शर्ीष्ा नेताहरुकोे बालापन
Monday, 08.04.2008, 06:35pm (GMT+5.5)
काठमाडौं । के गर्नु हुन्छ, के गर्नु हुन्न - अनि के बोल्नु हुन्छ र के बोल्नु हुन्न - नेपालका नेताहरुलाई यति पनि ख्याल छैन । आफ्नो बोली र अडान छिनछिनमा बदलिंदा जनतामा त्यसले कस्तो नकारात्मक प्रभाव पार्छ भन्ने सामान्य सोच नराख्ने नेताहरुले बेलाबेलामा साह्रैबालापन देखाउने गरेका छन् । नेताहरुको यो बालापनले उनीहरुको तौल र विश्वसनीयता घट्दो छ । यसै क्रममा र्सार्कको पन्ध्रौं शिखर सम्मेलनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जानबाट रोक्न गरेको निर्ण्र्ाार पछि उहाँलाई नै जान दिइएको प्रसंगले नेताहरु कति आलोकाचो खेल खेल्छन् भन्ने स्पष्ट भएको हो ।
सुरुमा नेकपा माओवादी र एमालेले राजीनामा समेत स्वीकृत भैसकेका प्रधानमन्त्री कोइरालाले र्सार्कका भाग लिन पाउँदैनन् भन्दै उहाँलाई रोक्ने अनेक भुत्ते औजारहरु प्रयोग गरे । र्सार्कमा जान नदिन संविधानसभामा प्रस्ताव लाने, र्सार्कमा सहभागी नगराउन श्रीलंकन सरकारलाई अनुरोध गर्ने लगायत अनेक अथकण्डा अपनाउने भन्दै मर्ुर्मुरिएका वाम नेताहरु अन्ततः कोइरालालाई कोलम्बो पठाउन राजी भए । र्सार्वजनिक भएको समाचार विवरण अनुसार कोइरालाको एक वाक्यले देश हाँक्ने तयारी गरिरहेका वाम नेताहरु लत्ताकलुतुक भए । कोइरालाको पछिपछि जतिसुकै सत्तोसराप गरे पनि उहाँको सामुन्ने पुगेपछि बाहिर कर्ुर्लिएका सवै कुरा बिर्सने नेताहरुले जनतामा आफूहरुको क्रियाकलापले कस्तो नकारात्मक असर पुर्याइरहेको छ भन्ने समेत सोचेका छैनन् ।
राष्ट्रपति निर्वाचनका बेला देखिएको निषेध र आक्रोशको राजनीतिले र्सार्कको शिखर सम्मेलनमा समेत देखिएको हो । कार्यकारी प्रमुखको सहभागिता रहने र्सार्कको शिखर सम्मेलनमा राष्ट्रपति डा. रामवरण यादवलाई पठाउन सकिने तर्क आए पनि उहाँको संवैधानिक हैसियतले त्यहासम्म लैजान सक्दैन । यदि कोइरालाको विकल्पमा डा. यादवललाई कसैगरी पठाइएको भए त्यसले नेपालको राजनीतिमा एउटा नयाँ 'नजिर' स्थापित गर्ने पक्का थियो । 'सेरोमोनियल' राष्ट्रपतिलाई कार्यकारिणी अधिकार दिएर अन्तर्रर्ााट्रय सम्मेलनमा पठाउँदा भविष्यमा पर्नसक्ने दुष्प्रभावको समेत ख्याल गर्नुपर्ने अवस्था एकातिर थियो भने अर्कोतिर प्रधानमन्त्री कामचलाउ मात्र होइन, आजै र भोलि नै नयाँ सरकार गठन हुनसक्ने सम्भावना पनि ज्यूँदै रहेको थियो । यसै भएर कोइरालालाई कोलम्बो जानबाट रोक्न एमाले र माओवादी कम्मर कसेर लागिपरेका भए पनि उनीहरुको अभियान सफल भएन । आफूहरुले जे कुराको विरोध गरेका थिए, अन्ततः त्यही कुरालाई र्समर्थन जनाएर कोइरालालाई कोलम्बो पठाए । नेताहरुले आफूहरुलाई अत्यन्त कच्चा सावित गरिदिए ।
|