काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले आफूलाई नेपाल र नेपालीको हितमाभन्दा भारतको दलालीलाई प्राथमिकता दिनुभएको छ । झाको 'हिन्दी मोह'ले नेपाली राष्ट्रियताको शिर मात्र झुकाएन राष्ट्रियताको जगर्ेनामा कटिवद्ध रहने वाचा गर्नुभएका राष्ट्रपति डा. रामवरण यादवको प्रतिवद्धतालाई समेत ठेस पुर्याउनुभयो । पछिल्लो समयमा तर्राईबासीहरु पहाडीयाबाट शोषित भएको आरोप लाग्दै क्षेत्रीयतावादी राजनीतिमा उत्रिएको मधेसी जनअधिकार फोरमका तर्फाट उपराष्ट्रपति बन्नुभएका परमानन्द झाले सिंगो तर्राईबासी नेपालीको शिर झुकाइदिनुभएको छ । तर्राईलाई मधेस नामाकरण गर्दै 'एक मधेस एक प्रदेश'को पक्षमा आफू कटिवद्ध रहने प्रतिवद्धता उपराष्ट्रपतिमा विजयी भएलगत्तै व्यक्त गर्ने झाले देशभक्त तर्राईबासीलाई लज्जित मात्र तुल्याउनुभएन नेपाली धर्तीपुत्रहरुको राष्ट्रवादी आन्दोलनलाई नकारात्मक रुपमै भए पनि अझ ऊर्जा प्रदान गरिदिनुभएको छ ।
मुलुकको शर्ीष्ा दर्ुइ पदमा तर्राईबासी नेपालीहरुको चयन हुनु अत्यन्त सकारात्मक कदम भए पनि झाले त्यसको मूल्यांकन गर्न सक्नुभएन । आफ्नो विगत जस्तो छ वर्तमानलाई पनि सोही बमोजिम प्रस्तुत गरेर उहाँले चरेस तस्करलाई सफाइ दिएको झल्को पुनः देखाइदिनुभएको छ । मुलुकको दोस्रो शर्ीष्ा व्यक्तिले राष्ट्रियताको मानमर्दन गर्ने गरी विदेशी भाषामा शपथग्रहण गरेर आफूले जस्ताको नुन खायो त्यसको सोझो गरेको समेत प्रमाणित गरिदिनुभएको छ । तर्राईको नाम बदलेर मधेस कायम गर्ने र विस्तारै राष्ट्र विखण्डन गर्ने नारा अघि सारेको मधेसी जनअधिकार फोरमको मतियार बनेर राष्ट्रघाती अभियानमा सरिक हुनुभएका उपराष्ट्रपति झाको यो कदमले उहाँबाट मुलुकले कुनै लाभ लिन नसक्ने प्रमाणित भएको छ । उहाँलाई चयन गर्ने सभासद्देखि लिएर र्समर्थन गर्ने दलहरुले लज्जाबोध गर्नुपर्ने भए पनि आधिकारिक रुपमा कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन ।
नेपाली जनताको एकतापर्ूण्ा सहभागिताले मात्र राष्ट्रिय एकता कायम हुने धारणामा प्रतिवद्ध रहनुभएका राष्ट्रपति डा. रामवरण यादवको सहयात्रीका रुपमा उपराष्ट्रपति झाले सुरुवातमै राष्ट्रघात गर्नुभएको छ । राष्ट्रिय एकता, अखण्डता र र्सार्वभौमसत्ताको जगर्ेनाका लागि आफूलाई समर्पित गर्छर्ुुनेर शपथ खाने उपराष्ट्रपति परमानन्द झाले राष्ट्र भाषामा नभए पनि आफ्नो मातृभाषामा शपथ खाएको भए त्यो स्वीकार्य हुन्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मातृभाषालाई लत्याएर हिन्दी मोह देखाउनुभयो । जम्माजम्म दर्ुइ लाख हिन्दीभाषी नेपालमा बसोबास गर्छन् भनेर गर्व गर्ने झाले कति प्रतिशत नेपालीको प्रतिनिधित्व गरेर हिन्दी भाषामा शपथ खानुभयो - उहाँलाई हेक्का हुनुपर्ने हो - नेपाली भाषापछि सवैभन्दा बढी बोलिने मैथिली भाषी झाले आफ्नो मातृभाषाको समेत अपमान गर्नुभएको छ । नेपाली जनताको आक्रोश यसैमा हो ।
सर्वोच्च अदालतमा न्यायाधीस रहँदा परमानन्द झाको छवि स्वच्छ थिएन । न्यायाधीश रहेका बखत नामुद चरेस तस्करलाई सफाइ दिएपछि सर्वोच्च अदालतको न्यायाधीशबाट पुनरावेदन अदालतको न्यायाधीशका रुपमा घटुवामा पर्नुभएका झालाई त्यहाँ पनि काम गर्न नदिइएपछि अवकाश लिन वाध्य हुनुपरेको थियो । त्यसो त झाले न्यायाधीश हुँदा नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा सजिएर नेपाली भाषामा फैसला लेख्ने गर्नुहुन्थ्यो । उहाँलाई न्यायाधीश नेपालले बनाएको थियो र उपराष्ट्रपति पनि नेपालीले नै बनाएका हुन् । तर उहाँ फोरमको कार्यकर्ता बनेपछि एकाएक हिन्दी मोह बढ्यो - जसको जे स्वार्थका लागि उहाँ उपराष्ट्रपति बन्नुभयो त्यसको सोझो गरिदिनुभयो र उहाँलाई नेपालको राष्ट्रियता, राष्ट्रिय एकतासंग कुनै सरोकार नरहेको पनि प्रष्ट देखियो । यस्ता व्यक्तिले राष्ट्रलाई एकतावद्ध गर्दै नयाँ नेपालको निर्माणमा उल्लेखनीय भूमिका खेल्न सक्छन् भनेर विश्वास गर्ने कुनै आधार छैन ।
मुलुकको राष्ट्रियता अत्यन्त कमजोर रहेको र विदेशी चलखेल बढिरहेको समयमा उपराष्ट्रपति जस्तो व्यक्तित्वले विदेशी भाषामा शपथ ग्रहण गरेर नेपाली राष्ट्रियतालाई तहसनहस पार्ने काम गर्नुभयो । उहाँको कदमले राष्ट्रवादी तर्राईबासीहरुले लज्जाबोध गरिरहेका छन् । उहाँ उपराष्ट्रपति भएपछि जुन खुसीयाली तर्राईमा छाएको थियो त्यसको विपरीत हिन्दी भाषामा शपथ गरेर उहाँले आफ्नै जातीकै अपमान गर्नुभएको छ । अहिले मैथिलभाषीहरु उपराष्ट्रपतिका कारण आफूहरु अपमानित भएको अनुभूति गरिरहेका छन् ।
तर्राईबासी हुन् वा पहाडबासी सबै नेपाली हुन् र उनीहरुको राष्ट्र भाषा नेपाली हो । लामो समय न्यायाधीश रहिसकेका व्यक्तित्वले नेपाली राष्ट्रियताको सवालमा यस्तो व्यवहार गर्नु अनजानमा गरेको भन्न मिल्दैन । यो सवै नियोजित रुपमै भएको हो । यसलाई झाले स्वीकार गरिसक्नु भएको छ । सर्वोच्च अदालतका न्यायाधीश समेत भैसकेका व्यक्तिले मुलुकको उच्च पदमा आसीन भएपछि पनि आफूलाई अरुकै सारथी बनाएर राष्ट्रघात गर्छन् भने उनलाई नेपाली जनताले क्षमा दिन सक्दैनन् । उहाँले तत्काल पदबाट राजीनामा दिनुपर्ने जनआवाज त्यसै बढिरहेको हैन ।
तर्राईबाट मुलुकको शर्ीष्ा दर्ुइ पदमा आसीन व्यक्तित्वमध्ये एक उपराष्ट्रपति परमानन्द झाको राष्ट्रघात छताछुल्ल भए पनि विगतदेखि नै जातीय, क्षेत्रीय र भौगोलिक आधारमा देशलाई विभाजित गर्न नहुने बलियो अडान राख्दै आउनुभएका राष्ट्रपति डा. रामवरण यादवले आफू कुनै जात र क्षेत्र विशेषको नभएर सम्पर्ूण्ा नेपाल र नेपालीको हितमा समर्पित रहने बताइसक्नु भएको छ । राष्ट्रपति डा. यादवबाट पनि उपराष्ट्रपति झाले सिक्नुपर्ने हो । तर त्यस्तो आवश्यकता उहाँले देख्नुभएन । उहाँ जसको स्वार्थका कारण यो पदमा आसीन हुन पुग्नुभयो उनीहरुको अभीष्ट पूरा गरिदिनुभयो । नेपाललाई भूटानीकरण हुँदै सिक्किमीकरणको बाटोमा डोर्याउन परमानन्द झाजस्ता लेण्डुपहरुको भूमिका महत्वपर्ूण्ा हुने ठानेरै उहाँलाई यो पदमा पुर्याइएको आरोपलाई खण्डन गर्ने नैतिक साहस फोरम र झासंग छैन ।