Yugasambad.Com.Np
National Weekly
 
Saturday, 01.10.2009, 02:34am (GMT+5.5)
 
  Home
 
  Links
 
  Contact
 
 
राजनीतिक ; राष्ट्र चौतर्फी संकटको फन्दामा ; राजनीतिक व्रि्रहको सुनामी आउने भय ; राजनीतिक सन्तुलनको अभावले दर्ुघटना ; मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
::| Keyword:       [Advance Search]
 
All News  
  मुख्य समाचार
  दृष्टिकोण
  सम्पादकीय
  अन्तरवार्ता
  आर्थिक
  विचार विवेचना
  अन्य समाचार
  ::| Newsletter
Your Name:
Your Email:
 
 
 
मुख्य समाचार
 
सहमति गर्ने 'सहमति'को रहस्य
Monday, 08.11.2008, 06:34pm (GMT+5.5)

काठमाडौं । रातारात सहमति तोड्ने, छिनमै नयाँ सहमति बनाउने र पुनः त्यो सहमति तोड्ने क्रममा पछिल्लो पटक सहमतिको राष्ट्रिय सरकार गठन गर्ने सहमति भयो । तर वास्तविक सहमति भने भएन । अन्ततः बहुमतीय आधारमै संविधानसभाबाट सरकार गठन गर्नुपर्ने भयो । सहमती कायम गर्ने एउटा नाटक समाप्त भयो । त्यो प्रयास नेपाली जनतालाई झुक्याएर लोकलाजबाट बच्ने एउटा फोहरी राजनीतिक दाउपेच मात्र सावित भयो ।

दलहरु विदेशी स्वार्थको फन्दामा परेर नेपाली जनतालाई झुक्याउन सफल भएको स्वाङ रचे पनि त्यसको दर्ीघकालीन असर अहिलेसम्म कसैले अनुभूत गरेका छैनन् । सहमतिको राष्ट्रिय सरकार गठन गर्ने भित्री इच्छा थियो भने किन सहमति हुन सकेन - किन सहमति गर्ने नाटक मात्र रचियो - कसको कस्तो स्वार्थपर्ूर्तिका लागि सहमति गर्ने नौटंकी गरियो - यो भित्री रहस्य नेपाली जनताले नबुझेका हैनन् । अघिल्लो साता राष्ट्रिय सहमतिको सरकार गठनका लागि भएको चलखेलका पछाडि भारतीय राजदूत राकेश सुदको हात रहेको प्रष्ट छ । उनकै इशारामा राष्ट्रिय सहमतिको सरकार बनाउने नाटक मञ्चन गरियो । प्रत्येक दललाई एकएकवटा सूत्र घोकाइरहेको भारतले नेपाली जनताको आक्रोबाट बच्नकै लागि राजदूत राकेश सुदले माओवादी अध्यक्ष क. प्रचण्ड लगायत केही नेताहरुसंग भेट गरेर यो नाठक मञ्चन गराएका थिए । कहिले नेकपा एमाले र माओवादीको बहुमतको सरकार त कहिले शर्ीष्ा चार दल माओवादी, कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमको सहमतिको सरकार गठन गर्ने भ्यागुताको धार्नी नपुगिरहेको अवस्थामा सुदको मन्त्रणाले केही दिन भए पनि राजनीतिक आवरणलाई थोरै सहजता प्रदान गरेको देखाएर अन्ततः मुलुकको राजनीतिलाई थप अस्थिरतातर्फधकेल्ने काम भयो ।

लोकतन्त्र स्थापनापछिको यो अवधिमा नेपाललाई विदेशी स्वार्थपर्ूर्तिको महत्वपर्ूण्ा थलोको रुपमा विकसित गर्ने षड्यन्त्रलाई नेपालका राजनीतिक दलहरुले मलजल गरिरहेका छन् । नेपालको राजनीतिक अस्थिरताबाट मात्र भारतलाई लाभ हुने तथ्य बुझेकाहरु त्यस्तै वातावरणका लागि अनेक चलखेल गरिरहेका छन् । नेपालका नेतागण त्यस्तै भमिका निर्वाह गर्ने निमित्त नायकमात्र बनिरहेका छन् ।

भित्री बाहिरी स्वार्थले नराम्रो जरा गाडेको नेपालको राजनीतिमा अबको सरकार जसको नेतृत्वमा बने पनि त्यो नेपाली जनताको चाहनाले भन्दा अरुकै निर्देशन र इशारामा हुने पक्का छ अरुकै स्वार्थको भरिया बन्ने नेपालका नेताहरुले राष्ट्रको भरिया बन्ने जिम्मेवारीबोध गर्न सकेनन् । जनताको अभिमत जस्तो थियो त्यसको विपरीत सरकार गठन गर्ने परिस्थिति सिर्जना गरेर अबको २० महिनाभित्र नयाँ संविधान नबन्ने निश्चित गरेका छन् । किन भने सरकार गठन भएदेखि नै त्यसलाई गिराउने र नयाँ सरकार गठन गर्ने विगतकै खेलले निरन्तरता पाउने निश्चित जस्तै छ ।

कहिले कोसंग त कहिले कोसंग सहमति र सहकार्यको वीन बजाउने दलका नेताहरुले आत्मनिर्ण्र्ाागर्न नसक्दा संविधानसभा निर्वाचन सम्पन्न भएको चार महिना वितिसक्दा पनि सरकार गठन गर्न सकेनन् । यसमा दोष सवैको भए पनि मुख्य रुपमा सवैसंग सहमति कायम गर्नुपर्ने नेकपा माओवादी र सरकार गठन गर्न सहज वातावरण बनाउने भूमिका निर्वाह गर्नुपर्ने गिरिजाप्रसाद कोइराला बढी दोषी छन् । कोइराला आफू बाहेक अरुलाई सत्तामा देख्नै नचाहने र माओवादी आफू नै सवैभन्दा ठूलो दल भएको घमण्ड प्रस्तुत गरेर मैले भनेको सवैले मान्नुपर्ने दम्भ पालेकै कारण परिस्थिति जटिल बन्दै गएको हो र विदेशीले खेल्ने मौका पाएका हुन । खेल्नेभन्दा खेल्ने वातावरण बनाइदिने बढी दोषी हुने हुनाले नेपालमा भारतीय स्वार्थलाई वैधानिकता दिने किसिमका राजनीतिक हर्कत गर्ने देशभित्रैका शक्तिहरुका कारण मुलुकको अस्मितामाथि प्रहार भैरहेको छ ।


Comments (0)        Print        Tell friend        Top


Other Articles:
श्रीमान्का लागि आरुजुको सक्रियता (08.11.2008)
माओवादी सरकार गठनको गृहकार्यमाघर न घाटको बनाउने भित्री-बाहिरी खेल जारी (08.04.2008)
वाम सहकार्य र भ्यागुताको धार्नी (08.04.2008)
शर्ीष्ा नेताहरुकोे बालापन (08.04.2008)
जोखिमपर्ूण्ा बन्दैछ कतार (08.04.2008)
मगन्तेहरुले अधिकार स्थापित गर्दैनन् (08.04.2008)
पर्ूजा नेपालकै ः जमिन भारततिर (08.04.2008)
माओवादीको सत्तागमन रोक्न ठूलो षड्यन्त्रविखण्डनकारी योजनाको देशव्यापी पर््रदर्शन (07.29.2008)
परमानन्द झाले तर्राईबासी नेपालीको शिर निहुराए (07.29.2008)
खेल अझै सकिएको छैन (07.29.2008)



 
  ::| Events
January 2009  
Su Mo Tu We Th Fr Sa
        1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
 
::| Hot News
राजनीतिक
राष्ट्र चौतर्फी संकटको फन्दामा
राजनीतिक व्रि्रहको सुनामी आउने भय
राजनीतिक सन्तुलनको अभावले दर्ुघटना
मुलुक विदेशी चलखेलको घनचक्करमाराजनीतिक वितण्डा मच्चाउन अनेक खेल
राजनीतिक संकट गहिरिंदै जाने संकेत
मुलुक पुनः राजनीतिक द्वन्द्वको चपेटामा
सात महिनापछि संविधान निर्माणको ढोका खुल्यो राजनीतिक असहमतिको अन्तरद्वन्द्वले
माओवादी र कांग्रेसबीच हिउँको पहाड खडामुलुकको राजनीतिक दिशा नै अन्योलग्रस्त
ठूला राजनीतिक दलहरुबीच अनपेक्षित टकरावशान्ति प्रक्रियामा सेना समायोजनको तगार

© Neeraz.Com 2007
[Top Page]