भद्रपुर । झापाका छ सय १२ परिवार सीमा व्यवस्थापनका नाममा भारतको अतिक्रमणका शिकार भएका छन् । उनीहरुको हातमा नेपाल सरकारले दिएको लालपर्ूजा -जग्गाधनी पर्ूजा) र नागरिकता भए पनि उनीहरुको जग्गा जमिन र घर अब भारततिर परेको छ । यस्तो खुल्लमखुल्ला अतिक्रमणलाई सरकारले पनि अनुमोदन गरेको ज्ञात भएको छ । झापामा मात्रै आवादी, पर्ती र वगर गरी २५ हजार विघा जमिन भारतीय अतिक्रमणमा परेको छ । नेपाली किसानहरुको डेढ विघादेखि १८ विघासम्म नेपालबाट भारततिर परेको बताइन्छ । यसरी अतिक्रमण परेका गाउँहरुमा बाहुनगाँगी, नक्कलबन्दा, काकरभिट्टा, मदनजोत, वारिसजोत, पानीटंकी, गलगलीया मार्ग, खटखटी, भैसलुटी, महेशपुर छन् भने वनियानीका दर्ुइवटा वडा, पाखामारीका २ वडा र पृथ्वीनगरको केही भाग पनि अतिक्रमणमा परेको छ । भद्रपुर नगरपालिकाको ३ हजार फिट चौडाइ र १ किलोमिटर लम्बाइको भूभाग पनि भारततिरै गाभिएको जानिफकारहरुले बताएका छन् ।
तर्राईमा घरजग्गा कब्जा
काठमाडौं । तर्राईका विभिन्न जिल्लामा पहाडीमूलका पाँच सय ३८ नागरिकको जग्गा जमिन सशस्त्र समूहहरुले कब्जा गरेको ज्ञात हुनआएको छ । बारा, पर्सर्ाारौतहट, र्सलाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा हतियारधारी व्रि्रोही समूहहरुबाट घर जमिन कब्जा भएपछि सयौं परिवार विस्थापित हुनपुगेका छन् । तर केन्द्रमा भने उनीहरुको समस्याको कुनै चर्चा छैन । माओवादीबाट विगतमा कब्जा गरिएको सम्पत्ति फिर्ताबारे राजनीतिक बहस हुने गरे पनि तर्राईमा भएको वेदखली र कब्जाबारे कुरो उठ्ने गरेको छैन । खबरसूत्रका अनुसार बारा जिल्लामा मात्रै एक सय ५४ परिवारको घरजग्गा कब्जामा परेको छ । कब्जा घरजमिन फिर्ता गराउन र नागरिक सुरक्षाको प्रत्याभूति दिन सरकारले चासो समेत नराखेको कुरा पीडितहरुले बताएका छन् ।