Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 03:34am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
माओवादी सरकार गठनको गृहकार्यमा
घर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी

Monday, 08.04.2008, 06:38pm (GMT+5.5)

काठमाडौं । नेपालको राजनीतिक क्षितिज आमसहमतिको राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा प्रवाहबाट गुञ्जिन भैरहेको छ । नेकपा माओवादी सरकार गठन गर्ने अग्राधिकार उपयोग गर्न र्सवपक्षीय, बहुपक्षीय र द्विपक्षीय वार्ता अभियानमा लागेको छ । परामर्श र छलफलका शृङ्खलाहरु चलेका चल्यै छन् । मुलुकमा अहिले तेलको संकट जति विस्तारित छ त्योभन्दा तीब्र वेगमा राजनीतिक संकट विस्तारित छ । ठूला दलका नेताहरु राष्ट्रिय अस्मिता र जनजीविकासित जोडिएका यावत् समस्याहरुलाई सम्बोधन गर्ने दायित्वबाट अलग रहेर सत्ताकै खेलमा मात्र रस्साकस्सी गरिरहेका छन् । सतहमा सहमतिका आदर्श कुरा गर्ने र भित्रभित्रै असहमति बढाउने अनवरत अभ्यासले निकट भविष्यमा नै सहमतिको राष्ट्रिय सरकार बन्ने सम्भावना नरहेको इङ्गति गरिरहेको छ । नेपथ्य निर्देशित नेपालको राजनीतिक रङ्गमञ्चमा केकस्ता दृश्यहरु देखिंदै जाने हुन् त्यो कल्पनातीत भैसकेको छ । संविधानसभा निर्वाचन भएको चार महिना व्यतित हुन लाग्दा पनि जनादेश अनुरुपको नयाँ सरकार बनाउन विफल भएका नेताहरु एक अर्कोमाथि दोष थोपरेर आ-आफ्नो कमजोरी र दर्ुर्नियत लुकाउने कोसिसमा छन् । माओवादी निषेधको निर्देशित राजनीतिले राष्ट्रपति-उपराष्ट्रपति निर्वाचन प्रकरणमा जस्तो परिणामदायी भूमिका खेलेको थियो भावी सत्ता राजनीतिलाई पनि त्यही नियोजित बाटोबाट अगाडि बढाउने कसरत भैरहेको यथेष्ट संकेत प्राप्त छ । माओवादी निषेधको प्रक्षेपित राजनीतिकै कारण साँढे तीन महिनाको अन्तरालमा पनि सरकार बन्न नसकेको कटुसत्य हो । माओवादी नेतृत्व भावी सरकार बनाउने कसरतमा घुँडा घसिरहे पनि प्रतिशोध र व्यवधानको पहाड नाघ्न सजिलो छैन । माओवादीलाई सत्ता निषेध गर्न त्रिदलीय गठबन्धनलाई अरु विस्तार गर्ने आन्तरिक कसरत निर्देशित रुपमा नै चलेको भए पनि माओवादीलाई प्रतिपक्षमा राखेर सरकार चलाउने हृयाउ गठबन्धनमा सामेल दलहरुको छैन । बाहृयशक्तिको वैशाखीविना राजनीतिक रथ हाँक्न नसक्ने पराश्रति मानसिकता बलवती भएकाले नेपालको आन्तरिक राजनीति स्वस्थ प्रक्रियाले अगाडि बढ्ने सम्भावना क्षीण बन्दैगएको छ । पुनः अन्योल, अनिश्चितता र अस्थिरताको निरन्तरतालाई दर्ुर्नियतिकै रुपमा स्वीकार गर्नुपर्ने भएको छ ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विवादित कोलम्बो यात्राबाट फर्किएपछि निर्देशित राजनीतिले कस्तो कोलाहल र बबण्डर मच्चाउने हो, त्यो तीब्र कुतुहलताको विषय छ । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बन्ने महत्वकांक्षा तृप्त गर्न जे पनि र्समर्पण गर्दै आउनुभएका प्रधानमन्त्री कोइरालाको अतृप्त आकांक्षाले प्रतिशोधात्मक रुपमा माओवादीलाई डस्न थालेको माओवादी नेतृत्वले आफैं अनुभूत गरेको हुनर्ुपर्दछ । आफूलाई सरपर्दा सहयोगका नाममा विदेशी हस्तक्षेपलाई खुला आमन्त्रण गर्ने र सीमा नाघेर मन्त्रणा स्वीकार गर्दै उपयोगमा आउने महारोगले नेपालको राजनीतिक क्षितिजलाई सधैं बादलीमा पारेको तथ्यबोध गरेर आन्तरिक असहमति र समस्याको निराकरण आफूहरुबीचकै परामर्श र छलफलबाट गर्ने प्रतिवद्ध प्रयासको चेतना राजनीतिक नेताहरुमा सामूहिक रुपमा नै जागृत नभएसम्म समस्या बलिझरहने र गाँठो नफुक्ने निश्चित छ । यतिखेर नेपालको राष्ट्रिय अस्मिता, अखण्डता र र्सार्वभौमिकता नै संकटमा परेको पीडादायी अनुभूति जुनरुपमा बढेको छ त्यसको एकमात्र कारण नियतवस भैरहेको भारतको चलखेल नै हो । मित्रवत् सहयोगभन्दा प्रभाव विस्तारको दुराकांक्षा निर्देशित चलखेलले शंका र भय सिर्जना गरिरहेको छ । प्रधानमन्त्री कोइराला र भारतका प्रधानमन्त्री मनमोहन सिंह एवं विदेशमन्त्री प्रणव मुखर्जीबीच कोलम्बोमा भएको गोप्य मन्त्रणा र नयाँ दिल्लीमा कांग्रेस नेतृ सोनिया गान्धी र भारतीय जनता पार्टर्ीी नेता लालकृष्ण आणवानीसंग भएको गोप्य वार्ताले नेपालको तरल राजनीतिलाई कुन रुपमा प्रभाव पार्ने हो भन्ने कुतुहलता विनाकारण जागेको छैन । दुबै ठाउँका भेटवार्तालाई औपचारिक, सहज र स्वाभाविक मात्र मान्न कोही तयार छैन । यदि नेपालको आन्तरिक राजनीतिक उथलपुथलमा भारतको प्रत्यक्ष संलग्नता नरहने गरेको भए कुनै अनहोनीको शंका गर्नुपर्ने अवस्था नै आउने थिएन ।

नेपालको तरल राजनीतिले अब कुन मोड लिन्छ भन्ने अनुमान गर्न कठिन छ । नेपाली जनताको अभिमतको थोरै मात्र पनि सम्मान भएको भए देश यसरी सरकारविहीन र राज्यविहीन हुने थिएन । षड्यन्त्रै षड्यन्त्रका पाटाले राजनीति रंगमगिएको छ । जनता अभाव, महंगी, असुरक्षा र अराजकताको विस्तारबाट उकुस-मुकुस भैरहेका छन् । यिनै जनताको मतले शक्तिशाली बनेका दलहरु सत्तासमीकरण र ध्रुवीकरणको नाटक मञ्चन गर्नमा व्यस्त छन् । देश हार्दैगएको छ, जनता हार्दै गएका छन्, लोकतन्त्र हार्दैगएको छ भन्ने कटु अनुभव गर्दै जनता धिक्कार भनिरहेका छन् । राष्ट्रिय सहमतिमा सरकार बनाउनुपर्ने रटान रट्ने नेताहरु भित्र एउटा र बाहिर अर्को कुरा गरिरहेका छन् । माओवादीले एक्लै सरकार बनाउन पाउने स्थिति छैन । माओवादीले तयार गरेको खाका स्वीकार गर्न कांग्रेस-एमाले तयार छैन । ती दलले राष्ट्रिय सहमतिको सरकार बनाउन बेग्लै खाका पनि तयार गरेका छैनन् । यस्तै सरकारविहीन स्थितिमा दर्ुइ वर्षभत्र जनताको संविधान बन्ने सम्भावना पनि टाढिंदै जाने निश्चित प्रायः छ । संविधानसभा अहिलेसम्म संविधान निर्माण प्रक्रियामा प्रवेश नै गरेको छैन । गिरिजा र प्रचण्डबीचको मधुमास कटुता, अविश्वास र धोखाधडीमा रुपान्तरित भैसकेको छ । प्रतिशोधको भावना राखेर माओवादीलाई घर न घाटको बनाउने रणनीतिक प्रयासमा लाग्नुभएका प्रधानमन्त्री कोइराला अब कुन रुपमा प्रस्तुत हुनुहुने हो भन्ने जिज्ञासा मात्र बाँकी छ । दर्ुइ सय चालीस वर्षो 'राजतन्त्र' त सिध्याइयो भने 'छोटे राजा' गिरिजालाई चुट्किको भरमा सिध्याउने मनसाय माओवादी नेतृत्वले प्रकट गरिसकेको छ भने गिरिजाले पनि प्रचण्ड र माओवादीलाई झुसे बारुला ठानेको प्रतीत नै छ । पर्दा पछाडिका खेलाडीहरु यी दर्ुइ नेतालाई अगाडि सारी भीडन्त गराएर रमिता हेरिरहने दाउमा छन् । कन्त विजोग हुने त नेपाल र नेपालीको मात्र हो ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
वाम सहकार्य र भ्यागुताको धार्नी (08.04.2008)
शर्ीष्ा नेताहरुकोे बालापन (08.04.2008)
जोखिमपर्ूण्ा बन्दैछ कतार (08.04.2008)
मगन्तेहरुले अधिकार स्थापित गर्दैनन् (08.04.2008)
पर्ूजा नेपालकै ः जमिन भारततिर (08.04.2008)
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन (07.29.2008)
खेल अझै सकिएको छैन (07.29.2008)
परमानन्द झाले तर्राईबासी नेपालीको शिर निहुराए (07.29.2008)
नारा मात्रै चर्का (07.29.2008)
डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति (07.21.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]