Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:58am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
नारा मात्रै चर्का
Tuesday, 07.29.2008, 10:06am (GMT+5.5)

काठमाडौं । अधिकारका चर्का कुरा गर्ने, समावेशी हुनुपर्ने र यसैका लागि हामी प्रतिवद्ध हुन्छौं भनेर राजनीतिक भाषण गर्ने सभासद् महिलाहरुले अन्ततः महिलालाई रोज्न सकेनन् । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनका बेला नयाँ समीकरण बन्नुअघि नेकपा माओवादी र नेकपा एमालेले उठाएका दर्ुइजना महिला सभासद् शान्ता श्रेष्ठ र अष्टलक्ष्मी शाक्यलाई महिला सभासद्हरुले एकमुष्ट भोट दिएनन् । उनीहरु पार्टर्ीीे हृवीपभन्दा बाहिर गएर निर्ण्र्ाागर्नै नसक्ने अवस्थामा रहेको प्रष्ट भएको छ ।

राज्यको हरेक क्षेत्रमा समावेशी प्रतिनिधित्व हुनर्ुपर्छ भन्दै सडक तताउने महिलाहरुले सदन भने तताउन सकेका छैनन् । अरु त अरु महिला अधिकारका पक्षमा कार्य गरेको भनेर अन्तर्रर्ााट्रय पुरस्कार पाउने सभासद् समेत पार्टर्ीीवीपभन्दा बाहिर जान सकिनन् । महिला, दलित, जनजाति, आदिवासी, पिछडिएका वर्ग, मधेसी, हिमाली सवैको समान प्रतिनिधित्व मुलुकले खोजेको छ । तर शर्ीष्ा दलहरु र ती दलका नेताहरुको राजनीतिक स्वार्थले समावेशी प्रतिनिधित्वलाई लत्याइरहेको छ । राजनीतिक समीकरण वा सहकार्य मिले समावेशी हुने नमिले हृवीप जारी गरेर आफ्नो पक्षमा निर्ण्र्ाागराउने परिपाटी यसपटक राम्रैसंग देखियो । विगतको संसदीय अभ्यासकाल जस्तै संविधानसभामा पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा झण्डै दर्ुइ सयको हाराहारीमा रहेका सभासद् महिलाहरुले आफीहरुबीचको एकता पर््रदर्शन गर्न सकेनन् ।

राजनीतिक मञ्च र सडकमा उप्रिmएर समावेशीको चर्को नारा लगाउने महिला सभासद्हरुको नैतिकता यतिबेला छताछुल्ल भएको छ । दलगत स्वार्थभन्दा माथि उठ्न नसक्ने उनीहरुको चरित्रले मुलुकले अंगालेको समावेशी नीति कुनै हालतमा पनि सफल हुँदैन । सत्ता र शक्तिआर्जनका लागि जस्तोसुकै सम्झौता गर्न तयार हुने नेताहरुले महिला, जनजाति, आदिवासी, दलितहरुका समस्या समाधान गर्ने र उनीहरुलाई राज्यको हरेक तहमा समावेश गर्ने कल्पना गर्नु र्व्यर्थ छ । आफ्नो वर्त र समूहको हितका लागि उनीहरु पार्टर्ीीनर्देशनलाई लत्याउने हिम्मत गर्नुपथ्र्यो तर त्यसो भएन । अरुकै निगाहमा मात्रै समावेशी हुन खोज्ने हो भने बेग्लै कुरा होइन भने उनीहरुले महिला अधिकार र समानताको कुरा गर्नेहरु नौटंकी मात्र पर््रदर्शन गरिरहेका छन् भन्ने कुरा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनले नै प्रष्ट पारिसकेको छ । अझ सभाध्यक्षमा एक्लो प्रतिस्पर्धा भयो । महिला सभासद्ले किन उम्मेदवारी दिने हिम्मत गरेनन् - के यसका लागि पनि उनीहरुले नेताकै निर्देशन र आज्ञा कुरेर बसेका होइनन् भनेर कसैले प्रतिवाद गर्न सक्छन् -

छ सय एकजनाको भीमकाय संविधानसभामा ३३ प्रतिशत महिलाको सहभागिता छ । उनीहरुको संख्याले जुनसुकै निर्ण्र्ाागराउन पर्याप्त भूमिका निर्वाह गर्नसक्ने भए पनि त्यस्तो पहल कसैबाट भएन । उपराष्ट्रपति पदका लागि नेकपा माओवादीका उम्मेदवार शान्ता श्रेष्ठले विजयी उम्मेदवार परमानन्द झाभन्दा ६२ मत कम पाउनुभएको थियो । एउटा महिला उम्मेदवारप्रति महिला सभासद्हरुकै दलीय स्वार्थ देखिएपछि समग्र महिलाको हितमा उनीहरुको भूमिका कस्तो होला - गम्भीर प्रश्न उठेको छ ।

जति टाठाबाठा थिए उनीहरु दलीय स्वार्थभन्दामाथि जान नचाहने र जो नयाँ र सोझा सिधा थिए उनीहरुलाई कसैले चेतना दिने काम नै नगर्ने - यस्तो भएपछि कसरी महिला उत्थान होला - नेपालको आधा आकाश ढाक्ने महिलाहरुको यो ज्वलन्त प्रश्नको उत्तर सभासद् महिलाहरुले चित्त बुझ्दो गरी देलान् - त्यस्तै दलित उम्मेदवार मानबहादुर विश्वकर्माको पनि उस्तै हालत भयो । दलीय भागवण्डाले उनले दर्ुइ मत मात्र प्राप्त गरे । यसैबाट प्रष्ट हुन्छ लैङ्गकि, जातीय, क्षेत्रीय समावेशीका कुरा केवल राजनीतिक स्वार्थका घृणित खेल मात्र हुन् ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति (07.21.2008)
वीपी कोइराला ः नाममात्रको सम्झना (07.21.2008)
तर्राईमा एकात्मक शासन लाद्ने नयाँ षड्यन्त्रसवै दलहरु भारतको फन्दामा (07.21.2008)
एमालेमा सधैं यस्तै हुन्छ (07.21.2008)
दिल्लीको प्रभाव के पर्ला ? (07.21.2008)
नेपालमा अस्थिरता जारी गर्ने सुनियोजित षड्यन्त्रर्सार्वभौम संविधानसभा नै निरी (07.07.2008)
सम्झौता पालना नहुँदा पर्ूवाञ्चल खतरामा तर्राईलाई तहसनहस गर्ने भारतको योजना (07.07.2008)
मधेसवाद कि लेण्डुपपथको अनुशरण ? (07.07.2008)
दैनिक १० लाखको लगानी बालुवामा खन्याएको पानी (07.07.2008)
अपहरणको एक वर्षः पत्रकार ठकुरी खै ? (07.07.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]