो । निर्ण्ाायक हैसियत राख्ने ठूला दलका नेताहरुले एक अर्कामाथि आरोप-प्रत्यारोप लगाउँदै अविश्वास र घृणा फैलाउने अभियान चलाएर समग्र राजनीतिक नेतृत्व विफल भएको पुष्टि गरेका छन् । नेपाललाई असफल राष्ट्र बनाएर नाङ्गो हस्तक्षेप बढाउने लालशा राखेका नेपथ्यभित्रका बाहृय शक्तिहरुले परिवर्तित परिस्थितिलाई पनि आफ्नो दूराकांक्षा पूरा गर्न भरपुर उपयोग गरिरहेको कटुबोध विस्तार हुँदैगएको छ । पक्ष प्रतिपक्षको रेखा कोरी मुलुकको भावी राजनीतिलाई मोलतोल र क्रय विक्रयको दिशातिर उन्मुख गराउने प्रथम चरणको अभ्यासले जनताको अभिमत र संविधानसभाको मर्यादामाथि नै चोटिलो प्रहार गरेकाले जनमानसमा निराशा, अविश्वास र विरक्तता चुलिन थालेको छ । देशको राजनीति फेरि अनपेक्षित द्वन्द्वको बाटो समात्दै हिंसा भड्किने दर्ुर्नियतिको दिशातिर त मोडिने होइन भन्ने आशंका पनि चुलिंदै गएको छ । नेपाली जनता निकट भविष्यलाई सुखद् सन्देशमुखी होइन विकराल समस्याको अनपेक्षित दिशातिर धकेलिने आशंकाले चिन्तित भएर हेरिरहेका छन् । यो सवै समष्टिमा वर्तमान राजनीतिक नेतृत्वपंक्तिकै विफलताको सूचक हो ।

नेपालको समसामयिक राजनीतिक परिस्थितिले अकल्पनीय मोड लिएको छ । राजनीतिक गतिविधिहरु उल्टो दिशातिर मोडिएका छन् । नेपथ्यबाट हुने गरेका अदृश्य र अपारदर्शी खेलकै कारण सोच र अनुमान विपरीतका दृश्यहरु सिर्जित भएका छन् । नेकपा माओवादीको नेतृत्वमा बहुमतको वाम सरकार बन्ने निश्चित प्रायः अवस्था सिर्जना भएको अनुभूत भैरहेको बेला एक्कासी परिस्थितिले नयाँ मोड लियो । माओवादी र एमालेबीच अविश्वासको पहाड खडा भयो । संविधानसभाको निर्वाचन परिणाम आएदेखि नै नेकपा माओवादीको अग्रतालाई पचाउन नसकेका देशी-विदेशी शक्तिहरुले माओवादीको बाटो छेक्न गरेको व्यूहरचना राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन प्रकरणमा आएर उदाङ्गयिो । संविधानसभा निर्वाचनको प्रचार अभियानमा प्रथम राष्ट्रपतिको रुपमा प्रस्तुत गरिनुभएका नेकपा माओवादीका अध्यक्ष क. प्रचण्ड निर्वाचनपछि प्रधानमन्त्रीका रुपमा 'प्रोजेक्टेड' भए पनि त्यो अवसर पनि प्राप्त नहुने शंका अहिले खडा भएको छ । प्रथम राष्ट्रपति बन्ने लालसाले सत्ता हस्तान्तरणलाई चर्को वार्गेनिङको औजार बनाउनुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पनि हातलाग्यो शून्य भएको छ । विगतमा जति लितीकस्दा पनि प्रधानमन्त्री बन्न नपाउनुभएका माधव नेपाललाई दर्ुइ दर्ुइ ठाउँबाट चुनाव हारेको चोट विर्सर्ाा 'राष्ट्रपति' बनाउन एमालेले दाउ गरे पनि त्यो प्रत्युत्पादक नै सिद्ध भयो । शिखर पुरुष बन्न चाहने मर्ुधन्यहरु एक एक गरी पाखा लागे । पार्श्व निर्देशनका खेलले व्यक्तित्व क्षयीकरणलाई रणनीतिकै रुपमा उपयोग गर्ने गरेको आभाष यसपटक पनि दोहोरियो ।

राजनीतिक जोड घटाउको खेल सधैं चलिरहन्छ । जनताले पछाडि पारे पनि पार्श्वशक्तिको उपयोगमा आएर सत्ता राजनीतिको माहिर खेलाडीका रुपमा उभिने कलामा नेपाली कांग्रेस यसपटक पनि अगाडि देखिएको छ । नेकपा एमालेको प्रतिशोधात्मक र प्रतिक्रियात्मक चरित्रले तत्काल नेकपा माओवादीलाई हानी पुर्‍याए पनि कांग्रेसको पुच्छर बन्नबाट अलगिएर उसले कुनै मौलिक भूमिका स्थापित गर्न सकेन न त विशेष लाभ नै हाँसिल गर्नसक्यो । संसदीयकालमा 'राप्रपा'लाई टाउकोमा बोक्न विवश भएझैं अहिले कांग्रेस र मधेसी जनअधिकार फोरमको भरिया बन्ने नियतिलाई एमालेले राम्रैसंग सकार्‍यो । माओवादीलाई जति नै सत्तोसराप गरे पनि माधव नेपालको निर्विकल्पता प्रस्तुत गरेर एमालेले पाएको अवसर गुमाउने र सत्ता समीकरणको संसदीयकालकै फोहरी खेल दोहोर्‍याउन सघाउ पुर्‍याउने बाहेक कुनै बुद्धिमत्ता देखाएन । यो प्रकरण नेकपा एमालेलाई थप क्षयीकरणको दिशातिर धकेल्ने अर्को कारण बन्नसक्छ । माओवादीसंगको एकल सहयात्रा अन्तर्रर्ााट्रय समुदायले नपचाउने आशंका र छिमेकी मित्रको आन्तरिक दवाबकै कारण सहयात्राको सम्भावना टुटाउन एमाले नेतृत्वले हठ नछोडेको राजनीतिका खेलाडीहरुले नबुझेका छैनन् । अर्कातिर नेकपा माओवादीले पनि तीन तीन महिनासम्म आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर प्राप्त हुन नसक्नुको पछाडिका कारण पत्ता लगाउन नसक्नु र ठूला साना सवै वाम दलको विश्वास जित्न कुनै रणनीतिक प्रयास नगर्नु वर्तमान नियतिको स्रोत हो भन्ने प्रष्ट प्रमाणित भएको छ ।

नेकपा माओवादीले संसदीय चरित्रको अभ्यासमा मात्रै आफूलाई सीमित नगर्ने पक्कापक्की नै छ । उसको अन्तिम गन्तव्य जनवादी गणतन्त्र नै हो भन्ने खुलस्त नै छ । नेकपा माओवादीका अध्यक्ष क. प्रचण्डले नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी जनअधिकार फोरम बीचको समीकरणलाई अपवित्र र अराजनीतिक गठबन्धनको संज्ञा दिंदै यसबाट शान्ति प्रक्रिया नै भंग हुनसक्ने कडा प्रतिक्रिया दिनुका पछाडि कुनै रणनीतिक सोच छैन भन्न मिल्दैन । माओवादीसंग अहिले पनि 'जनसरकार, जनसेना, जनअदालत र जेल'का अभ्यासहरु छन् । समानान्तर राज्यशक्तिको अभ्यास कुनै न कुनै रुपमा जारी नै रहेको छ । माओवादीलाई मूलधारबाट पाखा लगाएर संसदीयकालकै प्रवृत्ति र चरित्र वरण गर्दै नयाँ नेपालको संरचना गर्नु कदापि सम्भव छैन । माओवादीलाई घेराउ गर्ने, एक्लो पार्ने र प्रतिपक्षमा थन्क्याउने नेपथ्य निर्देशित एवं प्रक्षेपित खेलले नेपाललाई असफल राष्ट्र बनाउन, विखण्डन र विर्सजनको दिशातिर धकेल्न सघाउने बाहेक कुनै सकारात्मक परिणाम नदिने निश्चित नै छ । विभिन्न कोणबाट राष्ट्र विखण्डन र राष्ट्रियता नै समाप्त हुनसक्नेसम्मका चिन्ताहरु त्यसै जाहेर हुनथालेका होइनन् । देशमा अहिले राष्ट्रिय एकता र अनुशासन करिब करिब भंग भैसकेको अवस्था छ । देश राजनीतिक दर्ुघटनाको संघारतिर धकेलिएको छ । देशले हार्दै गएको पीडादायी अनुभूति र्सवत्र व्याप्त छ । आम जनमानसमा निराशा र हताशा बाहेक केही छैन । प्रमुख राजनीतिक दलहरुको केन्द्रविन्दु सत्ता मात्र बनेको छ । शान्ति प्रक्रिया विपरीतका गतिविधिहरु छरपस्ट छन् । राजनीतिक मूल्य, मान्यता र आदर्शको विर्सजन भैसकेको छ । राजनीतिक नेतृत्वपंक्तिको विफलताले देशको परिस्थिति संभाल्नै नसक्ने बाटोमा पुगेको छ । नेपथ्यबाट निर्देशित राजनीतिक अभिनयले मुलुकलाई स्थायी शान्तिको बाटोमा पुग्न नदिने आशंका झ्यांगिएको छ । धमिलो पानीमा माछामार्न उद्यत हुनेहरुले यस्तो अनपेक्षित परिस्थितिबाट कस्तो लाभ उठाउने हुन् - त्यो अकल्पनीय छ र चिन्ताको विषय पनि त्यही हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
वीपी कोइराला ः नाममात्रको सम्झना (07.21.2008)
तर्राईमा एकात्मक शासन लाद्ने नयाँ षड्यन्त्रसवै दलहरु भारतको फन्दामा (07.21.2008)
एमालेमा सधैं यस्तै हुन्छ (07.21.2008)
दिल्लीको प्रभाव के पर्ला ? (07.21.2008)
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी (07.07.2008)
सम्झौता पालना नहुँदा पर्ूवाञ्चल खतरामा तर्राईलाई तहसनहस गर्ने भारतको योजना (07.07.2008)
मधेसवाद कि लेण्डुपपथको अनुशरण ? (07.07.2008)
दैनिक १० लाखको लगानी बालुवामा खन्याएको पानी (07.07.2008)
अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ? (07.07.2008)
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर (06.30.2008)



 
  ::| Events
August 2008  
Su Mo Tu We Th Fr Sa
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30
31            
 
::| Hot News
कोशी सम्झौताबाट राष्ट्रघात भएको ठहरभारतले क्षतिपर्ूर्ति दिनर्ुपर्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा शपथग्रहणभागवण्डाको खिचलोले सरका
राजनीतिक समीकरणको जोडघटाउ तीब्रप्रधानमन्त्रीको चयन निर्वाचनबाट
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी
राजनीतिक भीडन्तको अवाञ्छित अवस्थादलहरु एकले अर्कोलाई सिध्याउने खेलतिर
कांग्रेस र माओवादीबीच हिउँको पहाड खडाराजनीतिक निकासको बाटो अवरुद्ध
राजनीतिक कसरतहरु परिणामहीनजननिर्वाचित सरकार कहिले बन्ने पत्तो छैन

© Neeraz.Com 2007
[Top Page]