Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:15am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
वाम सहकार्य र भ्यागुताको धार्नी
Monday, 08.04.2008, 06:37pm (GMT+5.5)

काठमाडौं । राष्ट्रपतिको चयन भएपछि नयाँ सरकार गठन हुन्छ भन्ने जनअपेक्षामाथि दलहरुले कुनै महत्व दिएका छैनन् । भित्री बाहिरी खेलका कारण अस्थिरतामाथि झन् अस्थिरता बढ्दै गएको राजनीतिको सहज निकासको कुनै सम्भावना हालसम्म देखिएको छैन । सरकार गठन गर्ने पहिलो जिम्मेवारी पाएको नेकपा माओवादीले सरकार गठनका लागि छिनछिनमा बदलेको धारणाले पनि सहज वातावरण निर्माण हुन व्यवधान खडा गरिरहेको छ । दलहरुको बोली र व्यवहारले सहकार्यको वातावरण बन्न सकिरहेको छैन । यसका लागि भित्री बाहिरी खेल प्रचूर मात्रामा हुने गरेका प्रसंगहरु त नेताहरुबाटै प्रकट भैरहेका विषय हुन् ।

नेपालको राजनीति नेपाली नेताहरुको चाहनालेभन्दा अरुकै चाहना र आकांक्षाले परिचालित हुने गरेका कारण पनि यस्तो परिस्थिति सिर्जना भैरहेको छ । निर्वाचनमा हारेर पनि सत्ताको सिगौरी खेल्न नछाडेको कांग्रेस र कहिले कोसंग त कहिले कोसंग नजिकिएर आफूलाई पिंधविनाको लोटा बनाइरहेको नेकपा एमालेका कारण राजनीतिक गतिरोध बढिरहेको अनुभूति र्सवत्र छ । विभिन्न स्वार्थ र शक्ति समूहहरुको खेलले नेपाली जनताको आकांक्षामाथि तुषारापात भैरहे पनि नेताहरुले त्यसप्रति कुनै चासो दिएका छैनन् । माओवादी र एमाले मात्र मिल्ने हो भने पनि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्छ तर त्यो बाटोमा पनि विभिन्न अवरोधहरु आइरहेका छन् । सरकार गठनका लागि नेकपा माओवादीको केन्द्रीय समितिले आफ्नो नेतृत्वमा सहमतिको, बहुमतको, त्यो पनि नभए अल्पमतको सरकार गठन गर्ने र आफ्नो नेतृत्वमा सरकार गठन गर्ने वातावरण नबने प्रतिपक्षमा बस्ने निर्ण्र्ाागरेको छ ।

उता नेकपा माओवादी र एमालेको सम्बन्ध अहिलले पुनः चर्चाको विषय बनेको छ । यी दर्ुइ पार्टर्ीीच कहिले पानी बाराबारको स्थिति हुन्छ भने कहिले मित्रताको हात अघि बढाइएको जस्तो देखिन्छ । उनीहरुबीच राष्ट्रपतिको विषयमा पनि सहमति हुन्छ र सरकार गठनका विषयमा पनि सहमति हुन्छ । अनि हालसालै गिरिजाप्रसाद कोइरालालाई र्सार्कको शिखर सम्मेलनमा जान नदिने सहमति पनि भएको थियो । तर यी सवले एकपछि अर्को गर्दै हावा खायो । यी दर्ुइको बहुमतको धार्नी कहिल्यै पुगेको छैन । राष्ट्रपति निर्वाचनपछि शर्ीष्ा वाम दलहरुबीच विदेशी चेलखेलकै कारण सम्बन्ध चिसिन पुगेको हो । राष्ट्रपतिका लागि अघिल्लो दिन भएको सहमति रातारात तोडिनुमा भारतकै मुख्य हात रहेको कुरा सवैका सामु प्रकट भैसकेको छ । यति हुँदाहुँदै पनि एमाले र माओवादीबीच सरकार गठन गर्ने विषयमा सहमति हुने संकेत देखिएको छ । यदि यस्तो भयो भने संविधानसभा निर्वाचनबाट मुलुकको ६० प्रतिशभन्दा बढी मत प्राप्त गरेको वामपन्थी शक्तिहरुको हातमा सत्ताको चावी हुनेछ । यो मतले मुलुकको शासनसत्ता एकलौटी रुपमा संचालन गर्न पर्याप्त हुनेछ । तर पनि नेताहरुमा देखिएको एकले अर्कोलाई अवमूल्यन गर्ने परिपाटीले भ्यागुताको धार्नी कहिल्यै पुग्न सकेको छैन । त्यसो त बहिरी शक्तिलाई रिझाउने नाममा आन्तरिक शक्तिलाई उपेक्षा गरेर रातारात सहमति तोड्ने काम पनि बारम्बार भैरहेका छन् । आत्मनिर्ण्र्ाागर्नसक्ने क्षमता नभएका नेताहरुले जनताको मतको उपेक्षा गरिरहेका छन् । अहिले त्यसैको प्रायश्चित स्वरुप पुनः दर्ुइ शर्ीष्ा वाम दलहरु सहकार्यमा जोड दिन थालेका छन् । माओवादीले एमालेसंग सहमति तोड्नु गल्ती भएको स्वीकार गरिसकेको छ । तर गल्ती गर्ने त्यसलाई स्वीकार्ने र पुनः गल्ती गर्दे जाने प्रवृत्तिमा भने कुनै कमी आएको छैन । नेपालमा अस्थिरता बढाएर फाइदा लुट्न चाहने तत्वहरुको कुचक्रमा परिरहेको राजनीतिक समूहहरु अरुकै उपयोगमा आइरहँदा मुलुकले एकपछि अर्को समस्या भोगिरहेको छ ।

संविधानसभा निर्वाचनपछि जनतामा पलाएको उत्साहमाथि नेताहरुले सधैं कच्चा खेल पर््रदर्शन गर्ने गरेका छन् । निर्वाचन सम्पन्न भैसकेपछि सत्ता र शक्ति आर्जनका लागि देखिएको एकले अर्कोमाथि गरेको निषेधको राजनीतिले अहिलेसम्म पनि सरकार गठन हुन सकेको छैन । आज भएको सहमति भोलि नै तोडिदैन भनेर कसैले भन्न सक्ने स्थिति छैन । किनभने यहाँको राजनीति अरुकै नियन्त्रणमा छ । भित्री बाहिरी खेलको फन्दामा पर्दै नेपाललाई दर्ुदान्त अवस्थामा पुर्‍याउन कुनै लाज सरम नमान्ने नेताहरुले जनमतको सम्मान गर्छन् र मिलेर आ-आफ्नो हैसियत अनुसारको काम गर्छन् भन्ने पत्याउन पनि त्यत्तिकै कठिन छ । यति हुँदाहुँदै पनि वामपन्थी सहकार्यको सम्भावनालाई पछिल्लो राजनीतिक घटनाक्रमले पुनः जीवित पारेको छ । विगतको तीतो बिर्सर्ेेशर्ीष्ा वाम दलहरु आपसी सहमति र सहकार्यको बाटोमा लागे भने सरकार गठनको लागि चाहिने भ्यागुताको धार्नी अवश्य पुग्नेछ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
शर्ीष्ा नेताहरुकोे बालापन (08.04.2008)
जोखिमपर्ूण्ा बन्दैछ कतार (08.04.2008)
मगन्तेहरुले अधिकार स्थापित गर्दैनन् (08.04.2008)
पर्ूजा नेपालकै ः जमिन भारततिर (08.04.2008)
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन (07.29.2008)
परमानन्द झाले तर्राईबासी नेपालीको शिर निहुराए (07.29.2008)
खेल अझै सकिएको छैन (07.29.2008)
नारा मात्रै चर्का (07.29.2008)
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति (07.21.2008)
वीपी कोइराला ः नाममात्रको सम्झना (07.21.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]