Yugasambad.Com.Np

कोशीको बाँध भत्कियो : बीसौं हजार विस्थापित
Tuesday, 08.19.2008, 09:50am (GMT5.5)

विराटनगर । भारतले कोशी व्यारेजको तटबन्धको सम्भार समयमा नै नगरेको र यथासमयमा व्यारेजको ढोकाहरु नखोलिदिएकै कारण बाँध फोरेर कोशीको भंगालो सुनसरीमा पसेकाले पश्चिम कुशाहा, हरिपुर, श्रीपुर, लौकही लगायतका गाउँहरु डुबानमा परेका छन् । बाढीका कारण बीसौं हजार जनता विस्थापित भएका छन् । कोशीको बाढीबाट जनधनको क्षति कति भयो भन्ने पर्ूवानुमान नै हुनसक्ने स्थिति छैन । नदीको तीब्र बहाव र निरन्तर वषर्ाका कारण राहत कार्यमा समेत कठिनाइको सामना गर्नुपरेको र कोशी व्यारेजबाट आवागमन समेत रोकिएको खबरसूत्रले बताएको छ ।

कूटनीतिक क्षेत्रमा कुतुहलता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको विदेश भ्रमण जनवादी गणतन्त्र चीनबाट सुरु हुने हो वा भारतबाट भन्ने कुतुहलता राजनीतिक क्षेत्रमा व्याप्त भएको छ । प्रधानमन्त्री चयन हुनासाथ भारतले बधाइका साथै भारत भ्रमणको निम्तो गरेको र चीनले पनि बधाइका साथै बेइजिङमा भैरहेको विश्व ओलम्पिक खेलको समापन समारोहमा उपस्थित हुने गरी निम्तो गरेको र्सार्वजनिक भएको छ । प्रधानमन्त्री दाहालको रुचि र प्राथमिकता भने २४ अगस्तमा चीन जाने रहेको जानकारी प्राप्त भएको छ । सरकार गठनमा उत्पन्न भएको खिचलो टुंग्याएर एक हप्ताभित्रै उहाँ चीन पुग्न सक्नुहुन्छ या हुन्न त्यो पनि कूटनीतिक क्षेत्रमा कुतुहलताकै विषय बनेको खबरसूत्रहरु बताउँछन् ।